Posts

Observing symptom saves life

Observing symptom saves life    Let's travel through a story of a  68 year old man who came to OPD on a bright sunny day. It was the  time when the opd counter closes for the day. The old man requested the person in a ticket counter for a ticket. The employee said, " The counter has closed. Come tomorrow. " The grand pa didn't like his arrogant tone of voice. He was taking tablets for diabetes mellitus since many  years. That day he had persistent hiccups since the morning. Contrary to general belief of hiccups as a benign condition, it can be pathological at times. Did you know this ?  When I was heading towards my quarter,  I saw the old man sitting on a floor with hiccups. He saw me and sighed a great relief. He was trying to tell his story. But his hiccups didn't allow him to complete the sentence. As he was a regular patient in OPD, I recognized him.  He used to come every 3 months for antidiabetic medicine that is  provided free of cost...

परपिडक कुर्सी ।

परपीडक कुर्सी ।  मान्छे त्यो बेलासम्म निरोगी हुन्छ जबसम्म रोग लाग्दैन । रोग लागेपछिको आर्थिक भौतिक र मानसिक तनावको अन्दाज आफै नपरेकालाई पटक्कै हुँदैन होला । हिसाबकिताबले चल्ने मान्छेले त्यो पीडा बुझ्नै सक्दैन । रोगले पहिले नै कसैलाई लोकसेवाकोजस्तो  सूचना दिएर आउँदो हो त तयारी गर्न हुन्थ्यो नि । पढ्दा पढ्दै आधा उमेर सकिसक्दा पनि स्थिर जागिरमा बस्न असमर्थ हुनुपर्ने   डाक्टरको एउटा सानो प्रसङ्ग जोड्न मात्र खोज्दै छु । प्रसङ्ग एउटा डाक्टरको तर समस्या भने सबैको।  सरकारी कर्मचारीतन्त्रको कत्ति हेक्का नभएकालाई मन्त्रालय रणभुल्ल हुने स्थान हो । सायद मन्त्रालयका भित्ताहरु सधै रुन्छन् होला । सोझा मान्छेलाई घुमाउने र पिल्सिने कृयाकर्म देखेर । किनभने भित्ताले  गतिला प्रशासकको फोटोको स्पर्श विरलै पाउँछ होला  । एउटा भर्खर कन्सल्टेन्ट तह उतिर्ण गरेपस्चात कागजपत्रहरु बोकेर निन्याउरो अनुहारमा एक डाक्टरको प्रवेश हुन्छ ।  पास भएपछि मुहारमा उज्यालो देखिनुपर्ने । तर मलिन छ अनुहार । त्यो मलिनताका पछाडि कारण अस्पतालमा रोगसँग सङ्घर्ष गरिरहेकी उनकी आमा हो । न उनले सोचेका ...

Pampered diagnosis !

Pampered diagnosis !  A young lady with dreams of bright future as a model had cough since six months. she had dry cough most of the time. Her throat would itch so severe that she would feel like scratching the inside of throat. The unpleasant sensation was a constant  trouble for her. As the time passed she got habituated with her cough.  She was a conscious educated  person regarding her health. So, she took medical advice from a reputed doctor for her problem. She was assured of the benign nature of her cough. She also had some noisy breathing along with cough. Cough and noisy breathing came together like twin brothers. Any doctor with an average IQ would suspect  her  having bronchial asthma.  She was given asthalin  puffs through inhalers. In addition to the asthalin, she was prescribed steroid based puffs. However her symptoms never subsided completely. She never had these symptoms in the past. Her abdomen was fine and had no urinary complai...

Interview

https://m.youtube.com/watch?feature=youtu.be&v=VlHw6pECGJc

उपचारमा अटेरीपन ।

उपचारमा अटेरीपन ।  " डाक्टर ! बिरामी घर जाने रे ! "  यमर्जेन्सिबाट  बिहानै फोन आउँछ । आँखाले भर्खर आराम पाउने मौका पाएका थिए । मिठा सपना त द्युटिमा कहिल्यै देख्न पाइने  कुरै भएन । पेशाको कर्म नै त्यस्तो । रातिको २ बजे भर्ना गरेको बिरामी बिहान ६ नबज्दै घर जान भन्नू अस्वभाविक लागेर एमर्जेन्सी जान्छु । जाँदा लिफ्ट प्रयोग गर्छु । लिफ्टमा नै क्षणभर  आँखालाई आराम दिन पाइने लोभले ।  ज्वरो श्वास फेर्न गार्हो र खोकी लागेर आएका ती बिरामी हालको अवस्थामा कोरोना शंका गर्नु कुनै गल्ती थिएन । शरीरमा अक्सिजन नपुगेर मेसिनले जम्मा ७० प्रतिशत देखाइरहेको थियो । उनको छातीको एक्स रे मा दुबै फोक्सोमा न्युमोनियाको लक्षण देख्न सकिन्थ्यो । हेर्दा कोरोनाको बिरामी भन्दा फरक थिएन । उनलाई आइ सि यु स्थानान्तरण गर्ने सोच बनाएको थिएँ । भर्ना भएको ४ घण्टा नपुग्दै घर लिएर जान खोजेको मलाई चित्त बुझेको थिएन ।  बिरामीको जहान मुर्मुरिँदै थिन् । हाम्रो रेखदेख भएन भन्दै कराउँदै थिइन् सिस्टरहरुसँग । तर  केही क्षण अगाडी मात्रै प्रेसर आदिको जाँच गरिएको थियो । उनको मनको भडासको झटारो निस्केको...

Case report

https://onlinelibrary.wiley.com/doi/full/10.1002/ccr3.3096

एक्लोपन ।

सधैं सपनाबाट बिउँझेको मात्र कथा परिवेश बनाएकोमा झर्को मान्न पुगेका मेरा हितैषी साथीहरुलाई म विपनामा लेख्ने प्रयास गर्दै छु । सपनाबाट उठ्नुको मजा नै बेग्लै हुन्छ ।  समय बलवान छ  । समयसंग जुध्न सकिन्छ । तर धार परिवर्तन गर्न भने सकिँदैन । रात पछि बिहान हुन्छ नै । दिनपछि रात हुन्छ नै । एकान्तपनमा शान्ति प्राप्त गर्न सके मोक्ष्य प्राप्ती हुन्छ । नसके उदासीपन ।  शरिरले समयको चक्रसङ सम्बन्ध बनाइसकेको छ । त्यसैले त बिहान आफैं आँखा खुल्छन । र सपना पनि मेटिन्छन। पुनः आँखा चिम्लेर सपनामा डुब्न समयले दिदैन । उठ्ने बितिक्कै आफ्नो नित्यकर्म गरिसकेपछी भजनको संगीत धुनमा केही समय डुब्न मन लाग्छ । सधैंको दैनिकी नै भन्नुपर्ला । राधाकृष्णको भजन बज्दा मलाई पनि राधाको याद आउँछ । दु:ख त लाग्दैन । तर मीठो याद हुन्छ । अनि सोच्छु अहिले राधा संगै भए ?  जब म आफ्नो सर्ट लगाउन लाग्छु, प्रेस नगरेकोले खुम्चेको देख्छु । सधैं उनले प्रेस गर्दिने गर्थिन् । यसो सम्झिन्छु अनि सोच्छु उनी साथ भएको भए म धेरै चिटिक्क हुन्थेँ । चिटिक्क हुन पनि कारण चाहिन्छ जिवनमा । अचेल त्यो कारण लोप भएको छ । प्रेस नगरेको खुस...