Posts

Showing posts from June, 2025

डाक्टरले पनि विद्यार्थी आइ डि देखाउने ?

डाक्टरले पनि विद्यार्थी आइ डि देखाउने ? म पेशाले एक चिकित्सक हुँ । कर्मले पनि चिकित्सक हुँ । अध्ययनले पनि म चिकित्सक हुँ। तर  सधैँको लागि एउटा विद्यार्थी  पनि हुँ । कुनै डिग्रीको कागज लिन बाध्य नहुने गरी विद्यार्थी हुन त मजा नै हुन्छ । तर एक पछि अर्को औपचारिक अध्ययनको दौडले आधा जीवन बितिसकेको कुरो बेलाबेला झल्यास्स हुन्छ । ऐनामा हेर्दा आफ्नो कपाल फुलेको देख्छु । फेसबुकले बेलाबखत सूचना दिन्छ । मेरा  स्कुले साथीहरु कोही उद्धमी देख्छु । कसैलाई कुनै कार्यालयको हाकिम देख्छु । कसैलाई व्यापारी देख्छु । कसैलाई जागिरे देख्छु । तर कसैलाई विद्यार्थी मात्रै  त देख्दिन  !! सधैंजस्तो सामाखुसी चोकमा बिहान ७:४५ मा बस कुर्छु । बसमा चढेर गङालाल अस्पतालको गेट अगाडि झर्छु । सार्वजनिक यातायात आरामदायी नभएपनि यो दैनिक प्रक्रियामा कुनै बेखुसी छैन मलाई । लाग्छ म १८ वर्ष अगाडिको ठिटो केटो हुँ ।  जो काठमाडौको सार्वजनिक यातायातमा यसै गरी पुतलीसडक जाने नेपाल यातायातको खचाखच भिडमा यात्रा गर्थें । त्यो समयमा पनि म आफ्नो परिचयपत्र देखाउँथे । र अहिले पनि देखाउँछु । परिचयपत्रमा फरक केवल...