Posts

Showing posts from March, 2022

रोगको बानी परेछ ।

Image
आकस्मिक घटना बाहेक स- साना स्वास्थ्यका समस्याहरुका निदान तथा उपचारका लागि स्वास्थ्य केन्द्रमा पाइला विरलै टेकिन्छन् ।  स्वास्थ्यका आकस्मिक समस्याहरुमा अस्पताल अवस्य खोजिन्छ । तर सामन्य समस्याहरुलाई अस्पताल खोज्न व्यस्तता, अर्थ अभाव , व्यक्तिगत अरुचि  आदिलाई दोष दिइन्छ ।  दीर्घकालीन सुषुप्त रोगहरु छिप्पिँदै जान्छन् । किनभने ती रोगहरुको कि लक्षण नै हुँदैनन् र लक्षण देखिएमा धेरैलाई सहन गर्न ठूलो कुरा नहुने रहेछ । स्वास्थ्य संस्थाको पहुँच सहज भएपनि स्वास्थ्य सेवाको पहुँच भने सहज नहुन सक्छ ।   आर्थिक विपन्नताले गर्दा सानातिना समस्याहरु सजिलै पचाउने बानी नै बनेको हुन्छ ।  त्यस्ता छिप्पिएका रोगहरु हेर्ने बानी परिसकेको छ । एउटा प्रश्न भने सधैं उब्जन्छ " यति छिप्पिएको रोग किन समाजमा व्याप्त छ त ? "  कुनै कुनै दिन ओ पि डि पट्यार लाग्दो नै हुन्छ ।  बिरामीको भिडभाड सदैव । त्यसमाथि मन चङ्गा नहुने ओ पि डिको व्यवस्थापन । ओ पि डिका सामानहरु व्यवस्थित देखिन्नन्। हल्लिने टेबुल स्थिर गर्न टेबुलका खुट्टामा कागजका टुक्रा राख्न पर्छ । गर्मीले सताउँदा पसिना सुकाउन ओ पि डि टिकेटको सहायता लिन पर्छ ।