Posts

Showing posts from 2021

मणिग्राम चोकमा दुई संसार ।

 छिटो र ढिला उठ्नु पनि सापेक्ष कुरा हो । हस्पिटल जान नपरेको दिन ९ बजे पनि छिटो हुन्छ । ल्होसारको विदाको दिन मस्त सुत्ने मौका मिल्यो । त्यो दिन घाम पनि राम्रो लाग्यो । मन पनि रमाइलो, दिन पनि घमाइलो । तर आजको दिन  घमाइलो हुने संकेत देख्दिन ।  बिहान ढिला उठ्छु । घडीले ८ बजाउनै आँटेको रहेछ । पर्दा उघारेर हेर्दा बाहिर त हुस्सु नै हुस्सु हुन्छ। फेरि सुतिरहन मन लाग्छ । तर मलाई सुत्ने सुविधा थिएन । त्यो बेला घरको कोठाभित्रै बसेर काम गरेर जागिर खान मिल्ने साथीहरूको खुब ईर्ष्या लाग्छ । जसोतसो उठेर नित्यकर्म गर्छु ।  खान पकाउन पनि ढिला भएको थियो । मनमा भने दुविधा भयो - सार्वजनिक बस चढ्ने कि बाइकमा अस्पताल जाने । त्यो हुस्सु देखेर त बसमै जान मन लाग्यो । तर खाना खाएर निस्किदा घडिले ९ बजाइसकेकोले बसमा जान ठिक लागेन । १० बजे त ठ्याक्क पुग्नुपर्यो । समयलाई सम्मान गर्न सकिएन भने समयले आफ्नो सम्मान गर्दैन भन्ने कुरामा मेरो विस्वास छ । त्यसैले बाइक स्टार्ट गरेँ । हातमा पन्जा लगाएँ । ज्याकेट लगाएँ । टोपी लगाएँ । हेल्मेटको सिसामा रहेको शीत पुछेँ । मनमा लाग्दै थियो म कुनै युद्धका लागि तयार हुँदै थिएँ । हुन

धामीले अस्पताल नजानुभन्दा ।

धामिले अस्पताल नजानु भन्दा ।  एउटै समयमा फरक फरक चेतना , फरक फरक आर्थिक अवस्था, फरक पहुच फरक बुझाइका कथाहरु देख्ने मौका सायद सबै चिकित्सकलाई हुन्छ होला । कतै एक पटक हाछ्यु आउँदा डाक्टर खोज्दै दौडिने व्यक्तिहरु छन् भने सोही समयकालमा महिनौंसम्म बिरामी हुँदा पनि अस्पतालको छाया पनि पर्न नहुने मानसिकताका व्यक्ती पनि छन् ।  बेलाबखतमा दुर्गम जिल्लाबाट सल्लाह गर्न फोन आउने गर्छ मलाई । अन्दाजी पाँच वर्षको बालक निकै सिकिस्त अवस्थामा अस्पतालको एमर्जेन्सी विभागमा आइपुग्छ । उसका बाबुले बिरामी भएको १ महिनामा अस्पताल ल्याउने कष्ट गरेकोमा आस्चर्य मान्ने कि टिठ मान्ने भन्ने दुविधा थियो ।  आश्चर्य मान्ने हो भने अचेल स्वास्थ्य संस्था नभएको कुनै जिल्ला नगरपालिका, गाउँपालिका छैन होला । स्वास्थ्यका चेतनामूलक चेतावनी र जानकारी नपुगेको कुनै क्षेत्र छैन होला । तर पनि अन्धविश्वासलाई चिर्ने गरी मन्जुश्रीको खड्ग जस्तो कुनै उपाय सुझेनछ अहिलेसम्म । वास्तवमा भन्नुपर्दा चेतनाको विकास शताब्दी पछाडी पर्नुलाई टिठलाग्दो अवस्था नै मान्नुपर्छ ।  एक महिना पुगेछ बच्चालाई ज्वरो आएको । तर हरेक दिन धामीको शरणमा जाँदै गर्दा आयुक

History is the basic of basis of diagnosis

History is the basic of basis of diagnosis  One fine morning I was in OPD with full delight in my face. A woman about 40 yrs of age came to OPD room and sat on the chair.  She spoke with an  unintelligible voice. I thought she had come for the change in voice. But it had been the same since childhood.   The complaints were nonspecific. She had feeling of being unwell and malaise since long time.  I couldn't find any abnormality in examination except for the bluish black discoloration in the palms of hands. I was curious about the very discoloration and asked a few questions. She had such discoloration since long time. I couldn't make out more from her spoken labguage.  Her voice was not intelligible. I was in a rush to screen the clinical symptoms and signs because there was a long queue of patients.   I ordered a few specific  investigations.  Since I couldn't understand her voice, I didn't want to miss the case. The investigation included ANA as well. However, it came

पहुँच ।

सधैं स्वस्थ पनि रहन नसकिने रहेछ । स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो भन्ने कुरा आफैं वा आफ्नो नजिकको बिरामी नहुँदा सम्म पत्तो पाइन्न । एक पटक अस्पताल पुग्नपर्छ । धेरै कुराको दर्शन पाइन्छ । सम्पुर्ण जीवन दर्शनको दर्शन हुन्छ । लगभग सबै जाँच हुने विस्वासले बिरामी हुँदा नजिकैको  मेडिकल कलेजमा जान रुचाइन्छ । केही महिना अगाडिको  कुरा हो,  मेडिकल कलेजमा आफन्ती  बिरामीको चेकजाँचको लागि ब्ल्ड टेस्ट आदिको दौड्धुपमा थिएँ ।  साँझको समय थियो । घाम डुबिसकेको थियो ।  म लाइनमा व्याकुल हुँदै उभिइरहेको थिएँ । त्यहीँ लाइनमा मेरो अगाडि एक जना अन्दाजी १५ वर्षीय केटी पनि लाइनमा थिइन् । अलि पुरानो लुगा , खुट्टामा हिलो र फाट्नै लागेको चप्पल लगाएकी थिइन् । उनी टाउको एकातिर बङाउदै कान च्यापिरहेकी थिइन्। सजिलै अनुमान लगाउन सकिन्थ्यो कि उनको कान बेस्सरी दुखेको हुनुपर्छ । उनको साथमा  एक जना अन्दाजी ३०-३२ वर्षकी महिला पनि थिइन् । वातावरण पुर्ण नियाल्न नपाउँदै बिल काउन्टरबाट पैसाको माग आउँछ ।  एमर्जेन्सी टिकेटको मूल्य सुनेर होला । त्यो नानी    केही झस्किन्छिन् , केही हच्किन्छिन् । उनको हातबाट खुम्चिएको रु ५०० को नोटले

हात धुनु- महान खोज ।

हात धुनु- महान् खोज ।  आजको दिनमा हात धुनुलाई सामान्य कुरा मान्न्न सकिन्छ। इतिहासमा कुनै समय यस्तो थियो जुन बेला हात धुने बानी बसाल्नुपर्छ भनेर थाहा पाउनु  शताब्दीको असाधारण खोज बन्न पुगेको थियो । १९ औं शताब्दीको मध्यमा मात्रै हात धुनुको महत्व उजागर भएको थियो । अचेल सबैजनाले तरिका पूरा गर्न नजाने पनि पानी सहजता भएका स्थानहरुमा हात धुनु दैनिकी नै बनिसकेको छ । कोभिड १९ को विनाशमा विकास भएमो एउटा राम्रो बानी भनेको हात धुने बानी हो ।  हात धुने इतिहास पढ्न पनि रोचक नै छ । सन् १८५४ तिर हङेरीका एक जना जिज्ञासु डाक्टरले बिरामी हेर्दा नियमित हात धुनुपर्ने कुरालाई पुर्ण विस्वासका साथ चिकित्सकिय दुनियामा  बेजोड प्रस्तुती दिएका थिए । उनको नाम थियो - इग्नाज सेमेल्विज । उनले काम गर्ने अस्पताल विश्वकै  ख्यातिप्राप्त शिक्षण अस्पताल थियो ।  त्यो अस्पतालको वार्डमा एउटा रोचक तथ्य फेला परेको थियो । नर्सहरुले  सुत्केरी गराउने वार्डमा मातृ मृत्युदर प्रत्येक १००० जिवित जन्मेका वच्चामा ३६ जनाको मृत्यु हुने गरेको थियो भने डाक्टरहरुले सुत्केरी गराउने वार्डमा प्रत्येक हजार जिवित जन्मेका वच्चामा ९८ जनाको मृत्युु

Why do we miss the diagnosis ?

Why do we miss the cases ?  In a busy day OPD when there is burden on only one doctor in hospital, it's likely that things get missed. It was a few years back when I had to see around 100 patients in a day all alone. It was tiring and irritating too and my nerves were about to break.Besides, the postmortem in midst of the OPD added fuel to the fire. A dead person torments one more than walking patients.But the responsibility stands before anything in this critical profession  so i had to carry on and i did. There was a 50 year old man who had estimated weight loss of almost 5 kg in a month. Few people get privilege of awareness to track one's weight. His appetite had been less than normal for a month.  However, he was not sure about fever although he mentioned his body got warmer at times. He was a non smoker. He never consumed alcohol. He looked  quite well.There was a rush in OPD,nothing special rang my bell so, I examined him superficially.  I didn't bother much about hi

एसिडको बोत्तल ।

महाकवि देवकोटाले "के नेपाल सानो छ"  निबन्धमा  सानो मानिएका कुराहरुको महत्वलाई ओजपुर्ण बनाएका छन् । उदाहरण स्वरुप उनी भन्छन् , आँखाको गेडी सानो हुन्छ । तर सन्सार हेर्न अति आवस्यक हुन्छ । महत्व विशाल छ । त्यस्तै दैनिक कृयाकलापमा पनि स-साना कुराहरूको महत्व निकै  बढी हुन्छ । जुन कुरा सामान्य अवस्थामा ओझेलमा परेका हुन्छन् । पेट दु:खेको बेला दुखाइ कम गर्ने एउटा सानो गोलीको जुन महत्व महसुस हुन्छ, अरु समयमा बिर्सिरहेका हुन्छौं  । कसैको व्यक्तित्वको ओज निभ्न एउटा सानो घटना काफी हुन्छ। क्रान्तिको जग पनि एउटा विचारको झिल्काबाट नै सुरु हुने गर्छ । डढेलो लाग्न एउटा सानो आगोको झिल्का पर्याप्त हुन्छ । कसैको भविष्य कुनै वेला एउटा चिठीले निर्धारण गर्ने क्षमता राख्दछ । हाम्रो वरिपरि त्यस्ता अनेकौं दृष्टान्त देख्न पाइन्छ ।  फोक्सुन्डो ताल घुम्ने ठूलो रहर थियो । त्यो रहर पूरा गर्ने क्रममा साना मानिएका कत्ति कुरा निकै महत्त्वपूर्ण महसुस हुन्छ । परिस्थितिले सबै कुराको महत्व हेर्ने र अनुभव गर्ने दृष्टिकोण  परिवर्तन गर्ने रहेछ।   धेरै भुमिका बाँधेकोमा रिस पनि उठिसक्यो होला । तर भुमिका आफैमा गौण कुरा

Why every crying is not just whining ?

Why every crying is not just whining ?  One foggy morning in winter season, a mother brought her child to OPD from a remote village. The mother was sobbing and telling me her baby caught severe cold. When i inquired her about why does she think that the baby has severe cold, she lightened me with the actual complain. Why every crying is not just whining ?  The real concern was that the baby had been crying continuosly for 3 days and wouldn't stop no matter how well she wrapped the baby. when i started examining the child while thinking of some important differential, the mother started showing me dozens of syrups from some local pharmacy prescibed  by some local quack who probably doesnt even know that there are different doctors for adult medicine and paediatrics medicine. She wasn't sure if the baby had spikes of fever because all she was concerned was about why did the baby didn't get well even after spending such handsome amount on syrups. Mother denied any history of c

उनको रिप्लाइ ।

शिष्टाचार र मनको खेल ।  कसैले आफुलाई वास्ता गरेको छैन भने कुरा गरिरहन मुनासिव हुँदैन । उनले पनि मलाई कत्ती वास्ता गरिनन्। फोन नम्बर सम्म दिन अप्ठ्यारो मान्नेसँग कुरा गर्ने मन त हुँदैन । सधैं आफै कुरा गर्ने प्रायास गर्नुले एकतर्फी प्रयासको विफलता जनाउँछ । त्यसैले म लागिरहन मन हुँदैन । उनको भाग्यमा अरु नै  कसैको स्थान लेखिएको  हुनपर्छ भनेर मेसेज गरिन। उनीसँग नबोल्ने निश्चय दृढ भयो  मेरो । दुई दिन बित्यो, उनको कुनै खबर आएन । समय मिलेन भनेर सोच्ने हो भने सानो मेसेज गर्न कति नै समय लाग्ने थियो र ! वास्तविकतामा भन्नुपर्दा म कुनै प्राथमिकतामा परिन ।  म पनि अब आफ्नो कामको सुरमा लागिसकेको थिएँ । मनमा विचार आयो । " कोही मान्छे किन हेर्दा मनले खान्छ तर व्यवहारमा मिल्दैन । व्यवहार कति राम्रो भएको मान्छे आकर्षक नहुने हुन सक्छ । मन नै वैरी हो । आकर्षण नभएसम्म मन पग्लिन्न ।  मनको आकर्षण हुन लामो समय साथमा संगत गर्नुपर्छ होला। त्यसपछि न कपाल न शरीर न अनुहार। वास्तवमा व्यवहारको मात्रै हिसाब हुन्छ । यो हिसाब गर्न दिमागले कहिल्यै नछोड्ने नै होला है  । " तर यहाँ उनको मनलाई कसरी वैरी भन्नू । चित्

उनको फोन नम्बर ।

मनले त उनलाई रोजिसकेको थियो । उनको खोजीकार्यका लागि भएको व्याकुलतालाई नै लेख्दा एक अनुचछेद बन्थ्यो होला । सामाजिक सन्जालमा खासै सकृय नरहेको कारण उनलाई भेटाउन मुस्किल हुने पक्का थियो  । सायद भाग्यले साथ दिने सोचेको रहेछ । इन्स्टामा फेला पारेँ । उनलाई इन्स्टामा फेला त पारेँ । तर इन्स्टाको प्रोफाइलको फोटो बाहेक अरु सबै हेर्ने अनुमति रहेनछ । सो अनुमतीको लागि उनलाई फलो गरेँ । अब अर्को व्याकुलता थपिएको थियो । के उनले स्विकार गर्लिन् त एक पटक मात्रै देखेको व्यक्तिको अनुरोधलाई ? एकपटक देख्दैमा उनले रुचाउने संकेत देखेको थिइन । उनले फलो गर्लिन् भन्ने झिनो आशमा राती सुत्ने बेलामा हेरेँ । केही उत्तर आएको रहेनछ। मेरो झिनो आश पनि मनको आशाको त्यन्द्रोमा अड्किन पुग्यो । जुन टुट्ने पक्कै थियो । अर्को दिन पनि उनको सम्झना आइरहयो । यसरी मलाई कसैले प्रभाव पारेको थिएन । त्यो प्रभाव सामान्य  आकर्षणभन्दा बढी नै थियो । मेरो मनले त उनलाई रोजिसकेको थियो । उनको बानी व्यवहार आदि केही थाहा थिएन । तर म आकर्षित भइसकेको थिएँ । प्रार्थना गरेको थिएँ कि उनी सबै कुराले अब्बल होउन्। रुपले मात्रै  त धोका दिन सक्छ । तर मलाई

फोक्सुन्डो यात्रा : अविस्मरणीय यात्रा ।

Image
फोक्सुन्डो यात्रा : गर्नैपर्ने यात्रा ।   ( विशुद्ध यात्रा संस्मरण मात्रै!! नियमित ट्रेकरको लागि पढ्न मनाही छ)  फोक्सुन्डो यात्राको सकसक        जीवन एकनासको भयो भने निरस हुन्छ । त्यसैले एकाएक यात्रामा जाने झोक चल्छ । नेपाल सरकारका कर्मचारी भेट्दा भेट्दै दिक्दार बनेकोले घुमेर केही समयलाई सबै कुरा बिर्सिने रहर हुन्छ । त्यसैले अति दुर्गम मानिने डोल्पामा स्थित शे फोक्सुन्डो ताल भ्रमण गर्ने इच्छा पलाउँछ । त्यसको केही आधार भनेको डोल्पा दुनैस्थित जिल्ला अस्पतालमा कार्यरत भाइहरु । उनीहरुसँग फोन सम्पर्क गर्छु ।  पहाडको काखमा बसेको एक महिना नबित्दै उनीहरुका खुट्टा चिलाउन थालिसकेका रहेछन् । संयोगले भन्नुपर्छ मलाई फोक्सुन्डो यात्रा गर्ने रहर व्यक्त गरेको केही दिन अगाडि नै उनीहरुले प्लान बनाइसकेका रहेछन् । म त्यस प्लानमा थपिँदा कुनै भार हुने देखिन । आकर्षण र रिसब  टिचिङमा पढ्ने क्रममा चिनेका मिजासिला भाइहरु । अनुहारले चिनेको तर धेरै संगत नपरेकोले मैले नाम बिर्सिसकेका जिल्ला अस्पताल प्रमुख डा प्रसन्न भने तीन पटक फोक्सुन्डो पुगिसकेको सुनेर तीन छक परेको थिएँ । नेपालगन्जसम्मको टिकेट लिएर नेपाल्गन्ज बस

Acid fly attack in medical colleges

The acid fly attacks have been rising recent years in hostels and residential areas in Terai area. The acid fly, scientifically known as Paederus sp homes the swamp habitat with bushes and stagnant water. A particular feature of the insect is its predilection towards bright fluorescent light. The hostel areas where students study late night are affected much owing to the special feature. It has been found that the insect becomes active few hours before sunset. So, it is light lover more in evening and nights.  What does it do ?  The acid fly when releases toxins in skin causes swelling, erythema and burning of the skin. In 24 to 48 hours, there appears superficial blister. It is termed as pederus dermatitis. Acid fly  is also known as beetle blister as the blistering occurs at the site of toxin release. This appears in skin when one kills the insect there as it releases toxin. The release of toxins can happen in any parts of body and flex heal areas. This is especially mediated via tox

Thrilling diagnosis

Is it just me or are you also compelled to think out of the box while examining the patient?After all,eyes see only what your mind allows. Days automatically turn exciting when i unfold my day working in an academic institution,it fills my heart,it gives me an immense pleasure , makes me feel that I belong here. While i was mapping my own thoughts , a middle aged man suddenly entered the OPD room.He introduced himself and proudly told me that he was a farmer who works hard so as to help put meals on the table for his family.His humbleness brought a smile on my face and i asked him what brought him to the hospital.The poor man’s concern was that he started having intermittent flank pain bilaterally since months which prevented him giving his all on his field.The man denied any history of fever,backache or any other problematic symptoms.As per the basic protocol all baseline investigations were carried out which were all in normal range. Not finding any cause for his current health statu

चिकित्सकको सदुपयोग नगर्ने त सरकार ?

Image
देशमा आमूल परिवर्तनका क्रम जारी नै छन् । जसमा अहिले संघीय व्यवस्थाको अभ्यास बामे सर्दै छ । सो व्यवस्थाको पनि व्यवस्थापन नहुँदा व्यवहारिक अप्ठेरो देखा परिरहेका छन् । कानुन त व्यक्तिको वृद्धिविकासलाई रोक्ने हेतुले त पक्कै बन्दैन । कतिपय अवस्थामा हालको कानुनअनुसार जनशक्तिको कत्ति पनि सदुपयोग नहुने देखिन्छ । चिकित्सकका आवाज धेरै बुलन्द नहुनाले होला। स्वास्थ्यकर्मीको समायोजन वैज्ञानिक मान्न सकिने आधार छैन। गोविन्द के सी सरको आवाज त सबैलाई लाज हुने भएर मात्रै चर्चामा आउँछन् । कुरा बिके जस्तो गर्छन् । फेरि राजनैतिक  प्रवृत्ति उस्तै दानवी नै हो ।  कुनै बेला नेपालमा डाक्टर पढाउन विदेश जानुपर्ने स्थिति थियो । बिस्तारै नेपालमा नै चिकित्सकहरु उत्पादन गर्ने मनसायले कलेजहरु खुल्दै गए । पछिल्लो समयमा भने यसमा व्यापारीकरण बढेकै हो । र यो पेशालाई प्ल्स टुका कलेजहरुले निकै नै आकर्षक र मनमोहक बनाउने गर्छन् । जुन पटक्कै वान्छानिय भने छैन । नेपाली अभिभावकको मनमा पनि यो निकै आकर्षक भएर बसेको छ  । जुन कुरा  पुतलीलाई उज्यालो बत्तीले आकर्षित गरेजस्तै हो ।  बिस्तारै डाक्टर पढेकाहरु नेपालमा बस्नै छोडेको देखिँदै

सोफामा एक महिना ।

..................... स्वास्थ्य मन्त्रालयको प्रशासन शाखा बाहिर सेवाग्राहीको लागि भनेर एउटा सोफा राखिएको छ । पहिले पहिले काठको कुर्सी हुन्थ्यो । अचेल भुइँ भित्ता र फर्निचर सबै उन्नत भएछन् । समग्र देशको स्वास्थ्य मात्रै होला उन्नति नभएको ! एउटा उपन्यास हातमा लिएर बसेको छु कुर्ने समय बिताउनलाई । दुई चार पाना पढ्छु ।  फेरि भित्र हेर्छु । कतै मेरै काम पो गर्न  लागेका छन्  कि भन्ने आशमा !  तुकविना कुर्नु निकै पीडादायक हुन्छ । त्यो छट्पटी  काम गर्न नपाउँदा खट्पटी हुने व्यक्तिले राम्ररी बुझ्न सक्छ ।  सधैंजस्तो कर्मचारी आउनेजाने क्रम चलिरहन्छ। कसैका हातमा फाइल छन् । कसैका हात रित्तो छ । चिनेको कोहि छैन ।  सबैका घाँटीमा परिचयपत्र झुन्डिएको छ । त्यसले नाम, वतन र पोस्टको परिचय आधिकारिक दिन्छ । तर  व्यवहारको परिचय भने दिँदैन त्यसले ।  त्यस्तैमा एक जना चिनेजस्तो लाग्ने भर्खर जुँगाको रेखी बसेको दुब्लो जिउडालको युवक मेरो नजिक आइपुग्छ । मेरो छेउमा बस्न इशाराले अनुमति माग्छ  । र थचक्क बस्छ ।  म चिन्न सक्दिन उसलाई ।  बोल्न सुरु गर्छ " दाइ । मलाई हजुरले पक्कै चिन्नुभएन । म हजुरको छिमेकी कृष्ण अन्कलको