Posts

Showing posts from March, 2019

चिडियाको सकसको अन्त्य

चिडियाको सकसको अन्त्य  आज सबै सकसको अन्त्य भयो ।  सबै पीडाको अन्त्य भयो ।  आफ्नै मनले सम्म धोका  दिएको संसारमा सबै दु:ख र पीडाको इती श्री  भयो ।  चिडियाको अमर तर अकथित  आत्मा चिडियाजस्तै उडेर शायद स्थानान्तरण गरेको हुनुपर्छ ।  चिडियाको पार्थिब शरीरबाट दिक्क भएर ।   उर्जाबिहिन मन र तङ्रिन नखोजेको शरीरको अवस्थामा आत्मा एक्लो परेछ शायद ।  त्यसैले प्राणवायु खिचेर तानेर आँफैसँग लग्यो ।  र छुट्कारा पायो १२७ औँ दिनमा । निकै सकसका साथ छुट्कारा पायो तेस्रो पटकको अप्रेसनपस्चात ।  चिडियाको हारेको मन र कुपोषित शरीरले चिकित्साशास्त्रका सबै प्रयासहरु बिफल हुन पुगे ।  ओझेलको पात्र चिडियाको एउटा सकसको कथा कसैलाई थाहा नहुने गरी अन्त्य भयो ।  यस्ता त समाजमा हजारौ पात्र होलान् ।   सम्झना छ अझै मलाई ।   ४ महिना अगाडि एमर्जेन्सि ड्युटिमा  ” एउटा बेड छ ।  कसलाई लिएर जाम ।” भनेर भन्दै थिएँ ।  त्यो सुनेर सिस्टरले सपाट उत्तर दिनुभएको थियो  “ चिडियालाई लिएर जानुस् ।  “    एमर्जेन्सिमा आफ्नै होस् गुम्नेजस्तो भिड हुन्छ ।  एउटा कुनाको बेडमा टुसुक्क  बेडमा बसेकी एउटी अन्दाजी ३० बर्षकी  महिला ।  पूरानो मैलो