Posts

Showing posts from April, 2018

BAATH MUTU ROG

निशुल्कको उपदेशमा शून्य जाँगर ।  ।    ज्ञान र सीप सिकाउन भत्ताको ब्यबस्था गरिएका अनेक कार्यक्रम छन् नेपालमा ।  सरुवा रोग नियन्त्रणमा  ठूलो  राशिको बजेट खर्च गरिएको छ बर्षेनी । निशुल्कमा ज्ञान कसले लिन्छ दिन्छ र ! त्यो सम्भव पनि देखिन्न  ।  मलाई भने यो बाथ मुटु रोगले निकै आकर्षित गर्ने  गरेको छ ।  तर यसका लागि कतै ट्रेनिङ   र बजेट छुट्याइएको भएपनि आजसम्म थाहा छैन मैले ।  बाथ मुटु रोगको सुरुवात घाँटी दुखाइबाट सुरु हुने गर्दछ ।  घाँटी  दुखेको १ हप्तामा सन्चो हुन्छ र ३ ४ हप्तामा ज्वरो आउने, सरी  सरी घुँडा दुख्ने ,छाती दुख्ने आदि हुन सक्छ ।  जुन बाथ रोगका लक्षण हुन् ।यो बाथ रोग “ग्रुप A  स्ट्रेप्टोकोक्कस “ नामक ब्याक्टेरियाको संक्रमणले  गर्दा हुने गर्छ ।  यसले गर्दा घाँटी   दुख्ने हुन्छ र यसको बिरुध्वमा शरीरमा बनेका “अन्टिबडिले” गर्दा नै बाथ रोगमा देखिने लक्षण देखा पर्ने गर्छ ।  समयमा उपयुक्त यन्टिबायटिकको  प्रयोग गरेमा धेरै हदसम्म  रोक्न सकिन्छ । यसले बिशेष गरी हाम्रो जस्तै बिकासोन्मुख मुलुकका ५ देखी १५ बर्ष उमेरका बच्चाहरुलाई  समाउने गर्छ ।  अन्त्यमा मुटुका भाल्बहरु बिग्रिने हु

Loksewa manobaad

लोकसेवा मनोवाद ।   बाँच्नलाई मात्र हो भने  धेरै कुरा चाहिदैन  । चाहिने त आत्मसन्तुष्टिका  साथ बाँच्नको लागि हो। न्यूनतम पारिश्रमिकमा  बाँच्न नसकिने  हैन ।  तर सबै जना श्री कृष्णले गीतामा भनेको जस्तो योगी हुन सकिँदैन ।  न त डा गोबिन्द के सि जस्तै त्यागी हुन सकिन्छ । लोक सेवा अन्तर्गतको स्थायी  जागीरले थोरैमा बाँच्न सिकाउँछ ।  एक प्रकारले  वाध्य नै गराउँछ भन्नुपर्ला ।  हो ।  इच्छाको  कुनै सिमा हुँदैन । तर इच्छाको बिरुवा नानीमोठी सम्भव पनि छैन ।  ।   “ यसपटक प्लेनमा जाउँ कि गाडीमा ।  प्लेन महँगो पर्छ ,गाडीबाटै जानुपर्ला ।  प्लेनबाट सजिलो त हुन्छ ।  “डाक्टर साब ” लाई प्लेनबाटै आशा गर्छन् ।  अरुले भनेर हुन्छ ? आफ्नो हिसाबले  चल्ने पो हो ।  ...............“   यस्तै मनोबादले अन्त्यमा गाडीकै यात्रा प्रिय   ।  प्लेन चडेर जाने त ट्रेनिङमा जाँदा हो।  “ अहिले नयाँ मोबाइल आएको रहेछ ।  दामी छ .... आदि ।  “  चियागफमा निस्किने सामान्य कुराहरु ।  सुन्दै रहर लाग्दो ।  “ किन्नुपर्छ कि क्या हो ।  दाम कती पर्ने रहेछ त ।  ६००००  पो रहेछ ।  होस् ।  ठिकै छ आफ्नै पुरानो मोबाइल ।  काम चलिरहेको छ

नाडी छाम्ने डाक्टरको असारे दौड ।

नाडी छाम्ने डाक्टरको असारे  दौड ।   २०७४ साल असार २२ गत, बिदामा म निस्केर  काठमान्डौ आएको दिन ।पर्सिको दिन  मेरो वीर अस्पतालको  प्रबेश परिक्षा ।  पढाईको दौड बढाउन नसकेपनी आफ्नो दौड भने राम्रै  भएको थियो ।  त्यो दौडमा आफ्नो कार्यालयको रुपरेखा परिवर्तन गर्ने उत्कट इच्छा मिसिएको थियो ।  २०७३ साल माघ महिनामा आफ्नो कार्यस्थल पाइला टेक्दा  बातावरण निकै मुग्ध थियो ।  नयाँ ठाउँ नयाँ परिबेश् ।  नेपाली भाषाको नयाँ लवज ।  सोही समयमा मेरो मनमा उब्जिएको बिचार “नाडी छाम्ने डाक्टर ” शिर्षकमा उत्रिएको थियो ।  ( http://shambhukhanal.blogspot.com/2017/06/nadi-chhamne-doctor.html) सल्यान जिल्लाको थारमारे भन्ने ठाउँ बिकासको गति समात्न खोज्दै गरेको अनुभुती हुन्थ्यो ।  कसैले मनले गियर थिचिदिए गति रन्किने प्रबल सम्भावना देखिन्थ्यो ।  अहिले भने गियर थिचिदिने प्रबल नेत्रित्व हुँदा फड्को नै मार्ने आश गर्न सकिन्छ ।   कार्यालयको भवन उभिएको थियो निकै आशाका साथ ।  कसैले मलाई बेहुली सिङारेजस्तै सिङार्छ कि भन्ने आशामा बसेको जस्तो लाग्थ्यो ।  आन्तरिक क्षमताले सबै काम नसकिने हुँदा कुनै संस्थाको सहयोग माग्न सक

MCQ PG

MCQ s collection Q. 1. ALL OR NONE EFFECTS OF TERATOGENICITY IS SEEN IN .......AGE OF GESTATION? A. 1 - 3 WKS B. 3 TO 8 WKS C 8WKS TO 16 WKS D 16 WKS ONWARD Q.2.THE CRANIOCAUDAL ARRANGEMENT OF BODY PARTS IS MAINTAINED BY ........GENE HOMEBOX GENE FGF SONIC HEDGEHOG GENE WNT7 GENE Q.3. DIABETIC GLOMERULOPATHY , ONE IS TRUE? A NONENZYMATIC GLYCOSYLATION OF GBM B ENZYMATIC GLYCOSYLATION OF GBM C LEAST COMMON CAUSE OF CRF D THINNING OF GBM. Q.4.STONE ASSOCIATED WITH INCREASE PH IN URINE. URIC ACID CYSTINE CALCIUM OXALATE CALCIUM PHOSPHATE Q.5.URIC ACID CRYSTAL IN URINE IN URIC ACID STONES ARE NEEDLE SHAPE RHOMBOID SHAPE HEXAGONAL SHAPE TRAPEZOID SHAPE Q.6.URIC ACID CRYSTALS IN GOUT ARE NEEDLE SHAPE RHOMBOID SHAPE TRAPEZOID SHAPE HEXAGONAL SHAPE Q.7. ONE OF FOLLOWING IS ASSOCIATED WITH WT2 MUTATION ? WAGR COMPLEX BECKWITH WEIDMAN SYNDROME DENYS DRASCH SYNDROME NEUROFIBROMATOSIS Q.8.SCHISTOSOMIASIS IS ASSOCIATED WITH.... SQ CELL CA OF BLADDER TRA