Posts

Showing posts from March, 2020

कोभिड १९ ले देखाएको धरातल ।

Image
कोभिड १९ ले देखाएको हाम्रो धरातल । समयले जेष्ठ महिना २०७७ मा टेकेको छ । एउटा सुक्ष्म भाइरसले विस्वलाई जिस्काइरहेको छ । कतै तड्पाइरहेको छ  । कतै आजित बनाएको छ ।  कतै भने  छोड्ने क्रममा छ ।   कोभिड १९ नामक त्यो भाइरस विश्व भ्रमणमा निस्किँएर  नेपालमा पनि प्रवेश गरेको पनि ३ महिना बितिसकेको  छ ।  मान्छेहरुको आवतजावत कम देखिन्छ  बाटोमा । लकडाउन भन्ने गरेका छन् जतासुकै भाइरसबाट बच्नलाई । गाडी चलेका छैनन् । हवाइ  सेवा पनि बन्द छन् ।  हतास देखिन्छन् प्रशासनिक निकायहरु ।  त्रसित देखिन्छन् आम मानिसहरु । लड्दै छन् स्वास्थ्यकर्मी । चुनौतीपुर्ण अवस्था छ सम्पुर्ण विश्वलाई । स्वास्थ्यकर्मी पुरै तनावग्रस्त छन् । कतिलाई त भाइरसले  समातिसकेको पनि छ । कोहि अरुको लागि युद्ध गर्दै छन् । कोहि आफ्नै जीवन धान्नका लागि युद्ध गर्दै छन्  आइ सि युमा ।स्वास्थ्यको  विज्ञता  एकै दिनमा खोजेर पढेर सिकेर  ल्याउन सकिने कुरो भएन । जति स्वास्थ्यकर्मी  कार्यरत  छन् त्यो भन्दा रातारात बढी उत्पादन हुने कुरा पनि भएन  । सार्है अभाव खट्किएको छ स्वास्थ्यकर्मीको । हुन त विश्वभर नै अवस्था उस्तै छ । इटली स्पेनमा जस्तै अभाव छ । प

हतियार विना भाइरससँग युद्धमा ।

Image
हतियार विना भाइरससँग युद्धमा । केही समय अघि स्वासप्रस्वासबाट सर्ने भाइरसले प्रकोप लिँदै थियो छिमेकी मुलुक चिनमा । हामी मस्त मगन थियौं   पर्यटक आगमनमा । हामी मस्त थियौं सम्मेलन सभा गोष्ठी  र चलचित्र हलमा ।  हिँडिरहेका थियौँ न्यु रोड र ठमेलका बाटाहरुमा । रमाइरहेका थियौ पशुपतिनाथको सन्ध्या आरतिमा । भेला भैरहेका थियौं बजारहरुमा । भिडको माझमा । चिनको समाचार सुन्दै बसिरहेका थियौँ । भाइरस सँग लड्न चिनले १० दिन भित्रै  १००० बेडको अस्पताल बनायो भनेर । हामी चिनको तारिफ गर्दै आफ्नो देशमा हुँदो हो त मेलम्ची जस्तै हुन्थ्यो भनेर हास्यौँ । लज्जास्पद कुरा पनि पचाउने बानी छ नि त हाम्रो ! हाम्रा देशमा त पशुपतिनाथले रक्षा गर्छन् भनेर आत्मबल बढाउने कार्य मात्र भयो । यो श्वास प्रस्वास बाट सर्ने रोग हो। आत्मबल कम भएर लाग्ने मानसिक रोग हैन । महामारी फैलिएर चिनको बोर्डर नाघे पछि मात्र चासो बढ्न थाल्यो । नाम पनि " कोभिड १९ " भनेर बल्ल हेक्का भयो । यहाँ "हामी " भनेर निर्णय गर्ने तहका ब्यक्तिलाई भन्न अधिक बेस हुन्छ होला । म र मेरा साथीहरु त सामान्य डाक्टर त हौं । बिरामी हेर्न खटिएका निर्ण