Posts

Showing posts from November, 2019

अप्रिय अंक १००० ।

Image
आत्मा ,पशुपतिनाथ र १००० अंक ।   जन्मेसँगै नछुट्टिने नातो लगाएको मृत्‍यु आज घुमिरहेको छ ६०८ न. क्याबिन वरपर ।  यमपास लिएर कुरिरहेका जस्तो लाग्छन्  यमदुतहरु ।  द्वन्द चलिरहेको छ डाक्टर र यमदुतहरुको बीचमा  ।  जित्ने प्रयासमा दुबै  तत्पर देखिन्छन्  । दया नभएका दूतहरु कुनै कसर छोड्ने   संकेत देखिँदैन  ।  केही दिन देखि समस्या उत्पन्न भैरहेका छन्  खड्गको  शरीरमा ।  नाम मात्र खड्ग  ।  ब्यवहार भने शान्त  क्रोधबिहीन ।  अङ्रेजीमा भन्नुपर्दा ” क्युट “ ।  तर शरीरमा रोग भने खड्गस्वरुप ।  भैरवस्वरुप ।  उछिट्टो खन्ने ।  रक्त क्यान्सरको रोग । रक्तकोषिकाहरु बिकृत भएको अवस्था ।  ती सबै आफ्नो बोनम्यारोको सन्स्कार भुलेर स्वच्छ्न्द भएको अवस्था ।  धेरै स्वच्छन्द किन भएको होलान्  तिनीहरु  ?  ति रक्तकोषिकाहरुले आफ्नो  संंस्कार भुलेर निकै दु:ख दिन्छन् शरीरलाई ।  उमेर छँदै कति छिटो जवानी चढेको होला ! मात्र ४४ बर्षको उमेरमा अराजक ति बदमास निर्लज्ज रक्तकोषिकाहरु बिक्रित भएका छन्  ।  तीन दाजुभाइ कोषिकाहरुमा सेतो रक्तकोषिकाले पुरै बदलामा आन्दोलन गर्‍यो नबढ्ने ।  बाहिरबाट  जति चढाएपनि संख्या  ज्यूँका त्यूँ ।