Posts

Showing posts from 2020

chest x-rays

Image
Miliary TB fig 1  Here is a chest x-ray of a young girl with Factor X deficiency from rural Rolpa. The disease takes away the zeal of life. she is a perfect example of how disease torments continuously. she was admitted multiple times with bleeding from her orifices. she even had a rupture of ovarian cyst and hemoperitoneum. when she presented last time, she had an acute onset of shortness of breath and fever for 10 days. her fever had subsided while she was still short of breath. her covid 19 pcr was negative. initially, her chest x-ray and symptoms corroborated with the current covid 19 viral infection. Her brother was short of money and tried to take her away against medical advice. however, we managed to get free bed for her and convinced him to stay back in hospital. when she had very delayed improvement than expected in her oxygen requirement and respiration, we sent covid 19 PCR again and kept her on steroid. we repeated chest x-ray and it revealed miliary shadows suggestive of

यो कस्तो प्रतीक्षामा ।

यो कस्तो प्रतीक्षा ।   जीवन नै प्रतीक्षा रहेछ । सानो हुँदा ठूलो हुने प्रतीक्षा । सफलताको प्रतीक्षा  । दु:ख निवारणको प्रतीक्षा  । सुखको प्रतीक्षा । रातपछि बिहानीको प्रतीक्षा । बिहानपछि साँझको प्रतीक्षा । ड्युटीपछि ड्युटी सकिने प्रतीक्षा । सबैजना केही पर्खिरहेका हुन्छौं । जीवन पुरै एकोहोरो भएको छ । अचेल  समय भने कसैको मृत्युुको प्रतीक्षा गरेजस्तो आभास हुन्छ । चित्रगुप्तका दुतहरु अस्पतालमा पर्खिरहेका हुन्छन् होला । कति दुतहरु अचेल घरतिर पनि घुमिरहेका हुन्छन् । ती सबै प्राणवायु खिच्ने प्रतीक्षामा । पहिलेभन्दा काम बढेको छ होला तिनिहरुको ।  घर नै अस्पताल भएका छन् । पुरै परिवार अस्पतलमा हुनाले अस्पताल घरजस्ता हुन पुगेका छन् । स्वास्थ्यकर्मीको अभावले अस्पताल घरजस्तै हुन पुगेका छन् । फरक केवल अक्सिजन भएको बेड र एकाध सुइका औषधि ।  कोभिडमय अस्पतालमा सबैका फोक्सोमा आक्रमण गरेर कोभिड्ले उधुम मचाइरहेको छ । श्वास लिन एकाएक गार्हो हुँदै गर्दा सबैजना अक्सिजनको प्रतीक्षा गरिरहेका छन् । हावामा भएको अक्सिजनले नपुग्ने कस्ता दिन आए ?  शताब्दीदेखिको  प्रदुषित वातावरणले बदला नै लिएजस्तो !! श्वास फेर्न कति गार

अन्सन किन बस्ने सर ।

अन्सन किन बस्ने सर ?   नैतिकता मौन बसेको आज २२ दिन भयो । विवेकको ढोका बन्द भएको  १० वर्ष भयो । यस धर्तीमा रकमले न्याय र इमान बेचेको त अनन्त वर्ष भैसकेको छ । सबैको विवेकमा विर्को लागेको वेलामा कोहि एक जना सन्त  मोक्षको बाटो समातेकोमा तपाइँलाई पागल भन्ने नै  भए  । यो देशको पागल " गोविन्द के सि " । आफैले पाउनु त केही छैन तर भोकै बस्ने कस्तो रहर होला । रहर त शासकहरुले भन्ने शब्द हो । कस्तो त्याग होला !  मेडिकल शिक्षामा न्याय तथा राजनीतिले नगाजेको स्वच्छ  स्वास्थ्य क्षेत्रको माग राखेर एउटा डाक्टर भोकै बस्नुपर्ने त हैन । भोट दिएर कुर्सिमा पुगेकाले जनताको स्वास्थ्यलाई निशाना बनाएर अवाञ्छित व्यापार गर्ने ।  तर जनता त सधैं मौन रहने । किन अन्सन बस्नुभएको सर ?    आज तपाइँको छाती दुखेको छ । केवल जनताको सुखद भविष्यको लागि । दुरदराजमा कसैको छाती दुखेर उपचार गर्न ढिलो नहुने गरी सुनिस्चित होस् भनेर आज तपाईं आफ्नो छाती दुखाइरहनुभएको छ । कति भारी हुँदो हो त्यो बृद्धअवस्थाको छाती । मन कति भारी होला यी अबुझहरुको माझमा ! भोलि कसैले पीर नमान्नु कि उपचार गर्न काठमाडौ ल्याउन ढिलो भयो भनेर ! कसैले गा

Observing symptom saves life

Observing symptom saves life    Let's travel through a story of a  68 year old man who came to OPD on a bright sunny day. It was the  time when the opd counter closes for the day. The old man requested the person in a ticket counter for a ticket. The employee said, " The counter has closed. Come tomorrow. " The grand pa didn't like his arrogant tone of voice. He was taking tablets for diabetes mellitus since many  years. That day he had persistent hiccups since the morning. Contrary to general belief of hiccups as a benign condition, it can be pathological at times. Did you know this ?  When I was heading towards my quarter,  I saw the old man sitting on a floor with hiccups. He saw me and sighed a great relief. He was trying to tell his story. But his hiccups didn't allow him to complete the sentence. As he was a regular patient in OPD, I recognized him.  He used to come every 3 months for antidiabetic medicine that is  provided free of cost from the health cente

परपिडक कुर्सी ।

परपीडक कुर्सी ।  मान्छे त्यो बेलासम्म निरोगी हुन्छ जबसम्म रोग लाग्दैन । रोग लागेपछिको आर्थिक भौतिक र मानसिक तनावको अन्दाज आफै नपरेकालाई पटक्कै हुँदैन होला । हिसाबकिताबले चल्ने मान्छेले त्यो पीडा बुझ्नै सक्दैन । रोगले पहिले नै कसैलाई लोकसेवाकोजस्तो  सूचना दिएर आउँदो हो त तयारी गर्न हुन्थ्यो नि । पढ्दा पढ्दै आधा उमेर सकिसक्दा पनि स्थिर जागिरमा बस्न असमर्थ हुनुपर्ने   डाक्टरको एउटा सानो प्रसङ्ग जोड्न मात्र खोज्दै छु । प्रसङ्ग एउटा डाक्टरको तर समस्या भने सबैको।  सरकारी कर्मचारीतन्त्रको कत्ति हेक्का नभएकालाई मन्त्रालय रणभुल्ल हुने स्थान हो । सायद मन्त्रालयका भित्ताहरु सधै रुन्छन् होला । सोझा मान्छेलाई घुमाउने र पिल्सिने कृयाकर्म देखेर । किनभने भित्ताले  गतिला प्रशासकको फोटोको स्पर्श विरलै पाउँछ होला  । एउटा भर्खर कन्सल्टेन्ट तह उतिर्ण गरेपस्चात कागजपत्रहरु बोकेर निन्याउरो अनुहारमा एक डाक्टरको प्रवेश हुन्छ ।  पास भएपछि मुहारमा उज्यालो देखिनुपर्ने । तर मलिन छ अनुहार । त्यो मलिनताका पछाडि कारण अस्पतालमा रोगसँग सङ्घर्ष गरिरहेकी उनकी आमा हो । न उनले सोचेका थिए न त उनको परिवारले नै त्यो बज्रपात ।

Pampered diagnosis !

Pampered diagnosis !  A young lady with dreams of bright future as a model had cough since six months. she had dry cough most of the time. Her throat would itch so severe that she would feel like scratching the inside of throat. The unpleasant sensation was a constant  trouble for her. As the time passed she got habituated with her cough.  She was a conscious educated  person regarding her health. So, she took medical advice from a reputed doctor for her problem. She was assured of the benign nature of her cough. She also had some noisy breathing along with cough. Cough and noisy breathing came together like twin brothers. Any doctor with an average IQ would suspect  her  having bronchial asthma.  She was given asthalin  puffs through inhalers. In addition to the asthalin, she was prescribed steroid based puffs. However her symptoms never subsided completely. She never had these symptoms in the past. Her abdomen was fine and had no urinary complaints as well. She had frequent visits wi

Interview

https://m.youtube.com/watch?feature=youtu.be&v=VlHw6pECGJc

उपचारमा अटेरीपन ।

उपचारमा अटेरीपन ।  " डाक्टर ! बिरामी घर जाने रे ! "  यमर्जेन्सिबाट  बिहानै फोन आउँछ । आँखाले भर्खर आराम पाउने मौका पाएका थिए । मिठा सपना त द्युटिमा कहिल्यै देख्न पाइने  कुरै भएन । पेशाको कर्म नै त्यस्तो । रातिको २ बजे भर्ना गरेको बिरामी बिहान ६ नबज्दै घर जान भन्नू अस्वभाविक लागेर एमर्जेन्सी जान्छु । जाँदा लिफ्ट प्रयोग गर्छु । लिफ्टमा नै क्षणभर  आँखालाई आराम दिन पाइने लोभले ।  ज्वरो श्वास फेर्न गार्हो र खोकी लागेर आएका ती बिरामी हालको अवस्थामा कोरोना शंका गर्नु कुनै गल्ती थिएन । शरीरमा अक्सिजन नपुगेर मेसिनले जम्मा ७० प्रतिशत देखाइरहेको थियो । उनको छातीको एक्स रे मा दुबै फोक्सोमा न्युमोनियाको लक्षण देख्न सकिन्थ्यो । हेर्दा कोरोनाको बिरामी भन्दा फरक थिएन । उनलाई आइ सि यु स्थानान्तरण गर्ने सोच बनाएको थिएँ । भर्ना भएको ४ घण्टा नपुग्दै घर लिएर जान खोजेको मलाई चित्त बुझेको थिएन ।  बिरामीको जहान मुर्मुरिँदै थिन् । हाम्रो रेखदेख भएन भन्दै कराउँदै थिइन् सिस्टरहरुसँग । तर  केही क्षण अगाडी मात्रै प्रेसर आदिको जाँच गरिएको थियो । उनको मनको भडासको झटारो निस्केको सजिलै बुझ्न सकिन्थ्यो ।  बिर

Case report

https://onlinelibrary.wiley.com/doi/full/10.1002/ccr3.3096

एक्लोपन ।

सधैं सपनाबाट बिउँझेको मात्र कथा परिवेश बनाएकोमा झर्को मान्न पुगेका मेरा हितैषी साथीहरुलाई म विपनामा लेख्ने प्रयास गर्दै छु । सपनाबाट उठ्नुको मजा नै बेग्लै हुन्छ ।  समय बलवान छ  । समयसंग जुध्न सकिन्छ । तर धार परिवर्तन गर्न भने सकिँदैन । रात पछि बिहान हुन्छ नै । दिनपछि रात हुन्छ नै । एकान्तपनमा शान्ति प्राप्त गर्न सके मोक्ष्य प्राप्ती हुन्छ । नसके उदासीपन ।  शरिरले समयको चक्रसङ सम्बन्ध बनाइसकेको छ । त्यसैले त बिहान आफैं आँखा खुल्छन । र सपना पनि मेटिन्छन। पुनः आँखा चिम्लेर सपनामा डुब्न समयले दिदैन । उठ्ने बितिक्कै आफ्नो नित्यकर्म गरिसकेपछी भजनको संगीत धुनमा केही समय डुब्न मन लाग्छ । सधैंको दैनिकी नै भन्नुपर्ला । राधाकृष्णको भजन बज्दा मलाई पनि राधाको याद आउँछ । दु:ख त लाग्दैन । तर मीठो याद हुन्छ । अनि सोच्छु अहिले राधा संगै भए ?  जब म आफ्नो सर्ट लगाउन लाग्छु, प्रेस नगरेकोले खुम्चेको देख्छु । सधैं उनले प्रेस गर्दिने गर्थिन् । यसो सम्झिन्छु अनि सोच्छु उनी साथ भएको भए म धेरै चिटिक्क हुन्थेँ । चिटिक्क हुन पनि कारण चाहिन्छ जिवनमा । अचेल त्यो कारण लोप भएको छ । प्रेस नगरेको खुस्मिजिएर बेखुस सर्ट

Soothing guess !!

A 26 yr old male from Dhangadi seemingly well arrives at the emergency department on a particular day when the patients were sparse. He got an accelerated admission in the ward. He didn't know he needed to be grateful to covid for getting fast admission in TUTH rather than doctors. On enquiry of his illness, he said he had been running fever since 3 months. His fever never disappeared completely. The doctors there  investigated him for the cause of fever as much they could. But the diagnosis was still elusive. He had pain in abdomen which wasn't incapacitating as much was his fever. Feeling cold and shaky was his usual routine.  He was lean and thin. He appeared to have lost weight recently. His temples on head  were like a crater.  He had almost no complaints of cough and change in bowel habit.  He was pale, and tinge of jaundice could be noted in his eyes. Though he had minimal complaints on his abdomen, he feared doctors touching it. His abdomen ached on touching less gently

शरीरको गाँठोले मनमा गाँठो नपरोस् । ।

शरीरको गाँठोले मनमा गाँठो ।  जिवनमा घटनाहरु सधैं सूचना दिएर आउँदैनन ।  कहिलेकाँही बज्रपात पर्ने गरि आउँछन् । स्वर्णिम आशा गरेको  जिवनको अचानक मध्यकाल नपुग्दै जिवनको उत्तरार्धमा परिणत हुनु दु:खद कुरा हो । समिनाको(नाम परिवरर्तित ) शरीरमा  एकाएक समस्या देखिन लाग्छ । स्नातक तह उतीर्ण गरेका धेरै दिन नबित्दै जिवनभर बुनेका  सपनाहरु एकाएक टुटेर जान्छन् । जीवन शून्यसरी हुन्छ । जीवन भनेको कस्तो तत्व रहेछ !  सधैं जिउन मन लाग्ने । अब धेरै समय छैन भनेर थाहा पाउँदा अझै बाँच्न मन लाग्ने । अझै सन्सार देख्न मन लाग्ने । माटोको शरीर भएपनि आफ्नो मन तयार नभएसम्म  माटोमा बिलिन हुन मन लाग्दैन । किनभने यो मनमा इच्छाका पोकाहरु फुक्नु अगाडि नै समयले घण्टी बजाउँदा  झर्को मात्रै लाग्छ  । दर्शनका कुरा जति गरे पनि दर्शनले मनलाई शान्त पार्न सक्दैन। भावनाले दर्शनको " लजिक " मान्दैन । हो समिनाको मनले पनि कसरी मान्छ त ? ३० नपुग्दै उनलाई एक्कासी  रोगले कायल बनाएको छ । आघात तुल्याएको छ ।  खाना रुचि कम हुनेबाट सुरु भएको रोग पेट फुल्लिने र आँखा पहेँलो हुँदै शरीर पनि पहेँलो हुँदै गएको छ । न त कहिले मदिराजन्य पदार्

An intelligent guess !

An intelligent guess !  Guessing the age of a person sometimes surprises your speculation. The visual information doesn’t match the actual age of a person. The same happened to me when I saw an old man in emergency room. I assumed his age to be 70 years. To my surprise, his real age was 90 years. He had been physically fit throughout his life. I felt like saluting him for his body physique.  He was a country man. He survived his life with farming, working in fields. He barely trimmed his nails. He put on shoes on occasions. He was an innocent simple man that lived on earth. He probably never imagined that he would visit a hospital.He noticed progressive fatigue and lethargy for 2 months. He couldn’t carry out his daily activities. He was short of breath and had palpitations on walking a short distance.    He was fatigued even while going to washroom. The limitation of walking didn’t bother him as much his appetite did. He had aversion to food. He didn’t feel like eating his favorite fo

Hole in his neck

Hole in his neck   Mr Tamang, 35 yr old hailing from sindhupalchowk was in a good shape of health till he found his legs shaky. He had a good physique and had immense strength in his limbs. He never had any hospital visits in his life. His family was a sweet    family with a wife and two children living happily together.  To his greatest surprise of his life, he suddenly couldn't feel his feet standing on the ground. He had some unusual tingling sensation in his legs. He barely could stand up on his own and had his feet dragging on the floor. This was a huge shock for him and his family.  The problem didn't seem to stop progressing. The weakness of his legs became more prominent and gradually ascended up to involve his upper limbs as well. On next day,    he was taken to a hospital. The rapidity of symptoms was an alarming sign for treating doctor. He couldn't scratch his nose when it had an itch. He couldn't catch a glass for drinking water. It seemed as i

That ring on her eyes

A story of a girl  Trishna, a 19 year old innocent girl from remote salyan gets pregnant in her late teens only to  find herself the changes during her pregnancy that she didn't expect.  She had eloped with a guy, whom she met in a mela. They instantly  fell in love with each other. The unacceptability of intercaste marriage in the home of the boy pressurized their brains ,overwhelmed with dopamine ,to marry each other despite any threats.   It is  often forgotten that Love is a blind chemical phenomenon for the brain when one is in love.  The hormone,  oxytocin creates commitment. The hormones,  oestrogen and  testosterone establishes the attraction. Hypothalamus sits on the throne of pleasure , which cant be dethroned easily.  Her underprivileged life was crawling smoothly till seventh month of pregnancy. She often had thrilling kicks of the baby that would send her assurance of the baby being well. She was assured to be normal on her antenatal visits. She was happy with the atmo

न आवास न आवाज ।

 एक आवासीय चिकित्सक जसको आवास र आवाज दुवै छैन । पढ्न सुरु गरेको दिन मलाई थाहा थिएन आवासीयको अर्थ । विस्तारै थाहा भयो आवासीय भनेको अस्पताल परिसरभित्र आवासमा बस्ने व्यवस्था भई बिरामीको उपचारमा मात्रै तल्लीन हुनेलाई भनिन्छ । आवासको खड्को जहिले महसुस भए पनि हालको विषम परिस्थितिमा उदाङ्ग भएको छ । मेरो १० बर्ष अगाडि सुरु भएको मेडिकल शिक्षाको यात्रा त अझै सकिएको छैन ।  प्रवेश गर्नु नै कतै भुल त थिएन भनेर महसुस नगर्ने सायद कमै होलान् । किन अतिरन्जित गरियो त यो पेशालाई ? त्यसको बिश्लेषणको जिम्मा नेपाली अभिभावकलाई नै छोड्छु । जतिसुकै आकर्षक बजेट नीति नियम ल्याउन खोजिएपनि कार्य सम्पादन गर्ने स्वास्थ्यकर्मीलाई भने कहिल्यै समेटिएन । उदारता कहिल्यै महसुस भएको छैन ।  छिमेकीको बारीको अनाज राम्रो देखिन्छ भनेर भन्न सक्लान् ।वास्तविकतामा यो पेशामा उचित सम्मान कत्ति हुन सकेको छैन । न सुबिधामा न सुरक्षामा । वर्तमानको कुरा हाल व्यापक आगो सल्केजस्तै सल्किरहेको कोभिडको सम्बन्धमा अर्को चुनौती थपिएको छ । आवासको चुनौती  । आवासको व्यवस्थालाई व्यवास्ता गरिदै आएको त पक्कै हो  । नभए बिसौँ वर्षसम्म पनि आवास नबन

Medicine in ten sentences

TB Abdomen   1. An extrapulmonary TB with concomitant pulmonary lesions in thirty pc of cases , transmitted via hematogenous route, unpasteurized bovine milk , swallowing infected sputum and from adjacent organs.  2. Intestinal TB : Most commonly affecting ileocecal area either ulcerative or hyperplastic variety manifesting as Abdominal pain, alternating bowel habits, bowel obstruction( hyperplastic variety ) , bloody diarrhoea with rarely massive GI bleeding, or a palpable mass( hyperplastic variety)  with or without  fever , malaise , weight loss as  additional features.  3. Peritoneal TB : Ascites ( low SAAG High Protein with higher ADA(>40units /L) unless coexisting liver cirrhosis  ) , Abdominal pain , bowel symptoms, fever.  Jaundice if biliary involvement or lymph node obstruction. Crohns doesn't present as ascites unless advanced.  4. Solid organs : hepatic TB,  Splenic TB. Isolated or disseminated.  5.  Lymph node TB : large caseating granulomatous,  Necrotic lymph node

हस्ताक्षर मनोवाद ।

Image
यस्तो हस्ताक्षर हो जसको मेरो जिवनमा महत्वपूर्ण भूमिका रहेको छ । हस्ताक्षर मनोवाद अस्पताल वार्डबाट लामो समय पश्चात मेरो हस्ताक्षर रहेको कागज हातमा लिएर एउटी   ५० बर्षीय  महिला  निस्किन्छिन् । उनका खाली खुट्टामा कारुणिक  दृश्य पर्छन् मेरा । "खै त चप्पल ? " भनेर प्रश्न गर्छु म । मेरो हस्ताक्षर अङ्कित कागज देखाउँछिन् ।  उनको निरिहता डिस्चार्ज गर्ने समयमा थाहा हुन्छ । उनले  डिस्चार्ज गर्ने काउन्टरमा पैसा तिर्न बक्यौता रहन्छ  । जसको निम्ति मेरो  हस्ताक्षर कमजोर हुन्छ  ।  गभर्नरको हस्ताक्षर कुदिरहेका नोटहरूले मात्रै पार लगाउन सक्ने हुन्छ । एक जना  बिध्यार्थिको उदार मनले मात्र ती नोटहरूको प्रबन्ध गर्न सकियो । मेरो  भित्री चक्षुले उनको भोकले बटारीएको पेटको दृश्य पनि देख्छु । आफ्नो हस्ताक्षर देखेर  मलाई आज हस्ताक्षरको नालिबेली नियाल्न  मन हुन्छ । उनका  पाइला धेरै कोश पर हिंड्न पर्नेछ । त्यो पेटले केही दिन विद्रोह नगर्नुपर्नेछ । केवल पानीले शान्त पार्नुपर्नेछ । त्यो हिँड्ने बाटो पनि चिल्ला बाटा भइदिए त हुने । तर विकासे बजेटको विकासी कामले बनेका बाटाहरुले  त्यो खाली  पाइतलालाई

पुस्तकालयको प्रेमिल जासुस । ।

प्रेमिल जासुस । । किताबका तत्वहरुमै धेरै समय डुब्ने म आज थाहै नपाई उत्रिन लागेको छु । आफैलाई देखेर अचम्म लाग्छ । समयको अस्तित्व फरक  महसुस भइरहेको छ । कम्पुटर सेक्सनबाट फोटोकपी गरेर निस्किँदा छुट्टै अस्तित्वको सन्चार हुन्छ । उनको अस्तित्वको महसुस । अज्ञात अनौठो आकर्षण हुन्छ । उनको मुस्कानले मलाई जिवन्त तुल्याउँँछ । उनलाई देखेको पहिलो क्षणमै सधैं सकारात्मक विचार मात्रै उत्पन्न हुन्छ । पुस्तकालयको किताब पढ्न के गार्हो  होला र ,जब म एउटा प्रत्यक्ष  नयाँ नखुलेको किताब पढ्ने आँट गर्दै छु । फर्किएर टाढा पुगेपछी पनि बारम्बार उनको अनुहार अगाडि आइरहन्छ । यस्तो पहिले कहिल्यै भएको थिएन ।  पहिले केवल किताब बाहेक अरु मस्तिष्कमा सयर गर्दैनथे ।  अहिले त उनको मुहार बाहेक अरुको प्रवेश निषेध छ मनको बगैंचामा । केवल उनको अस्तित्वमात्र महसुस हुन्छ । अनावश्यक रिस  उठ्ने मेरो बानी आफै शान्त हुन्छ । डाक्टरले दिने ति मन खुसी बनाउने औषधि पनि फेल खान्छन् होला जब म उनको सम्पुर्ण आभाको आभास गर्दछु । पुस्तकालय बस्दा किताबमा हुने मन बीच बीचमा उनको यादमा ब्रेक लिइरहन्छ । मनले  बारम्बार ब्रेक लिएको देखेर  दिमाग

कोभिड १९ ले देखाएको धरातल ।

Image
कोभिड १९ ले देखाएको हाम्रो धरातल । समयले जेष्ठ महिना २०७७ मा टेकेको छ । एउटा सुक्ष्म भाइरसले विस्वलाई जिस्काइरहेको छ । कतै तड्पाइरहेको छ  । कतै आजित बनाएको छ ।  कतै भने  छोड्ने क्रममा छ ।   कोभिड १९ नामक त्यो भाइरस विश्व भ्रमणमा निस्किँएर  नेपालमा पनि प्रवेश गरेको पनि ३ महिना बितिसकेको  छ ।  मान्छेहरुको आवतजावत कम देखिन्छ  बाटोमा । लकडाउन भन्ने गरेका छन् जतासुकै भाइरसबाट बच्नलाई । गाडी चलेका छैनन् । हवाइ  सेवा पनि बन्द छन् ।  हतास देखिन्छन् प्रशासनिक निकायहरु ।  त्रसित देखिन्छन् आम मानिसहरु । लड्दै छन् स्वास्थ्यकर्मी । चुनौतीपुर्ण अवस्था छ सम्पुर्ण विश्वलाई । स्वास्थ्यकर्मी पुरै तनावग्रस्त छन् । कतिलाई त भाइरसले  समातिसकेको पनि छ । कोहि अरुको लागि युद्ध गर्दै छन् । कोहि आफ्नै जीवन धान्नका लागि युद्ध गर्दै छन्  आइ सि युमा ।स्वास्थ्यको  विज्ञता  एकै दिनमा खोजेर पढेर सिकेर  ल्याउन सकिने कुरो भएन । जति स्वास्थ्यकर्मी  कार्यरत  छन् त्यो भन्दा रातारात बढी उत्पादन हुने कुरा पनि भएन  । सार्है अभाव खट्किएको छ स्वास्थ्यकर्मीको । हुन त विश्वभर नै अवस्था उस्तै छ । इटली स्पेनमा जस्तै अभाव छ । प

हतियार विना भाइरससँग युद्धमा ।

Image
हतियार विना भाइरससँग युद्धमा । केही समय अघि स्वासप्रस्वासबाट सर्ने भाइरसले प्रकोप लिँदै थियो छिमेकी मुलुक चिनमा । हामी मस्त मगन थियौं   पर्यटक आगमनमा । हामी मस्त थियौं सम्मेलन सभा गोष्ठी  र चलचित्र हलमा ।  हिँडिरहेका थियौँ न्यु रोड र ठमेलका बाटाहरुमा । रमाइरहेका थियौ पशुपतिनाथको सन्ध्या आरतिमा । भेला भैरहेका थियौं बजारहरुमा । भिडको माझमा । चिनको समाचार सुन्दै बसिरहेका थियौँ । भाइरस सँग लड्न चिनले १० दिन भित्रै  १००० बेडको अस्पताल बनायो भनेर । हामी चिनको तारिफ गर्दै आफ्नो देशमा हुँदो हो त मेलम्ची जस्तै हुन्थ्यो भनेर हास्यौँ । लज्जास्पद कुरा पनि पचाउने बानी छ नि त हाम्रो ! हाम्रा देशमा त पशुपतिनाथले रक्षा गर्छन् भनेर आत्मबल बढाउने कार्य मात्र भयो । यो श्वास प्रस्वास बाट सर्ने रोग हो। आत्मबल कम भएर लाग्ने मानसिक रोग हैन । महामारी फैलिएर चिनको बोर्डर नाघे पछि मात्र चासो बढ्न थाल्यो । नाम पनि " कोभिड १९ " भनेर बल्ल हेक्का भयो । यहाँ "हामी " भनेर निर्णय गर्ने तहका ब्यक्तिलाई भन्न अधिक बेस हुन्छ होला । म र मेरा साथीहरु त सामान्य डाक्टर त हौं । बिरामी हेर्न खटिएका निर्ण

रोगको भुकम्प, पैसाको पराकम्पन ।

रोगको भुकम्प, पैसाको पराकम्पन ।   जीवनमा घटनाक्रमलाई  पर्दामा एक पछि अर्को गरी ओल्टाइपल्टाइ हेर्दै गर्दा सम्पूर्ण अहम्  मेटिएर जान्छ ।  दु:ख आफैलाई   नपर्दासम्म महसुश गर्ने निष्फल प्रयास मात्रै  हुने रहेछ  । कुनै दिन आँफैलाई पर्दा भने भीरबाट खसे जस्तै हुन्छ । स्वस्थ रहँदासम्म जीवनमा आकांक्षा धेरै हुन्छन् ।  दुनियाँ कुरा जीवनको प्राथमिकतामा परेका हुन्छन् ।  धन सम्पत्ति एेश आदिको आर्जनमा जीवन पुरै  ब्यतित हुन्छ ।  आफ्नो शरीरका अङ्गहरु कत्तिको कष्टमा छन्  भनेर हेर्ने फुर्सद निकालिँदैन।   फुर्सद त केवल अस्वस्थ हुँदा हुन्छ ।  नमीठो फुर्सद हुन्छ ।  रोगको प्रकृतिअनुसार  मनग्गै फुर्सद पाइन्छ अस्पताल सैयामा ।  बाध्यताले  सिर्जना गरेको फुर्सद हो त्यो ।  तर आफ्नो फुर्सद हुँदा  बाँकी जगतको फुर्सद हुँदैन ।  एक जना अस्वस्थ हुनाले परिवार र इष्ट्मित्रलाई समेत फुर्सद निकाल्न पर्ने हुन्छ ।  स्वास्थ्यलाई ध्यान दिने  फुर्सद नहुँदा अस्वस्थ भएर फुर्सद पाउँदा पछुतो हुन्छ ।  शायद यिनै बिचारका तरङहरु  केही महिनापूर्व अपर्झट एक हर मुडोजस्तो हुन पुगेकी हर्कबाहादुरको मनबाट मन्थन  भएका विचार होलान्  । त्यसैले त