Posts

Showing posts from 2023

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

Image
भारत यात्राको एक झल्को मात्रै  , सिक्नु छ धेरै ।। सधैं चिकित्सकमात्रै भएर कति बस्नु भनेर एकाएक घुम्ने योजनामा सामेल हुन पुग्छौं हामी । केही समय बिरामी भन्दा पर, अस्पताल भन्दा पर , आफ्नो वासस्थानभन्दा कतै पर । कसैले आफुलाई  नचिन्ने स्थानमा भ्रमण गर्नु आफ्नो मनको नजिक हुनु हो । सबैबाट पर तर आफैं भित्र नजिक । यो नितान्त एउटा यात्राको वर्णन हो सम्झनाको लागि । धैर्यता र समयको अभावमा यस कथामा प्रवेश नगर्नुहोला । Bored भएमा कुनै क्षतिपूर्तिको व्यवस्था भने छैन । घुम्ने ठाउँको एकीन नहुनाले राम्रोसँग तयारी गर्ने कुरा पनि भएन । विदा पनि मिलाउन पर्यो । कता जाने भन्दाभन्दै भारतको जयपुर , दिल्ली र आग्रा जाने कुरामा निचोड बन्यो । विदेशको नामामा भारतको सुनौलीमात्रै पुगेको मलाई त उत्साह हुने नै भयो । हाम्रो टिममा सबैलाई यी स्थानहरु नयाँ नै हुनाले घुम्न जान सजिलो भयो । तीन जोडी गरेर हामी ६ जना जाने पक्का नै भयो । त्यसमा हिरामणीलाई जाने इच्छा हुँदाहुँदै पनि अझै विवाहित बन्धनमा नबाधिसकेकोले एक्लो हुने हो कि भनेर  दुबिधामा थिए । तर अघिल्लो दिन नै निर्णय गरेर हामीसँग जाने कुरामा मन फिरेछ । त्यही सुखद सम

पहुँच के हो - दुरी वा चेतना ?

Image
पहुँच के हो - दुरी वा चेतना ? के दुरी नै हो त पहुँच नहुनुको समस्या ? एउटै घरभित्र बस्ने व्यक्तिहरुमा दुरी कम त हुन्छ , तर आत्मीयताले कोशौँ टाढा हुन सक्छ । व्यक्तिको घर दैलो आँगनमा स्वास्थ्य संस्था हुन त सक्छ तर उसैलाई ठूलो समस्याग्रस्त रोग लाग्न सक्छ । दुर्गमता भौगोलिक मात्रै हुँदैन । व्यक्तिको चेतनाले पनि सेवालाई दुर्गम बनाउने गर्छ । जहाँ चेतनाको कमी हुन्छ त्यहाँ सेवाप्रवाहले मात्रै कार्य पुर्ण हुँदैन । सेवा लिन पनि चेतनाको आवस्यकता हुन्छ । झट्ट हेर्दा १०-१२ वर्षकी , ज्यान मोटाएको , गोलो अनुहार, फुक्क फुलेको पेट भएकी छोरीलाई उसकी आमाले पिठ्युँमा बोकेर ओ पि डि प्रवेश गर्छिन् । टुलमा राख्छिन् । बच्चाको ओ पि डि मा जानुपर्नेलाई झुक्केर फेरि यता ल्याएछन् भनेर टिकेटमा नाम र उमेर हेर्छु । तीन पटक त्यो नानीलाई र कार्डमा लेखेको विवरण तुलना गर्न खोज्छु । पत्याउन गार्हो हुन्छ । किन्चित पत्यार नै लाग्दैन , ती आमाले आफ्नी २४ वर्षकी छोरीलाई अस्पताल ल्याएकी हुन्  भनेर । उनको बालपन कहिले आयो  र कहिले सकियो !! उनको किशोरावस्था कहिले फक्रियो र कहिले जवान भइन् !!  उनका साथीहरु वयस्क छन् कि बालक छन्