Posts

Showing posts from 2022

डेङुमा सेतो रगतको त्रास ! कत्तिको जायज छ त ?

सेतो रगतको त्रास ! कत्तिको जायज छ त ? एक जना अन्दाजी ७० वर्षका बुवा हस्याङ्फस्याङ गर्दै दौडिँदै देख्छु । उनको दौड ब्लड बैंकतिर रहेछ । कुरा बुझ्दा  उनका नातिलाई डेङु भएको रहेछ । डेङुले सेतो रगत घटाएकोले तुरुन्त सेतो रगत( platelet) उपलब्ध गर्नुपर्ने भनेर अस्पतालबाट भनिएको रहेछ । सेतो रगत कम भए रगत बगेर ज्यान जान सक्छ भनेर बुवा धेरै नै आत्तिनुभएको रहेछ । उनको नातिको सेतो रगतको मात्रा ३५००० / क्यु. मि.मि.  रहेछ । ती बुवामा जुन किसिमको आत्तुरी थियो, त्यो आत्तुरी पैदा हुनु नै राम्रो कुरा हैन । बुझाइको कमी हो वा ज्ञानको कमी हो, त्यसरी व्यक्ति हतास मात्रै हुन्छ । अनावस्यक सेतो रगतको खपतले वास्तवमा चाहिने व्यक्तिलाई चाहिएको वखतमा मद्दत गर्न नसकिने हुनसक्छ । यसबारेमा तथ्य के हो त भनेर दुई चार शब्द नलेखी म बस्न सकिन ।  अहिले बुटवल क्षेत्रमा एउटा त्रास व्याप्त देखिन्छ । सेतो रगतको त्रास । अर्थात् Platelet भन्ने रगतमा पाइने तत्व घट्ने त्रास । किनभने डेङुको प्रकोपले यो क्षेत्र आक्रान्त पारेको छ । ज्वरो आउने, टाउको दुख्ने, आखाका गेडि दुख्ने , जिउ दुख्ने लक्षण  देखिएको खण्डमा डेङुको सहज अनुमान लगाउन

कालो चस्मा र उनी ।

Image
कालो चस्मा पछाडी लुकेका नयन ।  स्वभावले नै नयन चलायमान हुन्छन् ।  निकै लोभी हुन्छन् । आकर्षक हुन्छन् । कसैका  नयन चिम्सा हुन्छन् । कता खोपिल्टामा हराएका जस्ता । भनिन्छ आँखा भित्री शरीरको ढोका हो । आँखाभित्रको पर्दाको परिवर्तनले शरिरको रोग थाहा हुन्छ  । जस्तै रक्तचाप । मधुमेह । त्यो त चिकित्सकिय कुरा भए । नयनमा मान्छेको भाव झल्किन्छ । निराशा । खुसी । आशा । कौतुहलता आदि ।  प्रसङ्ग एउटा बिहेको दिन । कहिल्यै कालो चस्मा नलगाउने भएपनि त्यो दिन कालो चस्मा लगाएको थिएँ । कालो चस्माले नयनहरुलाई शितलता प्रदान गर्ने रहेछ । त्यसबाट हेर्दा नयनहरु जता नाचे पनि कसैले थाहा नपाउने हुनाले बडो फाइदाजनक लाग्यो । बिहेको दिनमा पनि कालो चस्मा लगाउनुको प्रयोजन त्यही नै थियो । सबैको ध्यानको केन्द्रविन्दु हुँदा अप्ठेरो लाग्ने हुनाले सहज हुन मद्दत गर्छ । आँखामा देखिने भाव पनि सजिलै लुकाउन सकिन्छ ।  एउटा कुनामा बसेर पार्टी प्यालेसको पुर्ण अवलोकन गर्दा विभिन्न दृश्य देख्न पाइन्छ । बेहुला वेहुलीको बन्धन गर्ने कर्मकाण्ड एकतर्फ चलिरहेको हुन्छ । पण्डित पनि हतार हतार गर्दै मन्त्र उच्चारण गरिरहेका हुन्छन् । हलमा कसैले आइ

कल्पनामा बिरामी जाँच्नुपर्दा ।

कल्पनामा  बिरामी जाँच्नुपर्दा ।  कार्यस्थलको सहजताले कार्यसम्पादन दुरुस्त हुन्छ भन्ने कुरा पक्कै हो । त्यसैले त कार्यस्थलमा भौतिक पुर्वाधारको निकै महत्व हुन्छ । कार्यालयको घडीले १० बजाउँदै छ । आनन्दसँग बिरामी हेर्न पाउँदा निकै खुसी पनि लाग्ने गर्छ । बाटोमा धुलो र धुवाँमा  चरम छाला चरचराउने गर्मीमा हिँडेर ओ पि डि कक्षमा छिर्दा चिसो वातावरणले गर्दा ताजा महसुस हुन्छ । दिमाग चल्न पनि बस्ने र काम गर्ने वातावरण सहज हुनुपर्ने हुन्छ । हुप्प गर्मीबाट ओ पि डि कक्षमा आउँदा चिसो महसुस हुँदा बिरामी पनि आधा सन्चो भएको महसुस गर्छन् । धेरै बेर बसौं जस्तो लाग्ने रहेछ सायद। बसेको टुलबाट उठ्नै ढिलो गर्छन् । किस्तावन्दीमा समस्या सुनाउने गर्छन् ।  टिकेट पनि एक जना चिकित्सकलाई ५० भन्दा बढी नकाटेको खबर आउँछ काउन्टरबाट । आरामले नहतारिकन बिरामी हेर्न पाइयो भनेर मजा आउँछ । कति टाढाबाट आएका बिरामीलाई नाडी छामेर फटाफट हेरेर औषधिमात्रै लेखेर पठाउन नपरेको दिन  कतै अन्याय गरेको महसुस हुँदैन ।  ओ पि डि भित्रको सरसफाइ देख्दा मन पनि हरर हुन्छ । टेबुल पनि एकदम स्थिर । हात अड्याउँदा, लेख्दा पनि नहल्लिने । सफा हरियो रङको

चम्चाले पस्किएको तरकारी ।

Image
चम्चाले पस्किएको तरकारी । बिहानैदेखि दिनभर लेखेको लेख्यै छु । पसिनाले शरीर  निथ्रुक्क भिजाउँछ । सर्टले कुनै अज्ञात  देशको नक्सा देखाउने गरी शरीरमा टाँस्सिएर आकार बनाउँछ । सायद प्रशासनिक उदासीपन र अनुदारताको नक्सा होला ।  त्यो पंखाको हावा त कता कता । एकै पटक धेरै जना बिरामीको भिड । कसैलाई रिपोर्ट देखाउने चटारो । कसैलाई औषधि लेखाउने चटारो ।  मलाई भने पानी पिउन र पसिना पुछ््न मै चटारो । पिसाबबाट जाने पानी सबै पसिनाबाट । हल्का झिँजो पनि लागिरहेको हुन्छ । गर्मी , भिड , लेखनदासको कार्यले । कतै रुखो बोलिएछ भने यहि लेखमार्फत क्षमाको आशा । आजसम्म त कसैले  बुझेनन् ," बालेन"ले जितेछन् भने उनका योजनामा अरु कार्यालयबाहेक ए सी सहितको ओ पि डि कक्ष पनि चाहिन्छ है भनेर चिठी लेख्ने मन हुन्छ ! सधैं घरमा खाना खाँदा कहिलेकाहीँ बजारतिरका भान्साघरहरुमा खाना खाने चलनको तीव्रता नेपालमा देखिएको छ । दिनभर पट्यारलाग्दो पसिनाले रुझाएको कार्यबाट उम्किएर साँझपख एउटा रेस्टुरेन्ट जाने योजना बन्छ । टिममा धेरैजनालाई भात प्रिय लाग्ने हुनाले खाना खाने हेतुले भान्साघरतिर लाग्छौँ । त्यहाँ पुगेपछि सुरु हुन्छ भु

साँच्ची ! त्यो बिहानी कति बेला होला ?

त्यो बिहानी कती बेला आउला ? देश पुरै चुनावमय भएको छ । समाचारमा चुनावी सरगर्मीले तताएर हेडलाइन्स जति चुनाव केन्द्रित  छन्। भोट के होला कसरी तान्ने होला भन्दै झन्डाहरु खिचातानी गरिरहेका छन् । मौन अवधी सुरु भइसकेको छ । मौन रहँदा जसरी विचारहरुका ज्वारभाटा आउँछन् त्यसरी नै चुनाव जित्ने मौन तिक् डमहरुको बाढी पनि आउँदा हुन् ।  उम्मेदवारले नै जानुन् । मलाई त केवल बिहान कहिले हुन्छ भन्ने चिन्ता छ । त्यसैको पिरलो छ । रात नै कति लामो भएको महसुस हुन्छ । ( तत्व ज्ञान : समय वास्तवमै सापेक्ष कुरा रहेछ । ) एक २० वर्षिय महिला बच्चा जन्मेको ४ दिनमा स्या स्यात गर्दै एमर्जेन्सिमा आएकी छन् । उनको स्वासदर नै ५० नाघेको छ । निकै अप्ठेरो महसुस भएको देखिन्छ । स्वा ..स्वा ..स्वा...स्वा.. एक पटक ५० पटक श्वास फेरेर विचार गर्नुहोस् त !! कति गार्हो हुन्छ । कोभिडलाई जितेकाहरुले त कटु अनुभव नबिर्सेका होलान् । तर बिरामी नभएको व्यक्तिलाई मैले भनेका कुरा शब्दका अतिरन्जना मात्रै लाग्न सक्छ ।  छातीको एक्स रेमा हेर्दा उनको मुटु सुन्नेको छ ।  यो डेलिभरी पश्चात् देखिने मुटुको समस्या हो जसमा मुटुले पम्प गर्न सक्दैन । फोक्स

भ्युटावरबाट नदेखिने अँध्यारो ।

Image
हुन त गर्भअवस्था र सुत्केरी हेर्न नपर्ने भएको ४ वर्ष बितिसकेछ । तर जिल्ला अस्पतालहरुमा काम गर्दाको अनुभवहरु भने समाचार आदिमा कुरा सुन्दा  बेला बेला सम्झना हुने गर्छ । राष्ट्रले जति फड्को मारेको गफ दिए पनि कुनाकुनामा चेतनाको दियो अझै बल्न सकेको छैन । चेतनामा फड्को नमारेसम्म सबै कार्यक्रमहरु विफल हुने गर्छन् ।  डोल्पाको दुनै बजार डोल्पाको सदरमुकाम हो । त्यहाँ एउटा जिल्ला अस्पताल रहेको छ । ढुङा र सिमेन्टले बनेको अस्पताल । वरपरका गाउँहरु जाने बाटो कच्ची नै छन् । कति गाउँसम्म एम्बुलेन्स आदि केहि पनि जाँदैनन् । विजुली बत्ती छ । तर कयौ पटक टर्च बालेर उपचार गर्नुपर्छ । किनभने बत्ती गएपछी फेरि आउन धेरै दिन लाग्छ । अस्पतालको जेनेरेटर बिग्रेको मर्मत गर्न प्रशासनिक झन्झटले रोकिरहन्छ ।  जनसंख्या नै पातलो हुनाले विरामी कम आउँछन । तर जटिल आउने गर्छन् । सानातिना समस्या त मान्छेले यत्तिकै पचाउने बानी परेको जो छ त्यहाँ !  त्यहाँको विषेशता के छ भन्दा बिरामी आउँदा शरीरको रोग मात्रै लिएर आउँदैनन्। साथमा सामाजिक अन्धविश्वासको रोग पनि लिएर आउने गर्छन् ।  यस्तै दुख सुखका विचमा सेवा दिने क्रममा केहो समय पहिले

सडक बीचमा उभिएका गोरुहरु ।

Image
 निर्धक्क जीवन सबैको चाहना हो । न कसैको डर न कसैको छत्रछायामा । न कसैले केही गर्ला भन्ने चिन्ता । यस्तो निश्फिक्री जीवन जिउने रहर सबैलाई हुन्छ होला । तर यथार्थ त्यति सजिलो हुँदैन । धन भए धन व्यवस्थापनको चिन्ता । धन नभए धन कमाउने चिन्ता । निर्धक्क त मनुष्य कहिल्यै हुन नसक्ने रहेछ । सबैभन्दा ठूलो लगानी भनेको खुसी हो । हरेक कार्यमा खुसी लगानी गर्न सके जीवन सदाबहार मधुवन हुन्छ ।  संसारमा भुल्न सबैको आफ्नो आफ्नो पेशा हुन्छ । अस्पतालको काम सकेर घर फर्किँदा र काममा बिहान अस्पताल जाँदा बाटोमा अनेक दृश्य देख्न सकिन्छ । गगनचुम्वी आकर्षक होटेलका अगाडिका  बाटोमा कुदेका सिलिक्क परेका चहकिला गाडीहरुदेखि सडक छेउमा आगो बालेर मकै पोलिरहेका दृश्यसम्म देख्न सकिन्छ । बाटोमा हिँडिरहेका कुकुरहरुको रासलीलादेखि चराहरुको आहार जुटाइरहँदाको सजगता सबै देख्न सकिन्छ ।  समय एउटै हो । तर घटित घटना परिघटना त्यो समयका जीवन्त  पात्रहरुको अनुभवमा फरक । त्यो सडकामा यात्रा गरेका र सडक छेउमा स्थिर सबै व्यक्तिहरु आफ्नो मन भित्र एउटा अनुभूति गरिरहेका हुन्छन् सायद । कसैले  गाडी कति बेला आउँछ भनेर कुरिरहेका हुन्छन् । कसैलाई ट्र

रोगको बानी परेछ ।

Image
आकस्मिक घटना बाहेक स- साना स्वास्थ्यका समस्याहरुका निदान तथा उपचारका लागि स्वास्थ्य केन्द्रमा पाइला विरलै टेकिन्छन् ।  स्वास्थ्यका आकस्मिक समस्याहरुमा अस्पताल अवस्य खोजिन्छ । तर सामन्य समस्याहरुलाई अस्पताल खोज्न व्यस्तता, अर्थ अभाव , व्यक्तिगत अरुचि  आदिलाई दोष दिइन्छ ।  दीर्घकालीन सुषुप्त रोगहरु छिप्पिँदै जान्छन् । किनभने ती रोगहरुको कि लक्षण नै हुँदैनन् र लक्षण देखिएमा धेरैलाई सहन गर्न ठूलो कुरा नहुने रहेछ । स्वास्थ्य संस्थाको पहुँच सहज भएपनि स्वास्थ्य सेवाको पहुँच भने सहज नहुन सक्छ ।   आर्थिक विपन्नताले गर्दा सानातिना समस्याहरु सजिलै पचाउने बानी नै बनेको हुन्छ ।  त्यस्ता छिप्पिएका रोगहरु हेर्ने बानी परिसकेको छ । एउटा प्रश्न भने सधैं उब्जन्छ " यति छिप्पिएको रोग किन समाजमा व्याप्त छ त ? "  कुनै कुनै दिन ओ पि डि पट्यार लाग्दो नै हुन्छ ।  बिरामीको भिडभाड सदैव । त्यसमाथि मन चङ्गा नहुने ओ पि डिको व्यवस्थापन । ओ पि डिका सामानहरु व्यवस्थित देखिन्नन्। हल्लिने टेबुल स्थिर गर्न टेबुलका खुट्टामा कागजका टुक्रा राख्न पर्छ । गर्मीले सताउँदा पसिना सुकाउन ओ पि डि टिकेटको सहायता लिन पर्छ ।

स्वास्थ्य समस्या र भ्रमहरु ।

स्वास्थ्य समस्या र भ्रमहरु ।  स्वास्थ्य चेतना समाजको दर्पण हो,  राज्यको सफलताको सुचक हो । स्वास्थ्य सम्बन्धी सहि विचार र चेतनाले स्वास्थ्य समस्याको निराकरण गर्न उल्लेखनीय भुमिका निर्वाह गर्छ । भ्रमको खेतीले रोग छिप्पिने, ढिला उपचार हुने र आर्थिक भार बढ्ने हुनाले केही स्वास्थ्यका समस्या र सो सम्बन्धी हाम्रो समाजमा व्याप्त भ्रमहरुलाई चिर्ने प्रयास गर्नु आवस्यकता हो । के मोटोपन रोग हो त ? मोटोपन एक्काइसौं शताब्दिको एउटा महामारीजस्तै हो । " कस्तो खाइलाग्दो बच्चा रहेछ । "हाकिमजस्तै देखिएछ " " पेट नलागे कहाँ पत्याउँछन् त !" यस्ता वाक्यहरुले मोटोपनालाई प्रतिष्ठित बनाउने गरेको पाइन्छ । मोटोपन कुनै प्रतिष्ठाको विषय हैन । भुडीको आकार कुनै व्यक्तित्वको चिनारी हुन सक्दैन । यो  एउटा समस्या हो । अझै स्पष्ट भन्नुपर्दा   समस्याको जालो निम्त्याउने एउटा प्रमुख कारक तत्व हो । मोटोघाटो बच्चा देखेपछि हुरुक्कै हुने र ठिक्कको ज्यानमा निराश हुने अभिवावकको सोचाइले खानपिनको अनुशासन बिग्रेको छ । रोग लाग्नुभन्दा पहिले नै रोकथाम गर्ने कार्यलाई Primary Prevention भनिन्छ भने रोग लाग्न सक्

अनौठो आकर्षण

उसलाई देख्न त १ वर्ष अगाडि नै देखेको हो । फेसबुक पेजमा । त्यति बेला नै अनौठो आकर्षण भएको थियो । सितिमिति कसैको प्रोफाइल नहेर्ने मैले उसको प्रोफाइल हेर्न भने १ घण्टा खर्च गरेकी थिएँ । तर कहिल्यै प्रत्यक्ष नभेटेको हुनाले रिकुएस्ट पठाउन भने सकिन । त्यसपछी त्यो आकर्षण एकाएक सेलायो र मानसपटलबाट पनि हरायो । जीवनका मोड परिवर्तन भए । पढ्न थाले म ।  लगभग एक वर्ष पछि फेरि सामाजिक सन्जालमा आँखा डुलाउने क्रममा उसैलाई देखेँ ।फेरि किन हो उसको प्रोफाइल हेर्न मन भयो । एउटा अनौठो आकर्षण भयो । म आफैलाई विस्वास भएको थिएन  । मलाई त्यति सजिलो गरि आकर्षण कसैप्रती हुदैनथ्यो । र गर्व पनि लाग्थ्यो मायाजालमा नफसेकोमा । देवदासको स्त्री रुप नभएकोमा बडो घमण्ड थियो । तर यो मनुवा कहाँबाट फेसबुकमा देखा पर्यो । र मेरो चयन चोरेर मानसपटलमा राज गरिरहेको छ ।  यो सब नैसर्गिक आकर्षण मात्रै हो । वास्ता नगरेमा हराउँदै जान्छ भनेर सोचेकी थिएँ । जसलाई Infatuation भनिन्छ । प्रेम भन्ने कुरो देख्दैमा पर्ने कुरा हैन । त्यो फोटो देखेर बसेको आकर्षण ठीक हुन सक्दैन । त्यसैले वास्ता गर्दिन भनेर अठोट गर्छु ।  अठोट बरफजस्तै रहेछ मेरो । उसक

विवाह संस्मरण- काउकुतीदेखि विवाहसम्म ।

Image