Posts

Showing posts from December, 2021

मणिग्राम चोकमा दुई संसार ।

 छिटो र ढिला उठ्नु पनि सापेक्ष कुरा हो । हस्पिटल जान नपरेको दिन ९ बजे पनि छिटो हुन्छ । ल्होसारको विदाको दिन मस्त सुत्ने मौका मिल्यो । त्यो दिन घाम पनि राम्रो लाग्यो । मन पनि रमाइलो, दिन पनि घमाइलो । तर आजको दिन  घमाइलो हुने संकेत देख्दिन ।  बिहान ढिला उठ्छु । घडीले ८ बजाउनै आँटेको रहेछ । पर्दा उघारेर हेर्दा बाहिर त हुस्सु नै हुस्सु हुन्छ। फेरि सुतिरहन मन लाग्छ । तर मलाई सुत्ने सुविधा थिएन । त्यो बेला घरको कोठाभित्रै बसेर काम गरेर जागिर खान मिल्ने साथीहरूको खुब ईर्ष्या लाग्छ । जसोतसो उठेर नित्यकर्म गर्छु ।  खान पकाउन पनि ढिला भएको थियो । मनमा भने दुविधा भयो - सार्वजनिक बस चढ्ने कि बाइकमा अस्पताल जाने । त्यो हुस्सु देखेर त बसमै जान मन लाग्यो । तर खाना खाएर निस्किदा घडिले ९ बजाइसकेकोले बसमा जान ठिक लागेन । १० बजे त ठ्याक्क पुग्नुपर्यो । समयलाई सम्मान गर्न सकिएन भने समयले आफ्नो सम्मान गर्दैन भन्ने कुरामा मेरो विस्वास छ । त्यसैले बाइक स्टार्ट गरेँ । हातमा पन्जा लगाएँ । ज्याकेट लगाएँ । टोपी लगाएँ । हेल्मेटको सिसामा रहेको शीत पुछेँ । मनमा लाग्दै थियो म कुनै युद्धका लागि तयार हुँदै थिएँ । हुन

धामीले अस्पताल नजानुभन्दा ।

धामिले अस्पताल नजानु भन्दा ।  एउटै समयमा फरक फरक चेतना , फरक फरक आर्थिक अवस्था, फरक पहुच फरक बुझाइका कथाहरु देख्ने मौका सायद सबै चिकित्सकलाई हुन्छ होला । कतै एक पटक हाछ्यु आउँदा डाक्टर खोज्दै दौडिने व्यक्तिहरु छन् भने सोही समयकालमा महिनौंसम्म बिरामी हुँदा पनि अस्पतालको छाया पनि पर्न नहुने मानसिकताका व्यक्ती पनि छन् ।  बेलाबखतमा दुर्गम जिल्लाबाट सल्लाह गर्न फोन आउने गर्छ मलाई । अन्दाजी पाँच वर्षको बालक निकै सिकिस्त अवस्थामा अस्पतालको एमर्जेन्सी विभागमा आइपुग्छ । उसका बाबुले बिरामी भएको १ महिनामा अस्पताल ल्याउने कष्ट गरेकोमा आस्चर्य मान्ने कि टिठ मान्ने भन्ने दुविधा थियो ।  आश्चर्य मान्ने हो भने अचेल स्वास्थ्य संस्था नभएको कुनै जिल्ला नगरपालिका, गाउँपालिका छैन होला । स्वास्थ्यका चेतनामूलक चेतावनी र जानकारी नपुगेको कुनै क्षेत्र छैन होला । तर पनि अन्धविश्वासलाई चिर्ने गरी मन्जुश्रीको खड्ग जस्तो कुनै उपाय सुझेनछ अहिलेसम्म । वास्तवमा भन्नुपर्दा चेतनाको विकास शताब्दी पछाडी पर्नुलाई टिठलाग्दो अवस्था नै मान्नुपर्छ ।  एक महिना पुगेछ बच्चालाई ज्वरो आएको । तर हरेक दिन धामीको शरणमा जाँदै गर्दा आयुक