Posts

Showing posts from May, 2021

काउकुती ।

भैरहवाबाट फर्किँदै थिएँ । घरमा एउटा सानो काम थियो । कोभिडले कन्तविजोग पारेको बेलामा त्यो यात्रा गर्नु पटक्कै मन थिएन । तर जीवन स्थिर त रहँदैन । विभिन्न आयामहरुलाई सन्तुलनमा राख्न सक्नु नै जीवन जिउने कला हो । सामाजिक सन्तुलन ,  भावानात्मक सन्तुलन र कार्य सन्तुलन सबै मिलाउनु कुशलता हो । त्यसमा सकेसम्म चुक्न नचाहने मलाई कोभिडले चुक्ने मौका दिन खोजेको थियो ।  पानी सिम सिम परिरहेको थियो । म एयरपोर्टको टर्मिनलमा थिएँ । फ्लाइट ढिला हुने निस्चित थियो ।  एक घण्टा अगाडि नै पुगेकोले मलाई समय कटाउन निकै मुस्किल हुँदै थियो । फोनमा चार्ज खपत कम  गर्नुपर्ने  हुनाले गेम्स आदि खेल्न पनि सकिन । एकाएक म बसेको सिट अगाडि एउटी सुन्दर नानी बसिन् । मिलेको जिउडालमा लाम्चो लाम्चो अनुहार भएकी ती नानीको अनुहार कता चिनेजस्तो लाग्यो । कतै पहिले भेटेको जस्तो लाग्यो । कुनै सूक्ष्म  आत्मीयता भएको अनुभव भयो । मलाई उनले आकर्षण गरिन् कि उनको उपस्थितिले भन्ने कुरामा दुबिधा थियो । जे होस्  उनको उपस्थितिले मनमा संगीत भर्दछ । गित भर्न बाँकी रहेको मीठो  संगीत । वरिपरि अरु पनि राम्रा युवतीहरु थिए । उनले नै किन आकर्षित गरिन् त

अ....क्सि ......ज....न......

अ....क्सि......ज..........न ....... कोभिडको आँधी यस्तो वेगले फैलिएको छ कि त्यो वेग थेग्ने सामर्थ्य कुनै मनुष्यको छ जस्तो लाग्दैन । हरेक व्यक्तिको परिवारमा कोहि न कोहीलाई त्यो आँधिले रुमलेको होला । फोनले विश्राम पाएको रेकर्ड छैन । " अक्सिजन कम भयो । बेड छ ?""  आइ  सि यु को व्यवस्था गर्न सकिन्छ ? "  यस्ता अनगिन्ती कलहरुले फोन व्यस्त हुने गर्छ । नचिनेको नम्बर त उठाउन पनि डर लागेर आउँछ ।  कोभिड भाइरसले शरिरमा यस्तो उत्पात गर्छ कि शरीर पुरै अक्सिजनको भोको हुन्छ । अनेकौं दृश्यमध्य एक दृश्यले मानसपटल केही दिन सम्म रिगाइरहन्छ मलाई । एक २५ वर्षको पुरुष कोभिडसँग जुधिरहेका  छन् । उनले श्वास तान्न नसकेको पीडा कस्तो हुँदो होला जब अगाडि देख्ने डाक्टर नर्सलाई त्यो दृश्य  देखेर पीडा हुन्छ । यस्तो देखिन्छ कि केही कुराले श्वास पुरै खिचेर बाहिर  लैजाँदै छ।  स्वासको लागि छट्पटिरहेको दृश्य । केही कुरा भन्ने प्रयास गरिरहेका हुन्छन् उनी। तर शब्द पनि पूरा गर्न नसक्ने हुन्छन् । गा ……………र्हो .......भ.............यो ............. बा...........बा ............... सायद यमदुतहरु प्राणवायु खिच्ने