Posts

Showing posts from October, 2019
Make your destiny. Or else someone will hire you to make theirs.

देवघाट ,पेरिस, प्रिय साथी र म ।

Image
देवघाट ,पेरिस, प्रिय साथी  र म ।   आकाश त शून्य हुन्छ भनिन्छ ।  कुनै सिमा पनि हुँदैन  आकाशको ।  वायुमण्डलका पत्रहरु भने हुन्छ भन्छन्  वैज्ञानिक ।  पराबैजनी किरणबाट सुरक्षा दिने  पनि पत्र हुन्छ ।  ओजोनको पत्र ।  औधोगिक  क्रान्तिसँग नष्ट  हुँदै गएको त्यो अभागी पत्र हो  । धर्ती त्यसको पीडित पात्र ।  र मनुष्यजाति त्यसको एक मात्र दोषी पात्र।   दसैंको टिकाको दिन देवघाटको लागि प्रस्थान गरेको थिएँ ।  चितवन पुग्न ५ घण्टा लाग्यो ।  यस्तो लाग्यो बसमा केवल ब्रेक मात्रै छ ।  यसलेरेटर छैन ।  हाम्रो देशको विकासको गाडीजस्तो ।  पूरै निरस यात्रा ।  त्यहाँ पुग्दा बेस्मरी पानी परिरहेको थियो ।  मुसल्धारे पानी ।  पानीले सबैलाई पिटिरहेको थियो ।  भर्खर पिच गरिएको बाटोलाई ।  त्यही बाटोमा हिँडिरहेका  कार ,अटो रिक्सा आदिलाई ।  मसँग त्यो शक्ति  सहने  क्षमता थिएन ।  त्यसैले म ओत् लागेँ एउटा औषधी पसलको छनोमुनि ।  त्यसैगरी धेरै जना निरिह थिएँ ।  म मात्र एक्लै नभएकोमा खुशी पनि लाग्यो ।  मनुष्य  स्वभाव ।  दु:खमा पर्दा अरु पनि दुखी देख्दा आफ्नो मनले आड पाउने ।  नभए त सुखमा कहाँ अरुलाई खोजिन्छ र !