Posts

Showing posts from August, 2021

सोफामा एक महिना ।

..................... स्वास्थ्य मन्त्रालयको प्रशासन शाखा बाहिर सेवाग्राहीको लागि भनेर एउटा सोफा राखिएको छ । पहिले पहिले काठको कुर्सी हुन्थ्यो । अचेल भुइँ भित्ता र फर्निचर सबै उन्नत भएछन् । समग्र देशको स्वास्थ्य मात्रै होला उन्नति नभएको ! एउटा उपन्यास हातमा लिएर बसेको छु कुर्ने समय बिताउनलाई । दुई चार पाना पढ्छु ।  फेरि भित्र हेर्छु । कतै मेरै काम पो गर्न  लागेका छन्  कि भन्ने आशमा !  तुकविना कुर्नु निकै पीडादायक हुन्छ । त्यो छट्पटी  काम गर्न नपाउँदा खट्पटी हुने व्यक्तिले राम्ररी बुझ्न सक्छ ।  सधैंजस्तो कर्मचारी आउनेजाने क्रम चलिरहन्छ। कसैका हातमा फाइल छन् । कसैका हात रित्तो छ । चिनेको कोहि छैन ।  सबैका घाँटीमा परिचयपत्र झुन्डिएको छ । त्यसले नाम, वतन र पोस्टको परिचय आधिकारिक दिन्छ । तर  व्यवहारको परिचय भने दिँदैन त्यसले ।  त्यस्तैमा एक जना चिनेजस्तो लाग्ने भर्खर जुँगाको रेखी बसेको दुब्लो जिउडालको युवक मेरो नजिक आइपुग्छ । मेरो छेउमा बस्न इशाराले अनुमति माग्छ  । र थचक्क बस्छ ।  म चिन्न सक्दिन उसलाई ।  बोल्न सुरु गर्छ " दाइ । मलाई हजुरले पक्कै चिन्नुभएन । म हजुरको छिमेकी कृष्ण अन्कलको

कोभिड खोप किन नलगाउने ?

स्नातकोत्तर अध्ययनपस्चात प्राथमिक स्वास्थ्य केन्द्रमा समायोजन भएको हुनाले त्यहाँ काम गर्न  गएको  थिएँ । कोभिडको भ्याक्सिनको कार्यक्रम राखिएको समय  परेछ । आफू नयाँ भएको हुनाले त्यहाँको वातावरण बुझ्ने कोशिसमा थिएँ ।  स्नातकोत्तरको अध्ययन पश्चात् प्राथमिक स्वास्थ्य केन्द्रमा काम गर्न बाध्य हुनु राज्यको लागि नै जनशक्ति सदुपयोग नहुनु हो । न आएका बिरामीलाई रोगको वास्तविक निदान गर्न सकिन्छ न त भर्ना गरेर उपचार गर्ने संयन्त्र  नै हुन्छ । भ्याक्सिन, जुकाको औषधी आदि रोग निवारण गर्ने  कार्यका निम्ती भने उपयोगी हुन सक्ला ।  म कार्यरत स्वास्थ्य केन्द्रले पनि ठुलो भुभागलाई सेवा दिनुपर्ने हुँदा भ्याक्सिन नपुगेर रोइलो हुने अनुमान गरेको थिएँ । तर आशाभन्दा विपरित हुन पुग्यो ।  टन्टलापुर घाममा वडा वडाका जनताहरु  भ्याक्सिनको लागि दर्ता गरेका छन् । लामबद्ध लाइन लगाएर भ्याक्सिनको पालो कुर्दै छन् । एक आपसमा भलाकुसारी गर्दै छन् । भ्याक्सिनका बारेमा सुनेका सत्य असत्य कुराहरु भनिरहेका छन्  । " चाइनिस भ्याक्सिन हो । डुप्लिकेत  हुन्छ । कसलाई पता छ  ! " भ्याक्सिनले प्यारालैसिस गर्छ रे । भ्याक्सिनको काम छ