Posts

Showing posts from 2019

अप्रिय अंक १००० ।

Image
आत्मा ,पशुपतिनाथ र १००० अंक ।   जन्मेसँगै नछुट्टिने नातो लगाएको मृत्‍यु आज घुमिरहेको छ ६०८ न. क्याबिन वरपर ।  यमपास लिएर कुरिरहेका जस्तो लाग्छन्  यमदुतहरु ।  द्वन्द चलिरहेको छ डाक्टर र यमदुतहरुको बीचमा  ।  जित्ने प्रयासमा दुबै  तत्पर देखिन्छन्  । दया नभएका दूतहरु कुनै कसर छोड्ने   संकेत देखिँदैन  ।  केही दिन देखि समस्या उत्पन्न भैरहेका छन्  खड्गको  शरीरमा ।  नाम मात्र खड्ग  ।  ब्यवहार भने शान्त  क्रोधबिहीन ।  अङ्रेजीमा भन्नुपर्दा ” क्युट “ ।  तर शरीरमा रोग भने खड्गस्वरुप ।  भैरवस्वरुप ।  उछिट्टो खन्ने ।  रक्त क्यान्सरको रोग । रक्तकोषिकाहरु बिकृत भएको अवस्था ।  ती सबै आफ्नो बोनम्यारोको सन्स्कार भुलेर स्वच्छ्न्द भएको अवस्था ।  धेरै स्वच्छन्द किन भएको होलान्  तिनीहरु  ?  ति रक्तकोषिकाहरुले आफ्नो  संंस्कार भुलेर निकै दु:ख दिन्छन् शरीरलाई ।  उमेर छँदै कति छिटो जवानी चढेको होला ! मात्र ४४ बर्षको उमेरमा अराजक ति बदमास निर्लज्ज रक्तकोषिकाहरु बिक्रित भएका छन्  ।  तीन दाजुभाइ कोषिकाहरुमा सेतो रक्तकोषिकाले पुरै बदलामा आन्दोलन गर्‍यो नबढ्ने ।  बाहिरबाट  जति चढाएपनि संख्या  ज्यूँका त्यूँ ।
Make your destiny. Or else someone will hire you to make theirs.

देवघाट ,पेरिस, प्रिय साथी र म ।

Image
देवघाट ,पेरिस, प्रिय साथी  र म ।   आकाश त शून्य हुन्छ भनिन्छ ।  कुनै सिमा पनि हुँदैन  आकाशको ।  वायुमण्डलका पत्रहरु भने हुन्छ भन्छन्  वैज्ञानिक ।  पराबैजनी किरणबाट सुरक्षा दिने  पनि पत्र हुन्छ ।  ओजोनको पत्र ।  औधोगिक  क्रान्तिसँग नष्ट  हुँदै गएको त्यो अभागी पत्र हो  । धर्ती त्यसको पीडित पात्र ।  र मनुष्यजाति त्यसको एक मात्र दोषी पात्र।   दसैंको टिकाको दिन देवघाटको लागि प्रस्थान गरेको थिएँ ।  चितवन पुग्न ५ घण्टा लाग्यो ।  यस्तो लाग्यो बसमा केवल ब्रेक मात्रै छ ।  यसलेरेटर छैन ।  हाम्रो देशको विकासको गाडीजस्तो ।  पूरै निरस यात्रा ।  त्यहाँ पुग्दा बेस्मरी पानी परिरहेको थियो ।  मुसल्धारे पानी ।  पानीले सबैलाई पिटिरहेको थियो ।  भर्खर पिच गरिएको बाटोलाई ।  त्यही बाटोमा हिँडिरहेका  कार ,अटो रिक्सा आदिलाई ।  मसँग त्यो शक्ति  सहने  क्षमता थिएन ।  त्यसैले म ओत् लागेँ एउटा औषधी पसलको छनोमुनि ।  त्यसैगरी धेरै जना निरिह थिएँ ।  म मात्र एक्लै नभएकोमा खुशी पनि लाग्यो ।  मनुष्य  स्वभाव ।  दु:खमा पर्दा अरु पनि दुखी देख्दा आफ्नो मनले आड पाउने ।  नभए त सुखमा कहाँ अरुलाई खोजिन्छ र ! 

साइत मिलेका बिरामी ।

साइतका बिरामी ।   आजसम्म बिहान उठेर नित्य कर्मस्थलमा जान मन नलाग्ने दिनहरु धेरै भए ।  बिरक्त लाग्दा दिनहरु ।  मन भए पनि नभएपनि  जानु त छ नै ।  त्यही मानिसहरुको भिडमा ।  यो कुनै हाट बजारमा लाग्ने भिड भने हैन ।  मेला पनि हैन ।  यो सबै दुखी मनहरुको भिड हो ।  नेपाल भरीका पीडित शरीर र मनहरुको केन्द्रबिन्दु ।  शरीर थला  परेपछि मात्रै पुगिने ठाउँ  ।  जीवनमा कहिल्यै जान नपरे भाग्यमानी भइने ठाउँ ।  त्यो हो अस्पताल एमर्जेन्सी ।  सबैका निम्ती आफ्नै बिरामी एमर्जेन्सी ।  दुई चार दिन एमर्जेन्सी कक्षको बास प्राय् ९० प्रतिशत बिरामीका कथा होलान् ।   भर्ना हुन कुर्नुपर्ने हुँदा कतिजना हार खाने ठाउँ ।  कति  यस्तै रहेछ भनेर पचाउने ठाउँ ।  कतिजना कहिले  रहेछ भर्ना  गर्ने भनेर अचम्मित पर्ने  ठाउँ ।  कति  एक दिन त पालो अाउला भन्दै आश गर्ने  ठाउँ ।  कति  बाठाजनहरु गोरु बेचेको नातो लगाएर भन्सुनको प्रयास गर्ने ठाउँ ।  कतिजना सेतो कोट लगाएका सबैलाई झन्झट नै लाग्ने गरी भर्ना कहिले भन्दै सोध्ने ठाउँ ।  सबैजनाको एउटै उत्तर “ बेड खाली  भएपछि ” ।  त्यतिन्जेल सम्म एउटै बेड्मा तीनजना मिलेर बस्नुपर्ने बाध्यता

धनको मुहार देख्ने डाक्टर ।

Image
धनका मुहार  ।   जीवन एक भोगाइ हो ।  कथा सबैका फरक छन् ।  समग्रमा भने समस्या एउटै  हुन सक्छ ।  प्रचुर कथावस्तुले घेरेको चिकित्सा जीवन र पेसामा हरेक दिन एउटा फरक  कथा भेटिन्छ । सबै  प्रकारका कथा ।  स्वास्थ्य समस्याका कथा ।  त्योसँग जोडीएको  सामाज र अर्थ बिज्ञानका कथा ।  रहरले अस्पताल प्रबेश गर्दैन कुनै मनुश्य ।  आँफै बिरामी कि त आफन्तजन बिरामी भएर नै प्रबेश गर्ने हो ।  अस्पातलको बातावरणमा दु:खको भाव प्रचुर हुन्छ भन्नु गलत नहोला ।  बातावरणले ब्यक्तिको मनोभाव  प्रभाब  पार्छ भन्ने सर्बमान्य कथनलाइ मान्ने हो भने दुखी बातावरणको प्रभाव संलग्न सेवा प्रदायकलाई त पर्छ नै ।  के त्यसैले होला त “ डाक्टरलाई  घायल आत्माहरु ” भनिएको ? स्वास्थ्य नै ठुलो धन हो भनेर सानैदेखि    पढ्दै आएको कुरा ।  अहिले आफ्नै सामु साक्ष्यात्कार  गर्न पाइन्छ ।  देख्न पाइन्छ  ।  अनुभुती गर्न पाइन्छ   ।  त्यसैले किटानका साथ भन्न सक्छु ” स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो ।  “ अस्वस्थ  हुँदा धनका बिभिन्न मुहारको दर्शन गर्न सकिन्छ ।  धनको दयावान रुप ।  धनको क्रुर रुप । धनको कुटिल रुप अादि ।  कुनै देवनागरी लिपिकै भाषा ह

गुन्द्री फाल्दिने डाक्टर

Image
गुन्द्री फाल्दिने डाक्टर   हल्का आँखा राता छन्    ।  निद्रा नपुगेको छर्लङै अनुहारमा देख्न सकिन्छ ।  आँखा टल्पल पनि छन् ।  धेरै दिनको थकानले शरीर गलेको देखिन्छ ।  इस्टकोट धुने ब्यबस्था  मिलेको देखिन्न ।  आँसु    जसोतसो थामिएका छन् ।  खस्दा होलान्  कतै एउटा कुनामा ।  सबैको सामु खस्न मर्द हुनुको मर्यादाले नदिएको होला ।  मनको बेग त आँखामा झल्किन्छन् नै ।  भाद्गाउँले टोपीमा दुइटा  खुकुरीका बुट्टा एक आपसमा क्रस गरेका छन्  । ती कुदिएका खुकुरीका चित्रले जिन्दगीका  बिभिन्न परिबन्धको  निर्णय जस्तै   संकेत गर्न खोजेको प्रतित हुन्छ ।  निर्दोष चेहरा, शान्त  स्वभाव र सरल जीवन  उनका बिशेषण हुन ।  नेपालको बिकासको      नक्सामा नअटाएको कुनै पश्चिमको कुनाबाट आएका छन् आफ्नी जहानको उपचार गर्न । आफ्नी जहानको मृत्‍युको दोसाँधमा निर्णय  गर्न उनलाई भनिएको छ ।  मेसिनमा राख्ने कि अवस्था गम्भिर तथा क्षिण भएका कारण घर लिएर जाने ।  कति अमानवीय र सम्बेदनाहीन  मानेका होलान्  ति बुवाले मेरा शब्दहरु त्यतिबेला  !  हरेक दिन घटनाक्रममा कठिन निर्णय लिने गरिन्छन् ।  त्यसको साक्षात्कार गर्दै बिभिन्न परिस्थितीहरु

चिडियाको सकसको अन्त्य

चिडियाको सकसको अन्त्य  आज सबै सकसको अन्त्य भयो ।  सबै पीडाको अन्त्य भयो ।  आफ्नै मनले सम्म धोका  दिएको संसारमा सबै दु:ख र पीडाको इती श्री  भयो ।  चिडियाको अमर तर अकथित  आत्मा चिडियाजस्तै उडेर शायद स्थानान्तरण गरेको हुनुपर्छ ।  चिडियाको पार्थिब शरीरबाट दिक्क भएर ।   उर्जाबिहिन मन र तङ्रिन नखोजेको शरीरको अवस्थामा आत्मा एक्लो परेछ शायद ।  त्यसैले प्राणवायु खिचेर तानेर आँफैसँग लग्यो ।  र छुट्कारा पायो १२७ औँ दिनमा । निकै सकसका साथ छुट्कारा पायो तेस्रो पटकको अप्रेसनपस्चात ।  चिडियाको हारेको मन र कुपोषित शरीरले चिकित्साशास्त्रका सबै प्रयासहरु बिफल हुन पुगे ।  ओझेलको पात्र चिडियाको एउटा सकसको कथा कसैलाई थाहा नहुने गरी अन्त्य भयो ।  यस्ता त समाजमा हजारौ पात्र होलान् ।   सम्झना छ अझै मलाई ।   ४ महिना अगाडि एमर्जेन्सि ड्युटिमा  ” एउटा बेड छ ।  कसलाई लिएर जाम ।” भनेर भन्दै थिएँ ।  त्यो सुनेर सिस्टरले सपाट उत्तर दिनुभएको थियो  “ चिडियालाई लिएर जानुस् ।  “    एमर्जेन्सिमा आफ्नै होस् गुम्नेजस्तो भिड हुन्छ ।  एउटा कुनाको बेडमा टुसुक्क  बेडमा बसेकी एउटी अन्दाजी ३० बर्षकी  महिला ।  पूरानो मैलो

एउटी बिरामी हजुरआमाको गन्थनमन्थन ।

Make your destiny. Or else someone will hire you to make theirs. एउटी बिरामी हजुरआमाको गन्थनमन्थन  ।   म त बुढी मान्छे ।  धेरै बर्ष बितेछन् ।  नागरिकता बाँड्ने बेला उमेर घटाइदेछन् ।  नत्र त ९० सालको भूकम्प जाँदा म ५ बर्षकी थिएँ ।  जीवन पूरै बितिसक्यो ।  बाल्यकाल देखि  आजसम्म संसार धेरै नियालियो ।  बालबच्चा भए ।  नातिनातिना पनि भए ।  घर गृहस्थीको सबै कर्म गरिसकेँ ।  अक्षर भने लुकी लुकी कपुरी “क “सम्म चिनेकी थिएँ ।  अहिलेजस्तो पढ्न त कहाँ पाइन्थ्यो र ।  अहिले जवानी सकिनेबेलासम्म पढिरहनुपर्ने ! मेरो नातिनीको उमेरमा पछ्यौरामा बच्चा बोकेर घाँस काट्थेँ ।  ति दिन गए। संसारले धेरै फड्को मारेछ ।  कहिल्यै बिरामी परेको थिएन  आज मनिटरका कर्कश आवाजका बीचमा  अन्तिम दिनहरु पर्खेर बसेकी छु ।  बेड त गजबको छ ।  कमलो लचकदार बेड ।  न्यानो  कोठा ।  तर जस्तो सुबिधा भएपनि ज्यानलाई सुबिस्ता भने छैन ।  हातैभरी निलडाम मात्रै  ।  सुइले नचुमेका नशा कुनै बाँकी छैनन्   शायद । कति तीखा सुइ ।  च्वास्स पार्ने ।  फेरि सुइ तीखो नभए इन्जेक्सन नशाभित्र कसरी पुग्ला र ।  रगत जाँच गर्दागर्दै  शरीरको   रगत नै रित्त