Posts

Showing posts from October, 2017

Fear of Doctor and patient

भयबित डाक्टर  र भयबित बिरामी । " डाक्टरकोमा जान डर लाग्ने भो ।  कहिले नक्कली  डाक्टर  ।  कहिले कहाँ अस्पातलअं मान्छे मरेछन् ।  अहिले आन्दोलन रे । मेरो पित्तथैलिको  अपरेसन गर्ने भन्थे ।  अब डर  लाग्यो ।  …….पैसा मात्र लिन्छन् ।  …। " भन्दै एक खाइलाग्दो जिउडाल भएकी उमेरले सालाखाला ३० देखिने चाडपर्बका मौसमी वस्त्रले सुसाज्जित महिला आफ्नो साथीलाई सुनाउँदै थिइन् ।  केहि असन्तुस्टि, केहि रिस र केही भय उनको  आवाजमा मिश्रित  थियो ।  र केहि सत्य केहि भ्रम र केहि अज्ञानता थियो उनको बिचरामा र मनोबिज्ञानमा ।  बेलाबेलामा कुरामा पूर्णबिराम लगाइदिने कोहि भए हुने जस्तो लागेको थियो मलाई । भर्खरैको चिकित्सकहरुको  आन्दोलनको सरगर्मी र त्यसको चित्त नबुझ्दो अबतरण  पस्चात मनमा उमंग पलाउला भन्ने  उद्देस्यले दसैं मनाउन नारायणगढ जाँदै गर्दा  सार्वजनिक बसको यात्रामा सुनेँ  यी कुराहरु ।  ती कुराहरुलाई गम्भिरतापुर्बक बिचार  गर्न वाध्य भएँ ।  धेरै कुराले च्वास्स पार्यो मलाई ।  यसो बिचर गर्दा यतिका बर्षमा बिरामीको उपचार  गर्न  र सल्लाहा दिन बाहेक केही ज्ञान  सिकिएको छैन ।   ।  उपचार गर्दै गर्दा  हरेक