Posts

Showing posts from February, 2019

एउटी बिरामी हजुरआमाको गन्थनमन्थन ।

Make your destiny. Or else someone will hire you to make theirs. एउटी बिरामी हजुरआमाको गन्थनमन्थन  ।   म त बुढी मान्छे ।  धेरै बर्ष बितेछन् ।  नागरिकता बाँड्ने बेला उमेर घटाइदेछन् ।  नत्र त ९० सालको भूकम्प जाँदा म ५ बर्षकी थिएँ ।  जीवन पूरै बितिसक्यो ।  बाल्यकाल देखि  आजसम्म संसार धेरै नियालियो ।  बालबच्चा भए ।  नातिनातिना पनि भए ।  घर गृहस्थीको सबै कर्म गरिसकेँ ।  अक्षर भने लुकी लुकी कपुरी “क “सम्म चिनेकी थिएँ ।  अहिलेजस्तो पढ्न त कहाँ पाइन्थ्यो र ।  अहिले जवानी सकिनेबेलासम्म पढिरहनुपर्ने ! मेरो नातिनीको उमेरमा पछ्यौरामा बच्चा बोकेर घाँस काट्थेँ ।  ति दिन गए। संसारले धेरै फड्को मारेछ ।  कहिल्यै बिरामी परेको थिएन  आज मनिटरका कर्कश आवाजका बीचमा  अन्तिम दिनहरु पर्खेर बसेकी छु ।  बेड त गजबको छ ।  कमलो लचकदार बेड ।  न्यानो  कोठा ।  तर जस्तो सुबिधा भएपनि ज्यानलाई सुबिस्ता भने छैन ।  हातैभरी निलडाम मात्रै  ।  सुइले नचुमेका नशा कुनै बाँकी छैनन्   शायद । कति तीखा सुइ ।  च्वास्स पार्ने ।  फेरि सुइ तीखो नभए इन्जेक्सन नशाभित्र कसरी पुग्ला र ।  रगत जाँच गर्दागर्दै  शरीरको   रगत नै रित्त