Posts

Showing posts from September, 2019

साइत मिलेका बिरामी ।

साइतका बिरामी ।   आजसम्म बिहान उठेर नित्य कर्मस्थलमा जान मन नलाग्ने दिनहरु धेरै भए ।  बिरक्त लाग्दा दिनहरु ।  मन भए पनि नभएपनि  जानु त छ नै ।  त्यही मानिसहरुको भिडमा ।  यो कुनै हाट बजारमा लाग्ने भिड भने हैन ।  मेला पनि हैन ।  यो सबै दुखी मनहरुको भिड हो ।  नेपाल भरीका पीडित शरीर र मनहरुको केन्द्रबिन्दु ।  शरीर थला  परेपछि मात्रै पुगिने ठाउँ  ।  जीवनमा कहिल्यै जान नपरे भाग्यमानी भइने ठाउँ ।  त्यो हो अस्पताल एमर्जेन्सी ।  सबैका निम्ती आफ्नै बिरामी एमर्जेन्सी ।  दुई चार दिन एमर्जेन्सी कक्षको बास प्राय् ९० प्रतिशत बिरामीका कथा होलान् ।   भर्ना हुन कुर्नुपर्ने हुँदा कतिजना हार खाने ठाउँ ।  कति  यस्तै रहेछ भनेर पचाउने ठाउँ ।  कतिजना कहिले  रहेछ भर्ना  गर्ने भनेर अचम्मित पर्ने  ठाउँ ।  कति  एक दिन त पालो अाउला भन्दै आश गर्ने  ठाउँ ।  कति  बाठाजनहरु गोरु बेचेको नातो लगाएर भन्सुनको प्रयास गर्ने ठाउँ ।  कतिजना सेतो कोट लगाएका सबैलाई झन्झट नै लाग्ने गरी भर्ना कहिले भन्दै सोध्ने ठाउँ ।  सबैजनाको एउटै उत्तर “ बेड खाली  भएपछि ” ।  त्यतिन्जेल सम्म एउटै बेड्मा तीनजना मिलेर बस्नुपर्ने बाध्यता