Posts

Showing posts from 2024

सबैका प्रिय डाक्टर ।

शीर्षक : सबैका प्रिय डाक्टर । डा शम्भु खनाल फिजिसियन कथा आजभन्दा दश वर्ष पुरानो हो । तर यो कथा अझैपनि बेलाबखत देख्न पाइन्छ । भोग्न पाइन्छ । त्यो बेलाको सलामी पानीको कथा आज Whole body check up को आग्रहमा  मा देख्न पाइन्छ हरेक दिन । दश वर्ष अगाडिको म : मनको अशान्ति अनुहारका कुनाकाप्चामा देखिने गरी मलिनता छाएको छ ।  बेखुसी ब्याप्त देखिन्छ ।  हिडाइमा सुस्तपन  छ । अनुहार मात्रै  देखाउन हो कि भन्ने गरी टाउको र दुबै कुमलाई पछ्याउराले सजाएर कुर्सिमा बस्छिन् एक अन्दाजी ३० बर्षिय  महिला ।  पटुकाले  पूरै  पेट बेरेको छ ।  श्वास नै फेर्न गार्हो भए जस्तो गरी लामो सुस्केरा पनि सुनिन्छ ।  त्यही सुस्केरामा उनको सलामी पानीको (सलाइन ) आशा लुकेको छ । " डाक्टर बाबु ।  हाड्ज्वरो आम्च ।  गरम हुन्छ ।  केही गरी सितल गर्नुपर्‍यो "  उनी आफ्नो ब्यथा पोख्छिन् ।   " पोहोर साल यहि बेला सलामी चडाएर  सितल भाको । शरीरबाट पानी सकिएछ ।  सलामी  चडाउनुपर्छ भन्थे डाक्टरले ।  "  यस्तो कथा सुन्ने बानी परेको त पत्तै भएनछ मलाई ।  पहिले जस्तो प्रतिक्रिया नै आउन छाडिसकेछ ।  फेरी अर्को सलामिको गहिरो जरो

बाटो बिराएका रोगहरु ।

बाटो बिराएका रोग र ल्याब टेस्टहरु । पृष्ठभूमि : चिकित्सा पेशामा नजिकबाट अनुभव सङाल्न लागेको धेरै वर्ष बितिसक्यो । स्वास्थ्य सम्बन्धी जानकारीमा पनि धेरै परिवर्तन भएको छ ।  एउटा जमाना रेडियोको थियो । जसमा बि बि सि समाचार सुन्न राती पौने ९ बजे कुर्न पर्थ्यो । त्यो धुन सुन्न निकै मन पर्थ्यो । अचेल हात हातमा मोबाइल छन् । कुनै पनि समयमा मन लागेको समाग्री सुन्न र हेर्न पाइन्छ । सायद सजिलै प्राप्त हुने ज्ञान खँदिलो हुन्न रहेछ कि । सूचना सम्प्रेषण द्रुत गतिमा हुनु आफैमा एउटा विकासको खुड्किलो मान्न सकिन्छ । हरेक विकाससँग केही विकार पनि साथमा हुनु स्वभाविक हुन्छ। सुचना सामाग्री कतिपय प्रचार प्रसारका लागि हुन्छन् , कति केवल भियुज बढाउनको लागि हुन्छन् । थोरैमात्र ज्ञान सम्प्रेषणका उद्देश्यले हुने गर्दछन्। अचेल स्वास्थ्य सम्बन्धी सामाग्री सामाजिक संजालमा मनग्गै भेटिने गर्छ । स्वास्थ्य सम्बन्धी सामान्य जानकारी निकै नै सरल भाषामा सूचना प्रवाह गर्नु उचित हुन्छ । उदाहरणका लागि खुट्टा सुन्निने, बिहान उठ्दा आँखा वरपर सुन्निने भएमा किड्नीको समस्या हुन सक्छ भनेको सुनेर चेकजाँच गर्न अस्पताल जानु मुनासिव

चेतनाको बहिर्गमन , गणतन्त्रको बहिर्गमन ।

चेतनाको बहिर्गमन, सधैंको द्रष्टा म । समाज सुसंस्कृत र विकृत दुवै शिक्षा र चेतनाले हुने गर्दछ । संविधान उत्कृष्ट हुँदैमा भुइँ राम्रो हुन्छ भन्ने हुँदैन । जति व्यवस्था , संविधान फेरिएपनि भुइँमान्छेको भुइँ सधै उस्तै रहन सक्छ । आर्थिक, सामाजिक र शैक्षिक छलाङ मार्न भुइँ छोड्नुपर्छ । जसले सबै छलाङ मारेर पनि भुइँ बिर्सिन्न , त्यो व्यक्ति वास्तविक नेताको पात्र हुन्छ । भुइँ बिर्सने व्यक्ति आफैंमा मस्तमगन हुन्छ । जीवनको मूल्य पनि चेतनाले निर्धारण गर्दछ । चेतनास्तर उच्च भएको स्थानमा उपचार खोज्ने कार्य छिटो हुन्छ । आकस्मिक कक्षको बाटो हुँदै ओ पि डि फर्किँदै थिए । मेरा दृष्टि अडिन्छन् एउटा बेडमा उपचार कुरिरहेका आमा छोरीमा । एउटा कलिलो शरीर छटपटाइरहेको देख्छु । १५ वर्षीय किशोरी पेट दुखेर छटपटाइरहँदा उनकी आमाले काखमा लिएर बसेकी छन्। नाकमा बुलाकी , पुरानो जब्बर सारी , कम्मरमा पटुका , गोरो चेहरा , रैथाने भाषा , खस्रो हत्केला, हेर्दा बलिस्ठ ज्यान आदि सबै ती आमाका व्याख्या वृतान्त हुन् । त्यो ज्यान परिश्रमले जति  मजबुत देखिन्छ,  त्यो भन्दा बढी अज्ञानताको चिसो रापमा थिलथिलिएको महसुस हुन्छ । ती किशोर

चिकित्सा पेशामा किन कम हुनुपर्ने आकर्षण ?

चिकित्सक हुनभन्दा पहिले सो चिकित्सक एउटा व्यक्ती हो । साधारण मानव हो । जसका आफ्ना इच्छा र आकान्क्षा हुन्छन् । मन पनि हुन्छ । सोचाइ विचार सबै हुन्छ । चिकित्सकीय पेशालाई स्कुलमा निकै उच्च मुल्यांकनका साथ पढाइने गरिन्छ । ठूलो बनेपछि डाक्टर इन्जिनियर बन्नुपर्छ भन्दै रटाइन्छ ।   जसको निरन्तरता कलेज पढ्ने समयमा पनि गरिन्छ । जुन कुराको दृश्य पुतलीसडकमा देख्न सकिन्छ । पढाइमा अब्बल मानिने सबै विद्यार्थीको ध्यान केवल मेडिकल शिक्षा प्रवेश गर्नेमा रहन्छ । जुन मेरो पनि थियो ।  त्यो समयमा केवल पढाइमा मात्रै ध्यान केन्द्रित हुन्छ । विस्व जगतमा उठ्ने चिकित्सकिय पेशाका तमाम प्रश्नहरु फगत आलोचना र नकारात्मक चिन्तनबाट उब्जिएका विषयवस्तु हुन् जस्तो लाग्छ  । आफ्नो दैनिकीलाई प्रत्यक्ष प्रभावित नपार्ने घटनाहरुलाई चासो दिने गरिन्न । जस्तै कतै पुल भत्कियो भन्ने समाचारलाई कति महत्वका साथ लिने गरिन्छ भन्ने कुराले आफुलाई  प्रत्यक्ष असर पर्नुपर्यो वा साँच्चै चिन्तित स्वभावको व्यक्ति हुन पर्छ । त्यस्तै चिकित्सकिय विषय पढ्ने ध्याउन्न भएको ठिटा ठिटिले चिकित्सकमाथी हुने दुर्वव्यवहार , न्यून पारिश्रमिक आदि कुरा फगत झु