Posts

त्यो एक खिल्ली चुरोट किनेको दिन ।

Image
त्यो एक खिल्ली चुरोट किनेको दिन ।   सल्लाको माथिल्लो जङलबाट सल्लिपिर पन्छाउँदै कम्मरमा आधा पेट ढाक्ने पटुका बाँधेकी एउटी आमा झर्दै छिन् ।  हातमा लौरो छ ।  बाटो पहिल्याउने र टेक्ने लौरो । बुढेस्कालको एउटै साहारा भनम् ।  थाप्लोमा नाम्लोले थिचेको छ ।  र पिठ्युमा डोकोभरी दाउरा बोकेकी छन्  । सुस्त सुस्त हिँड्दै  अस्पताल प्राङण हुँदै आउँछिन् ।  उनी  हल्का स्याँ स्याँ   गर्दै छिन्  । अरुका निम्ती त अझै तगडा नै देखिन्छिन्  । उनको उमेर ढल्किँदै गयो ।  अनुहार चाउरिँदै  गयो  ।  उमेर गन्तिले कति पुग्यो, पत्तो छैन।  कति माघका चिसा सिरेटाले हाने होलान्  उनलाई ।  हरेक चुनावमा भोट पनि खस्यो उनको कतिपटक ।  नातीहरु अमेरिका पुगे ।  छोराहरु  राजधानी पुगे ।  तर उनको भारी कत्ति कम भएन ।  छुटेन त्यो दाउराको भारी कहिल्यै ।   सल्लिपिरले उनको बाटो सधैं ढाकिदिन्छ ।  उनी सधैंजस्तो सल्लिपिर हटाउँदै बाटो आँफै बनाउँदै जङलबाट निस्किन्छिन् अस्पताल नजिकै ।  उनको घर पुग्ने छोटो बाटो परेर मात्रै  भने हैन ।  हिंडेर बनेको बाटो ,तर नक्सामा नरहेको बाटो हो त्यो ।  सधैं जीवननक्सामा स्पस्ट बाटो नहुन सक्छ ।  आ

पहुँच के हो - दुरी वा चेतना ?

Image
पहुँच के हो - दुरी वा चेतना ? के दुरी नै हो त पहुँच नहुनुको समस्या ? एउटै घरभित्र बस्ने व्यक्तिहरुमा दुरी कम त हुन्छ , तर आत्मीयताले कोशौँ टाढा हुन सक्छ । व्यक्तिको घर दैलो आँगनमा स्वास्थ्य संस्था हुन त सक्छ तर उसैलाई ठूलो समस्याग्रस्त रोग लाग्न सक्छ । दुर्गमता भौगोलिक मात्रै हुँदैन । व्यक्तिको चेतनाले पनि सेवालाई दुर्गम बनाउने गर्छ । जहाँ चेतनाको कमी हुन्छ त्यहाँ सेवाप्रवाहले मात्रै कार्य पुर्ण हुँदैन । सेवा लिन पनि चेतनाको आवस्यकता हुन्छ । झट्ट हेर्दा १०-१२ वर्षकी , ज्यान मोटाएको , गोलो अनुहार, फुक्क फुलेको पेट भएकी छोरीलाई उसकी आमाले पिठ्युँमा बोकेर ओ पि डि प्रवेश गर्छिन् । टुलमा राख्छिन् । बच्चाको ओ पि डि मा जानुपर्नेलाई झुक्केर फेरि यता ल्याएछन् भनेर टिकेटमा नाम र उमेर हेर्छु । तीन पटक त्यो नानीलाई र कार्डमा लेखेको विवरण तुलना गर्न खोज्छु । पत्याउन गार्हो हुन्छ । किन्चित पत्यार नै लाग्दैन , ती आमाले आफ्नी २४ वर्षकी छोरीलाई अस्पताल ल्याएकी हुन्  भनेर । उनको बालपन कहिले आयो  र कहिले सकियो !! उनको किशोरावस्था कहिले फक्रियो र कहिले जवान भइन् !!  उनका साथीहरु वयस्क छन् कि बालक छन्

कापुचे यात्रा ।

Image
कापुचे यात्रा । एउटा यात्राको सफलतापछि अर्को यात्राको सुरुवात हुन्छ । प्रेरणाको श्रोत बन्दछ । कमी कमजोरी केलाउदै जाने मौका प्राप्त हुन्छ । यात्रा ज्ञान अर्थात् ट्रेक ज्ञान खारिँदै जान्छ । एक पछि अर्को यात्राको लागि पुर्व तयारी बढ्दै जान्छ । जीवन पनि एउटा यात्रा हो । गन्तव्य महत्वपूर्ण हो कि यात्रा भन्ने आफ्नै वहस हुन सक्छ । तर खुसी भनेको  यात्रा हो ।  गन्तव्य भने हैन । किनभने यात्राको शुद्धता र कठिनताले लक्ष्यप्राप्तिमा आनन्दको खुसीको उर्जा प्रवाह गर्दछ । व्यस्तताले घेरिएका व्यक्तिले वर्षको एक पटक नयाँ स्थानको भ्रमण गर्नु उत्तम हुन्छ । नयाँपन सबैलाई मन पर्छ। नयाँ लुगा लगाउँदा मन खुसी भएजस्तै हो । १ . प्रारम्भ एक पटक हिँडिसकेको बाटो पुनः दोहोर्याउन धेरैलाई मज्जा लाग्दैन । त्यो हिँडाइको कष्ट पुनः लिए पनि गन्तव्य पहिले नै थाह हुने हुँदा खल्लो हुन्छ । सस्पेन्स फिल्मको कहानी पहिले नै थाह पाउदाजस्तै । विभिन्न ट्रेकका बाटोहरु सुझावमा आएपनि समूहमा कोहि पनि नगएको ठाउँ कापुचेको लागि सहमति जुट्छ । कारण: छोटो, मध्यम कष्टपुर्ण, ऐतिहासिक गुरुङ गाउँको भ्रमण तथा प्राकृतिक सुन्दरताले भरिपुर्ण यात्

डेङुमा सेतो रगतको त्रास ! कत्तिको जायज छ त ?

सेतो रगतको त्रास ! कत्तिको जायज छ त ? एक जना अन्दाजी ७० वर्षका बुवा हस्याङ्फस्याङ गर्दै दौडिँदै देख्छु । उनको दौड ब्लड बैंकतिर रहेछ । कुरा बुझ्दा  उनका नातिलाई डेङु भएको रहेछ । डेङुले सेतो रगत घटाएकोले तुरुन्त सेतो रगत( platelet) उपलब्ध गर्नुपर्ने भनेर अस्पतालबाट भनिएको रहेछ । सेतो रगत कम भए रगत बगेर ज्यान जान सक्छ भनेर बुवा धेरै नै आत्तिनुभएको रहेछ । उनको नातिको सेतो रगतको मात्रा ३५००० / क्यु. मि.मि.  रहेछ । ती बुवामा जुन किसिमको आत्तुरी थियो, त्यो आत्तुरी पैदा हुनु नै राम्रो कुरा हैन । बुझाइको कमी हो वा ज्ञानको कमी हो, त्यसरी व्यक्ति हतास मात्रै हुन्छ । अनावस्यक सेतो रगतको खपतले वास्तवमा चाहिने व्यक्तिलाई चाहिएको वखतमा मद्दत गर्न नसकिने हुनसक्छ । यसबारेमा तथ्य के हो त भनेर दुई चार शब्द नलेखी म बस्न सकिन ।  अहिले बुटवल क्षेत्रमा एउटा त्रास व्याप्त देखिन्छ । सेतो रगतको त्रास । अर्थात् Platelet भन्ने रगतमा पाइने तत्व घट्ने त्रास । किनभने डेङुको प्रकोपले यो क्षेत्र आक्रान्त पारेको छ । ज्वरो आउने, टाउको दुख्ने, आखाका गेडि दुख्ने , जिउ दुख्ने लक्षण  देखिएको खण्डमा डेङुको सहज अनुमान लगाउन

कालो चस्मा र उनी ।

Image
कालो चस्मा पछाडी लुकेका नयन ।  स्वभावले नै नयन चलायमान हुन्छन् ।  निकै लोभी हुन्छन् । आकर्षक हुन्छन् । कसैका  नयन चिम्सा हुन्छन् । कता खोपिल्टामा हराएका जस्ता । भनिन्छ आँखा भित्री शरीरको ढोका हो । आँखाभित्रको पर्दाको परिवर्तनले शरिरको रोग थाहा हुन्छ  । जस्तै रक्तचाप । मधुमेह । त्यो त चिकित्सकिय कुरा भए । नयनमा मान्छेको भाव झल्किन्छ । निराशा । खुसी । आशा । कौतुहलता आदि ।  प्रसङ्ग एउटा बिहेको दिन । कहिल्यै कालो चस्मा नलगाउने भएपनि त्यो दिन कालो चस्मा लगाएको थिएँ । कालो चस्माले नयनहरुलाई शितलता प्रदान गर्ने रहेछ । त्यसबाट हेर्दा नयनहरु जता नाचे पनि कसैले थाहा नपाउने हुनाले बडो फाइदाजनक लाग्यो । बिहेको दिनमा पनि कालो चस्मा लगाउनुको प्रयोजन त्यही नै थियो । सबैको ध्यानको केन्द्रविन्दु हुँदा अप्ठेरो लाग्ने हुनाले सहज हुन मद्दत गर्छ । आँखामा देखिने भाव पनि सजिलै लुकाउन सकिन्छ ।  एउटा कुनामा बसेर पार्टी प्यालेसको पुर्ण अवलोकन गर्दा विभिन्न दृश्य देख्न पाइन्छ । बेहुला वेहुलीको बन्धन गर्ने कर्मकाण्ड एकतर्फ चलिरहेको हुन्छ । पण्डित पनि हतार हतार गर्दै मन्त्र उच्चारण गरिरहेका हुन्छन् । हलमा कसैले आइ

कल्पनामा बिरामी जाँच्नुपर्दा ।

कल्पनामा  बिरामी जाँच्नुपर्दा ।  कार्यस्थलको सहजताले कार्यसम्पादन दुरुस्त हुन्छ भन्ने कुरा पक्कै हो । त्यसैले त कार्यस्थलमा भौतिक पुर्वाधारको निकै महत्व हुन्छ । कार्यालयको घडीले १० बजाउँदै छ । आनन्दसँग बिरामी हेर्न पाउँदा निकै खुसी पनि लाग्ने गर्छ । बाटोमा धुलो र धुवाँमा  चरम छाला चरचराउने गर्मीमा हिँडेर ओ पि डि कक्षमा छिर्दा चिसो वातावरणले गर्दा ताजा महसुस हुन्छ । दिमाग चल्न पनि बस्ने र काम गर्ने वातावरण सहज हुनुपर्ने हुन्छ । हुप्प गर्मीबाट ओ पि डि कक्षमा आउँदा चिसो महसुस हुँदा बिरामी पनि आधा सन्चो भएको महसुस गर्छन् । धेरै बेर बसौं जस्तो लाग्ने रहेछ सायद। बसेको टुलबाट उठ्नै ढिलो गर्छन् । किस्तावन्दीमा समस्या सुनाउने गर्छन् ।  टिकेट पनि एक जना चिकित्सकलाई ५० भन्दा बढी नकाटेको खबर आउँछ काउन्टरबाट । आरामले नहतारिकन बिरामी हेर्न पाइयो भनेर मजा आउँछ । कति टाढाबाट आएका बिरामीलाई नाडी छामेर फटाफट हेरेर औषधिमात्रै लेखेर पठाउन नपरेको दिन  कतै अन्याय गरेको महसुस हुँदैन ।  ओ पि डि भित्रको सरसफाइ देख्दा मन पनि हरर हुन्छ । टेबुल पनि एकदम स्थिर । हात अड्याउँदा, लेख्दा पनि नहल्लिने । सफा हरियो रङको

चम्चाले पस्किएको तरकारी ।

Image
चम्चाले पस्किएको तरकारी । बिहानैदेखि दिनभर लेखेको लेख्यै छु । पसिनाले शरीर  निथ्रुक्क भिजाउँछ । सर्टले कुनै अज्ञात  देशको नक्सा देखाउने गरी शरीरमा टाँस्सिएर आकार बनाउँछ । सायद प्रशासनिक उदासीपन र अनुदारताको नक्सा होला ।  त्यो पंखाको हावा त कता कता । एकै पटक धेरै जना बिरामीको भिड । कसैलाई रिपोर्ट देखाउने चटारो । कसैलाई औषधि लेखाउने चटारो ।  मलाई भने पानी पिउन र पसिना पुछ््न मै चटारो । पिसाबबाट जाने पानी सबै पसिनाबाट । हल्का झिँजो पनि लागिरहेको हुन्छ । गर्मी , भिड , लेखनदासको कार्यले । कतै रुखो बोलिएछ भने यहि लेखमार्फत क्षमाको आशा । आजसम्म त कसैले  बुझेनन् ," बालेन"ले जितेछन् भने उनका योजनामा अरु कार्यालयबाहेक ए सी सहितको ओ पि डि कक्ष पनि चाहिन्छ है भनेर चिठी लेख्ने मन हुन्छ ! सधैं घरमा खाना खाँदा कहिलेकाहीँ बजारतिरका भान्साघरहरुमा खाना खाने चलनको तीव्रता नेपालमा देखिएको छ । दिनभर पट्यारलाग्दो पसिनाले रुझाएको कार्यबाट उम्किएर साँझपख एउटा रेस्टुरेन्ट जाने योजना बन्छ । टिममा धेरैजनालाई भात प्रिय लाग्ने हुनाले खाना खाने हेतुले भान्साघरतिर लाग्छौँ । त्यहाँ पुगेपछि सुरु हुन्छ भु

साँच्ची ! त्यो बिहानी कति बेला होला ?

त्यो बिहानी कती बेला आउला ? देश पुरै चुनावमय भएको छ । समाचारमा चुनावी सरगर्मीले तताएर हेडलाइन्स जति चुनाव केन्द्रित  छन्। भोट के होला कसरी तान्ने होला भन्दै झन्डाहरु खिचातानी गरिरहेका छन् । मौन अवधी सुरु भइसकेको छ । मौन रहँदा जसरी विचारहरुका ज्वारभाटा आउँछन् त्यसरी नै चुनाव जित्ने मौन तिक् डमहरुको बाढी पनि आउँदा हुन् ।  उम्मेदवारले नै जानुन् । मलाई त केवल बिहान कहिले हुन्छ भन्ने चिन्ता छ । त्यसैको पिरलो छ । रात नै कति लामो भएको महसुस हुन्छ । ( तत्व ज्ञान : समय वास्तवमै सापेक्ष कुरा रहेछ । ) एक २० वर्षिय महिला बच्चा जन्मेको ४ दिनमा स्या स्यात गर्दै एमर्जेन्सिमा आएकी छन् । उनको स्वासदर नै ५० नाघेको छ । निकै अप्ठेरो महसुस भएको देखिन्छ । स्वा ..स्वा ..स्वा...स्वा.. एक पटक ५० पटक श्वास फेरेर विचार गर्नुहोस् त !! कति गार्हो हुन्छ । कोभिडलाई जितेकाहरुले त कटु अनुभव नबिर्सेका होलान् । तर बिरामी नभएको व्यक्तिलाई मैले भनेका कुरा शब्दका अतिरन्जना मात्रै लाग्न सक्छ ।  छातीको एक्स रेमा हेर्दा उनको मुटु सुन्नेको छ ।  यो डेलिभरी पश्चात् देखिने मुटुको समस्या हो जसमा मुटुले पम्प गर्न सक्दैन । फोक्स