Posts

Showing posts from October, 2023

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

Image
भारत यात्राको एक झल्को मात्रै  , सिक्नु छ धेरै ।। सधैं चिकित्सकमात्रै भएर कति बस्नु भनेर एकाएक घुम्ने योजनामा सामेल हुन पुग्छौं हामी । केही समय बिरामी भन्दा पर, अस्पताल भन्दा पर , आफ्नो वासस्थानभन्दा कतै पर । कसैले आफुलाई  नचिन्ने स्थानमा भ्रमण गर्नु आफ्नो मनको नजिक हुनु हो । सबैबाट पर तर आफैं भित्र नजिक । यो नितान्त एउटा यात्राको वर्णन हो सम्झनाको लागि । धैर्यता र समयको अभावमा यस कथामा प्रवेश नगर्नुहोला । Bored भएमा कुनै क्षतिपूर्तिको व्यवस्था भने छैन । घुम्ने ठाउँको एकीन नहुनाले राम्रोसँग तयारी गर्ने कुरा पनि भएन । विदा पनि मिलाउन पर्यो । कता जाने भन्दाभन्दै भारतको जयपुर , दिल्ली र आग्रा जाने कुरामा निचोड बन्यो । विदेशको नामामा भारतको सुनौलीमात्रै पुगेको मलाई त उत्साह हुने नै भयो । हाम्रो टिममा सबैलाई यी स्थानहरु नयाँ नै हुनाले घुम्न जान सजिलो भयो । तीन जोडी गरेर हामी ६ जना जाने पक्का नै भयो । त्यसमा हिरामणीलाई जाने इच्छा हुँदाहुँदै पनि अझै विवाहित बन्धनमा नबाधिसकेकोले एक्लो हुने हो कि भनेर  दुबिधामा थिए । तर अघिल्लो दिन नै निर्णय गरेर हामीसँग जाने कुरामा मन फिरेछ । त्यही सुखद सम