Posts

Showing posts from June, 2019

गुन्द्री फाल्दिने डाक्टर

Image
गुन्द्री फाल्दिने डाक्टर   हल्का आँखा राता छन्    ।  निद्रा नपुगेको छर्लङै अनुहारमा देख्न सकिन्छ ।  आँखा टल्पल पनि छन् ।  धेरै दिनको थकानले शरीर गलेको देखिन्छ ।  इस्टकोट धुने ब्यबस्था  मिलेको देखिन्न ।  आँसु    जसोतसो थामिएका छन् ।  खस्दा होलान्  कतै एउटा कुनामा ।  सबैको सामु खस्न मर्द हुनुको मर्यादाले नदिएको होला ।  मनको बेग त आँखामा झल्किन्छन् नै ।  भाद्गाउँले टोपीमा दुइटा  खुकुरीका बुट्टा एक आपसमा क्रस गरेका छन्  । ती कुदिएका खुकुरीका चित्रले जिन्दगीका  बिभिन्न परिबन्धको  निर्णय जस्तै   संकेत गर्न खोजेको प्रतित हुन्छ ।  निर्दोष चेहरा, शान्त  स्वभाव र सरल जीवन  उनका बिशेषण हुन ।  नेपालको बिकासको      नक्सामा नअटाएको कुनै पश्चिमको कुनाबाट आएका छन् आफ्नी जहानको उपचार गर्न । आफ्नी जहानको मृत्‍युको दोसाँधमा निर्णय  गर्न उनलाई भनिएको छ ।  मेसिनमा राख्ने कि अवस्था गम्भिर तथा क्षिण भएका कारण घर लिएर जाने ।  कति अमानवीय र सम्बेदनाहीन  मानेका होलान्  ति बुवाले मेरा शब्दहरु त्यतिबेला  !  हरेक दिन घटनाक्रममा कठिन निर्णय लिने गरिन्छन् ।  त्यसको साक्षात्कार गर्दै बिभिन्न परिस्थितीहरु

Einstein,me and phantom vibrations

Einstein ,me and phantom vibration  मनुश्य शरीर vibration ले भरिएको हुन्छ भन्छन्  वैज्ञानिकहरु ।  त्यो vibration व्यक्ति  पिच्छे फरक हुन्छ  रे ।  मनका तरङ्गहरु विचित्र किसिमले  सल्बलाइरहेका हुन्छन्  ।  खुशी दु:ख आदिको मनोभावको कुनै आकार देख्दिन म ।  कुनै आयाम पनि देख्दिन ।  बस्तुसरह तौलिन  पनि सक्दिन म ।  त्यो निराकार भावलाई व्यक्त  गर्ने शब्दहरु पनि भेट्दिन म।  शब्दकोषसँँग सापटी माग्न खोज्दा  मन र मनको भावमा  खुशी दुखी, उदासी  मात्रै  शब्द दिन्छ ।  कती हो त्यो खुशी मन भनेको ? कती हो त्यो दुखी मन भनेको ? खै ।  नाप्न भने सकिन ।  अनुभुती मात्रै  हुन् भन्ने ठहर गरेँ मैले ।  सबै vibrations नै हुन्  भन्ने मेरो विचारमन्थनबाट  निस्कियो ।  सुख अनुभुतीका vibrations ।  दु:खका vibrations  इत्यादि  ।  फिल्मसमाग्री आदि सबै vibrations लाई पोषण गर्ने तत्व हुन् । अाइन्स्टाइनको जीवनमा आधारित एउटा डकुमेन्ट्री फिल्म हेर्ने मुड बन्यो ।  फिल्मको कहानी सुस्त बग्दै छ । .... ....अाज फेरि  अाइन्स्टाइनलाई भूत चढेको छ ।  रसायनशास्त्र  र भौतिकशास्त्रको भूत ।  सुत्रहरु नाचिरहेका छन्   ।  सापेक्षताबादको