Posts

Showing posts from July, 2017

एकाबिहानै दिब्यज्ञान !!

एकाबिहानै दिब्यज्ञान   !! बिहान अबेरसम्म सुत्नु त सामान्य बानी नै भइसकेछ  ।  त्यसपछि  उठ्नेबितिक्कै मोबाईल हातमा लिएर नेट नचलाएसम्म त के नपुगेजस्तो  हुन थालिसकेको छ । बिहान ब्रह्ममुहुर्तमा  उठेर करदर्शन गरेर प्रक्रिती र ईश्वरप्रती अनुग्रहित भएर मात्र दिनचर्या  अघि बढाउने चलन त प्राय : लोप भैसक्यो ।  अब त उठ्नेबित्तिकै नेट जडान गरेर त्यो पहिले हेल्लो भन्ने बक्सोमा टुङ तुङ् आवाज आएर कहलिएको सामाजिक सन्जालको उपस्थिती जनाउनै पर्‍यो ।  मेरोमा पनि त्यस्तै  आवाज आयो र के अाइपुगेछ त भनेर हेर्दा एउटा साथीले मलाई प्रश्न पठाएको रहेछ ।  " शम्भु ! तिमीले यो च्याट फेस्बुक आदी बाट के असाधारण प्राप्त गर्यौ ? " कस्तो गम्भिर प्रश्न ! एकाबिहानै गुरुको प्रबचनका दिब्यबाणि सुने जस्तो भयो ।  केही समय सोचमग्न भएँ ।  केही समय मौन रहेँ ।  केही बेर मनमा अशान्ति   भयो ।  आफ्नै अन्तर्मनलाई प्रश्न गरेँ र उत्तरको आशा गरेँ  ।  तर कतैबाट पनि मन शान्त पार्ने चित्त बुझ्दो उत्तर भने आउन सकेन ।  अनि बेवास्ता गरेर त्यस प्रश्नको उत्तरमा  अल्झिन छोडेर नित्य कर्म गर्न लागेँ ।  स्नान गर्ने बेला पानी शरीरको धुलो प

अस्पतालबाट " रेफर "किन नहोस् त ?

अस्पतालबाट  " रेफर "किन नहोस् त ? एमबिबिएस पास गरेपछि तेस्रो  बर्षमा हिडिरहेको छु म ।  म हिडिरहेको छु किनकी म काम गर्ने निकाय कागजमा दौडिए पनि यथार्थमा हिडिरहेका  जस्ता छन्।  म समयसँग दौडिन खोज्छु ।  म पाइला अगाडि सार्न खोज्छु ।  रफ्तार बढाउन खोज्छु ।  तर मेरो काम गर्ने सरकारी  अड्डा सधैं हिडिरहेको हुन्छ ।  किनभने बिरामीको आशा अनुसार सेवासुबिधा गतिमान  छैन ।  सेवाग्राही भने म भन्दा छिटो दौडिन  थालेर हो कि संचार, जनचेतना   र यातायातले फड्को  मारेर हो । सेवाग्राहीले बिशिस्ट छिटो सस्तो र राम्रो सेवा खोज्ने गर्छन्।  समस्या सेवाको  खोजीले भन्दा पनि उनिहरुको आत्तुरिपन र अर्धचेतनाले खडा गरेको छ ।  बिरामी जाँच्नु ,परामर्श दिनु  र उपचार गर्नु त मेरो कर्तब्य नै हो ।  हो। म सधैं सबै रोगको उपचार गर्न असमर्थ छु ।  जानेसम्म गर्ने प्रयास भने अवस्य गरेजस्तो लाग्छ ।  बाँकी केसहरु त माथिल्लो सुबिधायुक्त  अस्पातलमा  प्रेषण गर्नुको बिकल्प हुँदैन  म सँग ।  जसलाई मैले  प्रेषण  पुर्जामा "रेफर " भनेर लेख्ने गर्छु ।   । सामान्य रुघाखोकीका  बिरामीदेखि लिएर पक्षघातजस्ता अनेकन बिरामी अस्पत

अब त पढ्छु ।

अब त पढ्छु । आज त पढ्छु   अति नै भयो भनेर बिहानै उठ्ने साइत खोजेको नि आज १८ महिना बितिसकेछ ।  समय त चिप्लिदै जादो रहेछ ।   किताबका पाना नपल्टाएको पनि आज १८ महिना बितिसकेछ ।  कसो भोलि त पड्चु भनेर नभनेकोमा चाँही खुशी नै हुनुपर्ने अवस्था लाग्छ ।  नभए त भैरब अर्यालले भनेको जय भोलि पूर्ण  सार्थक हुन्थ्यो होला ।  तर जय भोलि अहिले जय आज भएको अनुभब हुन थालेको छ ।  भोलि त आउदैन भन्ने थाहा थियो ।  अब त आज पनि नआउने र छेपाराको शास्त्र जस्तो भएकोमा आँफै लाई अचम्म लागेको छ ।  जीवनमा जस्तै पढाइ मा पनि उतारचडाब  हुनु स्वाभाबिक रहेछ ।  पढ्नु पनि बानी रहेछ ।  बानी बिग्रिएपछी सुध्रिन गार्हो ।   म त पढ्ने मान्छे पो हो भन्ने कुरामा घमन्ड पनि उम्रिएको थियो कुनै बेला ।  त्यो स्वाभाबिक पनि थियो किनकी म कुनै खेल खेल्ने गहिरो अभिरुची पनि थिएन ।  म टाइम पास पनि किताबका पानामा गर्न सक्ने सामर्थ्य राक्थे । तर त्यो सेखी आज सप बिलिन भैसक्यो । समय पाए भने त अबस्य पढ्छु भनेर गुल्मी जिल्ला अस्पतालमा भएको पोस्टिंग बाट रिडी सरुवा गर्न नि एक वर्षा लग्यो ।  तर रिडी सरुआ गर्ने बेलामा लोकसेवाको नतीजा प्रकाशन भयो र नाम

यो तिनपानिको महिमा !

यो तिनपानिको महिमा ! मनको शान्ति र अनुहारको कान्ति उडेको जस्तो देखिने कालो कालो अनुहारमा अरुण ऊपत्याका जस्तै खाल्टो परेको गाला , सुकेर हड्डी देखिएका हातहरु , पेट डम्म  सुन्निएको , खुट्टा सुन्निएको , लामो लामो सुस्केरा सहित श्वास   तान्ने प्रयासमा बेड न. ४ मा बेड्को छेउमा खुट्टा झुन्ड्याएर बसिरहेकी   अन्दाजी ४५ बर्षकी  महिला देखेर सुरुमा फेरी अर्को सोमरसको महिमाले जिर्ण तुल्याएको शरीरको अवस्था टुलुटुलु  हेरेर निरीह बस्नुपर्ने जस्तो लाग्यो ।  "कति  दिन भयो भर्ना भएtको ?" मैले सोधे ।  " २ दिन भयो " , बिरामीको आफ़न्तिले उत्तर दिए ।  " पेट सुन्निएको रहेछ ।  पहिले तिनपानी धेरै लिनुभएछ जस्तो छ ।  यो तिनपानिको महिमा अपरम्पार छ ।  छ ।  " "डा. साब ।  मैले आज सम्म रक्सि कस्तो हुन्छ थाहा छैन ।  " , लामो सुस्केरा तान्दै भनिन् ।  त्यसपछि भने मलाइ झस्यांग भयो ।  आफ्नै दिमाग पनि मन्द गतिमा अग्लो फलामे डन्डिमा झुन्डिएको सलाइनको बोत्तलबाट थोपा थोपा गरि झरिरहेको जस्तै सुस्त लाग्यो ।  कस्तो पुर्बाग्रह सहित र हेयले मैले त्यो पूर्वनुमान लगाएर मदिराको  महिमा ठानेको

बिरामीको आशा र मेरो निरीहता

पाहाड-हिमालका दुर्गम गाउँहरुमा स्वास्थ्य सेवाको पहुँच छैन। त्यस्ता ठाउँका मान्छे बिरामी परे भने, कति दिन लगाएर स्वास्थ्य चौकी वा जिल्ला अस्पताल पुग्छन्। कति त भगवान भरोसा, त्यतिकै बसिदिन्छन्। यस्ता गाउँहरुलाई लक्षित गरी हुने स्वास्थ्य शिविरहरुमा उपस्थिति हेर्दा अनुमाग गर्न सकिन्छ कि त्यहाँका मानिसहरुको स्वास्थ्य सेवामा पहुँच कस्तो छ भनेर। उकाली-ओराली छिचोल्दै आशाको पोको बोकेर एकीकृत घुम्ती शिविरमा आउनेहरु सयौँ हुन्छन्। प्युठानको एउटा गाउँमा भएको घुम्ती शिविर पुग्दा मैले अनुभव गरेका केही कुरा यहाँ पोख्न चाहन्छु। चाउरिएका अनुहार, कुप्रिएका ढाड, दमले पीडित शरीर, खिइएका घुँडा, भारीले थिचेर गलेका ज्यान, सँधै दुखेर फत्रक्कै पार्ने पेट, जन्मदैदेखि विकास हुन नसकेका शरीर आदि धेरैको भरोसाको केन्द्र बन्छ गाउँमा पुग्ने शिविर। आफ्ना केही न केही स्वास्थ्य सम्बन्धी गुनासो बोकेर शिविरमा ओइरो लाग्नेहरु कति हुन्छन् कति। घुम्ती शिबिरमा जिल्लाबाट आएका सरकारी डाक्टरले केही फरक गर्लान् र केही चमत्कार हुन्छ कि भनेर आशा बोकेका निर्दोष मनहरुसँगको दुई दिनको साक्षातत्कार मेरो लागि अविस्मरणीय रह्यो। त्यँहाको वा

एक यन्टिबायटिकको आत्मकथा

मलाई बचाउ ।  आफु बाँच लामो समयको युद्धपछि आज म काम नलाग्ने बेकम्मा धूलो र  पानी भएको छु ।  जिबाणु किटानुहरुसँगको  मेरो युद्धको  गाथा कुनै महाभारत भन्दा कम छैन ।  आज मेरो अस्तित्व त छ ।  तर मैले कसैलाई केही काम गर्न नसक्ने भाईसकेको छु ।  मेरो आफ्नो कुनै साख छैन ।  कुनै समयमा मेरो धेरै दुरुपयोग भएको थियो । आज त्यसको प्रतिफल भोग्दैछन् मनुस्य ।  मलाई एउटै कुरामा उदेक लाग्थ्यो कि मलाई बनाउन सक्ने बुद्धिभएको मनुस्य प्रजातिले मलाई चलाउन भने  रत्तिभर जानेनन् ।  शायद मलाई चलाउने कडा    कानुन बनाउन सकेनन् ।  त्यसैले त म जथाभाबी प्रयोगमा परे ।  जसले पनि प्रयोग गर्न सक्यो ।  मेरो ब्यापार गरेर मान्छेले अथाह कमाए ।  ........ओहो ।  म त छेउ नँ टुप्पो गन्थन गर्न पो लागेछु ।  मेरो उतपत्तिको कुरोबाट कथा आरम्भ गर्दा बेस हुन्छ होला । अहोरात्र खटेर मलाई जन्म दिने दिग्गजहरुमा मेरो सादर नमन छ। मलाई बनाउन त ब्रह्मजिलाई सृस्‍टि बनाउन भन्दा कठिन परेको जस्तो लाग्छ ।  दिमागका कोशीकाहरुलाई धेरै कसरत परेको थियो होला ।  अनिदा आँखा कत्ती राता भएका थिए होला । हजारौँ पटक मोलेक्युल नमिलेर एक्सपेरिमेन्ट फेल भएको थियो

रमाउने बानी

रमाउने बानी " डाक्साप  त हाम्रो ठाउँमा पनि  रमाउन थाल्नुभएछ ।  जे होस् सधै अनुहारमा खुसि देखाउनुन्छ ।  " एक नियमित बिरामीले एक दिन भने ।  एक छिन घोत्लिएँ म ।  अनि स्मरणमा लाम्बद्ध गरी आफ्नै र साथिभाइका बिगत र बर्तमान नाच्न थाले ।   सानो छँदा टि भि देखेर नै रमाउन सकिन्थ्यो ।  फूल र चरा  देखेरै मुग्ध भइन्थ्यो ।   ।  समयको पनि उमेर ढल्किँदै गएछ जस्तो छ  । समयलाई  बुढ्याउली लागेको हो कि परिपक्व   भएको हो  ,रमाउने कुरा पनि परिवर्तन हुँदै गएछन् सायद ।  पोखरा छँदा लेकसाइड र मनिपालका हाता भित्रै रमाइन्थ्यो ।  सुन्दर र सितल बातावरण    । सबै तनाब हरण हुने ।  आफ्नै उमेर हो कि समय र परिस्थिती हो ।  चित्त बुझाएर रमाउने भएको हो कि चित्त प्रफुल्ल भएर रमाउने भएको  भन्ने एकीन गर्न सकेको छैन मैले ।  शायद बानी परेछ ठाउँ ठाउँको ।  राज्यलाई पनि म रमाइरहेकै र भुलिरहेकै मानिरहेको होला जस्तो लाग्छ ।  तलबभत्ता  त दिएकै  छु भनेर गर्व गरेर आनन्द मानेको हुनुपर्छ।  आउनुहोस् साथी ।  दुर्गम बसाइको  रमाइलो यात्रामा  केही क्षण रमाउन ।  सुरुमा कहाली लाग्ला । नआत्तिनुहोला ।  राराको छोटो समयको