Posts

Showing posts from August, 2022

डेङुमा सेतो रगतको त्रास ! कत्तिको जायज छ त ?

सेतो रगतको त्रास ! कत्तिको जायज छ त ? एक जना अन्दाजी ७० वर्षका बुवा हस्याङ्फस्याङ गर्दै दौडिँदै देख्छु । उनको दौड ब्लड बैंकतिर रहेछ । कुरा बुझ्दा  उनका नातिलाई डेङु भएको रहेछ । डेङुले सेतो रगत घटाएकोले तुरुन्त सेतो रगत( platelet) उपलब्ध गर्नुपर्ने भनेर अस्पतालबाट भनिएको रहेछ । सेतो रगत कम भए रगत बगेर ज्यान जान सक्छ भनेर बुवा धेरै नै आत्तिनुभएको रहेछ । उनको नातिको सेतो रगतको मात्रा ३५००० / क्यु. मि.मि.  रहेछ । ती बुवामा जुन किसिमको आत्तुरी थियो, त्यो आत्तुरी पैदा हुनु नै राम्रो कुरा हैन । बुझाइको कमी हो वा ज्ञानको कमी हो, त्यसरी व्यक्ति हतास मात्रै हुन्छ । अनावस्यक सेतो रगतको खपतले वास्तवमा चाहिने व्यक्तिलाई चाहिएको वखतमा मद्दत गर्न नसकिने हुनसक्छ । यसबारेमा तथ्य के हो त भनेर दुई चार शब्द नलेखी म बस्न सकिन ।  अहिले बुटवल क्षेत्रमा एउटा त्रास व्याप्त देखिन्छ । सेतो रगतको त्रास । अर्थात् Platelet भन्ने रगतमा पाइने तत्व घट्ने त्रास । किनभने डेङुको प्रकोपले यो क्षेत्र आक्रान्त पारेको छ । ज्वरो आउने, टाउको दुख्ने, आखाका गेडि दुख्ने , जिउ दुख्ने लक्षण  देखिएको खण्डमा डेङुको सहज अनुमान लगाउन

कालो चस्मा र उनी ।

Image
कालो चस्मा पछाडी लुकेका नयन ।  स्वभावले नै नयन चलायमान हुन्छन् ।  निकै लोभी हुन्छन् । आकर्षक हुन्छन् । कसैका  नयन चिम्सा हुन्छन् । कता खोपिल्टामा हराएका जस्ता । भनिन्छ आँखा भित्री शरीरको ढोका हो । आँखाभित्रको पर्दाको परिवर्तनले शरिरको रोग थाहा हुन्छ  । जस्तै रक्तचाप । मधुमेह । त्यो त चिकित्सकिय कुरा भए । नयनमा मान्छेको भाव झल्किन्छ । निराशा । खुसी । आशा । कौतुहलता आदि ।  प्रसङ्ग एउटा बिहेको दिन । कहिल्यै कालो चस्मा नलगाउने भएपनि त्यो दिन कालो चस्मा लगाएको थिएँ । कालो चस्माले नयनहरुलाई शितलता प्रदान गर्ने रहेछ । त्यसबाट हेर्दा नयनहरु जता नाचे पनि कसैले थाहा नपाउने हुनाले बडो फाइदाजनक लाग्यो । बिहेको दिनमा पनि कालो चस्मा लगाउनुको प्रयोजन त्यही नै थियो । सबैको ध्यानको केन्द्रविन्दु हुँदा अप्ठेरो लाग्ने हुनाले सहज हुन मद्दत गर्छ । आँखामा देखिने भाव पनि सजिलै लुकाउन सकिन्छ ।  एउटा कुनामा बसेर पार्टी प्यालेसको पुर्ण अवलोकन गर्दा विभिन्न दृश्य देख्न पाइन्छ । बेहुला वेहुलीको बन्धन गर्ने कर्मकाण्ड एकतर्फ चलिरहेको हुन्छ । पण्डित पनि हतार हतार गर्दै मन्त्र उच्चारण गरिरहेका हुन्छन् । हलमा कसैले आइ