Posts

Showing posts from June, 2017

Alien experience

भरतपुर अस्पातलको अपरेसन  कक्षको अनुभब ।  । " डाक्टर  ! तपाईंले गरेको drape मिलेन ।  किचकिच  गर्‍यो भन्नुन्छ कि भनेर भनिन ।  "  एक जना अपरेसन कक्षमा काम गर्ने नर्सले भनिन्   ।  बिल्कुल सबै देखेको कुरा तर नयाँ व्यक्ति र परिवेशमा पाइला टेक्दा कसैले परिचयका शब्दहरु ले  स्वागत गर्दा सहज बातावरणको अनुभूति हुन्थ्यो होला ।  तर नयाँ पारीबेशमा आफै शब्द  निकालेर सहज गर्न खोज्दा झिजो लाग्ने र बढी बोलेको हो कि भन्ने  पाराको मनोविज्ञान पूरा   अपरेसन कोठाका कुनाकुनामा रहेको महसुस हुन कत्ति पनि बेर लाग्दैन ।  सपैको आवाजमा डेसिबल् बढेको हुन्छ ।  सबैका गफ पेलिँदै  हावामा फैलिने प्रयास गरिरहेका हुन्छन् ।  बेहोस गराउने  युनिट त अरु बेला नगएको ध्यान मनिटरमा केन्द्रित गरेर गजक्क नै परेको हुन्छ । नुर्सिङ्ग स्टाफ कैची आदि सामानको तयारीमा लागेको हुन्छ ।  लाग्छ कि सबै यस संसारका लीला जति आफै रचिरहेका छन् र आफ्नो उपस्थिती बेजोड्का साथ् देखाएर तिमीहरु "अलिएन " हौ भन्ने संकेत गर्न खोजेजस्तो प्रतित हुन्छ ।  हुन पनि नयाँ सिक्न गएका व्यक्तिहरु नभएपनी संसार चलेको थियो ।  suction monitor warmer  l

यो तिनपानिको महिमा !

यो तिनपानिको महिमा ! मनको शान्ति र अनुहारको कान्ति उडेको जस्तो देखिने कालो कालो अनुहारमा अरुण ऊपत्याका जस्तै खाल्टो परेको गाला , सुकेर हड्डी देखिएका हातहरु , पेट डम्म  सुन्निएको , खुट्टा सुन्निएको , लामो लामो सुस्केरा सहित श्वास   तान्ने प्रयासमा बेड न. ४ मा बेड्को छेउमा खुट्टा झुन्ड्याएर बसिरहेकी   अन्दाजी ४५ बर्षकी  महिला देखेर सुरुमा फेरी अर्को सोमरसको महिमाले जिर्ण तुल्याएको शरीरको अवस्था टुलुटुलु  हेरेर निरीह बस्नुपर्ने जस्तो लाग्यो ।  "कति  दिन भयो भर्ना भएtको ?" मैले सोधे ।  " २ दिन भयो " , बिरामीको आफ़न्तिले उत्तर दिए ।  " पेट सुन्निएको रहेछ ।  पहिले तिनपानी धेरै लिनुभएछ जस्तो छ ।  यो तिनपानिको महिमा अपरम्पार छ ।  छ ।  " "डा. साब ।  मैले आज सम्म रक्सि कस्तो हुन्छ थाहा छैन ।  " , लामो सुस्केरा तान्दै भनिन् ।  त्यसपछि भने मलाइ झस्यांग भयो ।  आफ्नै दिमाग पनि मन्द गतिमा अग्लो फलामे डन्डिमा झुन्डिएको सलाइनको बोत्तलबाट थोपा थोपा गरि झरिरहेको जस्तै सुस्त लाग्यो ।  कस्तो पुर्बाग्रह सहित र हेयले मैले त्यो पूर्वनुमान लगाएर मदिराको  महिमा ठानेको

मेरो त गाडी छुट्यो डाक्साप ।

मेरो त गाडी छुट्यो डाक्साप   । आज आईतवार प्राय जसो OPD  मा धेरै भिड लाग्ने दिन हुँदा अलिकति बढी खट्नुपर्ने पूर्व अनुमान हरेक आईतवार जस्तै आज पनि सबेरै भयो ।  एउटै काम बारम्बार गर्दा जाँगर बिस्तारै सेलाउँदै  जानु स्वाभाबिक नै हो जस्तो लाग्छ। त्यस्ता आईतवार त कती आए र कती गए । आजको आईतवार भने बिहानै  देखि जाँगर भन्ने कुरो कताकता बिलिन भएजस्तो भएको थियो ।  त्यसैले घडीले कार्यालय समयमा २० मिनेट बढी बजाइसक्दा बल्ल औपचारिक पहिरनमा OPD  कक्ष पुगेर आफ्नो कुर्सिमा बसेँ ।  र   बिरामी पालैपालो भित्र पठाइदिन सहयोगी दाइलाई भनेँ ।  सबै बिरामी एकै प्रकारको रोगले नआउने हुँदा बराबर समय सबै जनालाई दिन नपर्ने र नसकिने हुन्छ ।  कसैलाई अली बढी समय लाग्ने हुन्छ त कसैलाई थोरै ।  बिस्तारै बिरामी हेरिरहँदा घडीले १२ बजाएछ ।  धेरै बिरामी हेरेर भिड त खुम्चिए होला भनेर ढोकाबाट बाहिर चियाएको त अझै खचाखच भिड्ले भरिएको थियो ।  बिरामी त कत्ती पनि कम भएजस्तो लागेन ।  तैपनी म आफ्नै अनुकूलताले  राम्रोसँग समय लिएर नै गर्छु भनेर पानी घुटुक्क तानेर मुख भिजाए ।  "मलाई हतार छैन ।  दिनभरि  त बाँकी नै छ "   भनेर

के मेरो बच्चा बाँच्दैन ?

के मेरो बच्चा बाँच्दैन ? घामले कोठामा  प्रबेश गर्न नपाउँदै एकाबिहानै ७ बजे अस्पतालको इमेर्जेन्सिबाट फोन आयो ।  एउटा बच्चा सिकिस्त आएको छ भनेर बोलाएको हुँदा जुरुक्क उठेर हातमुख पनि नाधोइ चस्मा भिरेर द्रुत  गतिमा इमेर्जेन्सि पुगेँ ।  अन्दाजी १ बर्षको बच्चा शरीरमा पानी नपुगेर छाला पूरै सुकेको देखिने ,श्वास फेरेर छाती तलमाथि गरेको नदेखिएको बच्चा पछ्यौराले समाएर  ठूलो  आशाका साथ बसेकी महिलाको अवस्था  देखेर माया लाग्यो ।  बच्चा  जाँचेर  हेर्दा आँखाका नानी ठूला भैसकेको  श्वास प्रश्वास नदेखिएको तालु खोपिल्टिएको मुटुको धड्कन सुन्न नसकिएको र छाला तान्दा धेरै बिस्तारै फर्किएको थियो ।  त्यहिबेलामा " के मेरो बच्चा बाँच्दैन ? डाक्साप " भनेर आशाका साथ प्रश्न सुनियो । उसको बोलीमा कति आशा थियो भनूँ  कि सत्यता मान्न मनले नमानेको थियो भनूँ    ।  सत्य कुरा भन्न निकै   अप्ठेरो परेको थियो मलाइ ।  कालको अगाडि निरीह  उपस्थित थिएँ म ।  सक्ने भए त उडेर गएको प्राणवायु खिचेर फेरी शरीरमा तत्काल राखिदिन्थे ।  कुरो बुझ्दै जाँदा बच्चालाई पखाला लागेको २ दिन भएको रहेछ ।  तर पखाला लागेर जीवनजल खुवाउन भनेर

नाडी छाम्ने डाक्टर ।

नाडी छाम्ने डाक्टर । सल्यानको श्रीनगरबाट कारीब १ घण्टाजतिमा  केहि समय पूर्व नगरपालिका  घोषित गरिएको थारमारे  नाम गरेको ठाउँ छ ।  सानो थारमारे  नामको बजार पनि छ ।  त्यही सानो बजारबाट रूकुमको चौरजारी  जाने धुलाम्मे बाटो हुँदै १५ मिनेटको पैदलमा १५ वटा गाबिसलाई सेवा दिने थारमारे प्राथमिक स्वास्थ्य केन्द्र एउटा फराकिलो समथर जमिनमा  झोक्राइरहेको छ ।  समयको  रफ्तार सँगै आफ्नो हेरचाह हुन नसकेकोमा दु:ख मानेको जस्तो देखिन्छ ।  बिजुलीको क्षमता देखी संचारको नाममा टेलिफोनसम्म नहुँदा नगरपालिका भित्रै छु र भन्ने प्रश्न बातावरणमा गुन्जिराखेको हुन्छ ।  प्राथमिक स्वास्थ्य केन्द्रको आँगनबाट  चारैतिर  रहरलाग्दा पातला देखी  बाक्ला बस्तिहरु देखिन्छन् ।  बाँकी भाग पूरै सल्लाका रुखहरुले ढाकिएका छन् ।  उत्तरितर्फको सानो पहाडको टुप्पोमा प्राथमिक  स्वास्थ्य केन्द्रबाट ४० मिनेट जतिको पैदल हिंडे पछि सानो बस्ती रहेको छ ।  सधैंजसो बिहानिपखको ६:३० बजेको समयमा शरीरलाई कसरत पुग्ने मानेर त्यो सानो बस्ती सम्मको उकालो चडेर  चौतारीमा  बसिराखेको थिएँ । "बाबु नयाँ हौ  कि ? पैले देक्थेन त। " भनेर एक तिलक लगाएका

डाक्टर र पलायन

डाक्टर र पलायन " दाइ  ! म त अात्तिसकेँ ।  सरकारले १० -५ सेवा भन्छ ।  आफ्नो त बेहाल छ। समयको टुङो  छैन ।  पढाई त डामाडोल छ ।  म त सर्नुपर्‍यो ।  "   एक जना छात्रब्रित्ति करारमा जिल्ला अस्पातलमा काम गरिरहेको  भाइले अप्रसन्न मुद्रामा सटिक वाक्यमा आफ्नो  दिक्दरी प्रस्तुत गरेको आभास भयो ।  यि थकित ब्यक्तिका शब्दहरु हुन्  कि अकर्मण्य  मनसिकताको उपज हुन त ! सोच्न वाध्य बनायो मलाई ।  शरीरको काम गर्न सक्ने पनि एउटा सिमा हुन्छ। त्यो सिमा नाघेको  दिन शरीरिक र मानसिक अवस्थामा बिचलन आउन सक्छ। शरीर कामको बोझले थाक्नु स्वाभाबिक हो। तर जुन दिन हृदय थाक्छ  ,त्यो दिन मुस्कान सहितको  सेवा भन्ने मर्म खोक्रो हुन्छ,  देखावटी  हुन्छ। प्रसँग राष्ट्रबाट डाक्टरको पलायनको कुरो हैन। यो त एउटा कर्मथलोबाट थाकेको डाक्टरको मनको बिलौना हो  ।  यो त संचित दिक्दारिपना हो ।  त्यो कर्मथलोबाट उम्किन खोज्ने बिचारको प्रदुर्भाबले जन्मिएको पलायनवाद  हो ।  राष्ट्रबाट डाक्टरको पलायन त धेरै पहिले देखी नै मलजल गरी हुर्काइएको  संस्कार  हो। यदि कसैले यस कुरामा बेमति राख्छ भने एक दुई बर्ष अघिसम्म टिचिङ कलेज महाराजगन्जबाट

Training to healthworkers : skill learning or money distribution?

गाडीमा पोलियो थोपाका गफ । स्वास्थ्यसँग सम्बन्धित कुरा गाडीहरुमा यात्रा गर्दा धेरै सुन्न पाइन्छ  । फलानो अस्पातल , फलानो डाक्टर, फलानो मेडिकल, फलानो ठाउँ आदिका तीता  मिठा कुरा यात्रुहरुले गरिरहेका हुन्छन्। ति सबै कुराहरु ब्यक्तिगत अनुभबले पारीपोषित हुने हुँदा त्यति महत्व राख्दैनन् ।  एकपटक  नेपालगन्जबाट बुटवल जाँदै गरेको गाडीमा चडेपछि गाडीमा सुनेको पोलियो थोपाको गफ भने राष्ट्रिय स्तरमै हुने कार्यक्रमसँग जोडीएको हुँदा  कलममा मसी नभरी चित्त बुझेन । " ट्रैनिङ  त ठिकै थियो ।  अरुभन्दा  भत्ता पनि राम्रै रहेछ ।  पोलियो  थोपा अब २ पटक दिए पुग्ने भयो। " भन्दै एक जना मेरो सिट पछाडि बसेका ब्यक्तिले अर्को साथीलाई भन्दै थिए ।  गाडी भित्रको भिडमा पनि स्वास्थ्यसँग सम्बन्धित कुरा भएर होला ।  मेरा कानले त्यो कुरोकानी टिपिहाल्यो र मस्तिस्कमा नयाँ जानकारीले हलचल गरायो ।  त्यो २ मात्रा पोलियो थोपा दिने कुरा मलाई अस्वभाबिक लागेर अझै चासो दिएर सुन्न मन लाग्यो  । ३ मात्रा खुवाइने पोलियो थोपा २ पटकमात्र  खुवाउने कुरोमा ति ब्यक्ति धेरै नै विस्वस्त भएको देखेर मलाई त्यसको कारण सोध्न मन लागेर पछाड

Namaste doctor

नमस्ते डाक्साप ! नमस्ते  सिस्टाचारको बिधि पुर्याउने सहज  शब्द हो ।  यो शब्द सर्बब्यापी छ नेपालमा ।  आफूभन्दा माथिको पदलाई सम्मान स्वरुप नमस्ते भनेर वा गरेर अभिबादन गर्ने चलन  छ । नमस्ते नखाइकन र नगरिकन  कार्यालयको सुरुवात शायद हुँदैन ।  पदिय मर्यादाको अस्मिता जोगाउने हिसाबले नमस्ते गरिएको हो । नमस्ते हात मिलाउनु भन्दा बिज्ञानसम्मत भएको कुरा त swine flu को बिगबिगी हुँदा सबैले जानेकै कुरो हो । जे होस् नमस्तेको गरिमा उच्च छ भन्दा फरक नपर्ला ।  नमस्ते गर्ने मात्रै  नभएर नमस्ते फर्काउनुपर्ने पनि हुन्छ ।  सबै नमस्तेबाट सुरु भएका वार्तालापको अन्त्य प्रिय नै हुन्छन भन्ने छैन ।  कति "नमस्ते डाक्साप " भनाइमा हर्ष भन्दा तितोपना मिसिएको अनुभुती हुन्छ । कार्यालय  भित्रका कर्मचारीको नमस्ते आदनप्रदान पछि बिरामीको नमस्ते पनि मनग्गै  खान पाइन्छ  ।  सबै नमस्ते गरेर कुर्सिमा बसेका बिरामीले उपचार परामर्श पस्चात नमस्तेको ठाउँमा मनमनै गाली गर्दा हुन्    ।  नगरेर पनि के गरुन् ।  सन्चारमा सरकारी अस्पातल त सबै निसुल्क हुन्छ भनेर बारम्बार सुनेर आएका हुन्छन्। एक प्रकारले भन्दा केही कुरा निशुल्क हुन

सलामी पानीको कथा :अनि यसरी भएँ म जनताको प्यारो डाक्टर !

जनताको  प्यारो डाक्टर । मनको अशान्ति अनुहारका कुनाकाप्चामा देखिने गरी मलिनता छाएको छ ।  बेखुसी ब्याप्त देखिन्छ ।  हिडाइमा सुस्तपन  छ । अनुहार मात्रै  देखाउन हो कि भन्ने गरी टाउको र दुबै कुमलाई पछ्याउराले सजाएर कुर्सिमा बस्छिन् एक अन्दाजी ३० बर्षिय  महिला ।  पटुकाले  पूरै  पेट बेरेको छ ।  श्वास नै फेर्न गार्हो भए जस्तो गरी लामो सुस्केरा पनि सुनिन्छ ।  त्यही सुस्केरामा उनको सलामी पानीको (सलाइन ) आशा लुकेको छ । " डाक्टर बाबु ।  हाड्ज्वरो आम्च ।  गरम हुन्छ ।  केही गरी सितल गर्नुपर्‍यो "  उनी आफ्नो ब्यथा पोख्छिन् ।   " पोहोर साल यहि बेला सलामी चडाएर  सितल भाको । शरीरबाट पानी सकिएछ ।  सलामी  चडाउनुपर्छ भन्थे डाक्टरले ।  "  यस्तो कथा सुन्ने बानी परेको त पत्तै भएनछ मलाई ।  पहिले जस्तो प्रतिक्रिया नै आउन छाडिसकेछ ।  फेरी अर्को सलामिको गहिरो जरो बसेको बिरामी आयो भनेर जांगर नलाई नलाई फर्किएर उनको नाडी छाम्छु ।  आफ्ना  शब्दहरु खर्चिन मन लाग्दैन मलाई ।  खै किन हो जांगर  नै लोप भइसकेछ  ।  पहिले यस्ता   कथा सुन्दा सुन्दा र सल्लाहा दिँदा दिँदा  जाङर भन्ने कुरा लोपोन्मुख थियो ।

Mental health unaddressed.

के पोस्ट्मोर्टम गरेर मात्र होला त ? " डाक्साप ! एउटा लाश आएको छ ।  झुन्डिएको हो ।  शंका त अहिलेसम्म केही छैन ।  "  फोनमा आवाज आउँछ ।  प्रहरीको यस्तो  आवाज र शब्दले धेरै  दिनको सुरुवात गराएका छन । एक दिन १२ बर्षको बालकको  पोस्ट्मोर्टम गर्नुपर्यो ।  जिज्ञासा  लागेर बुझ्दा कुरो के रहेछ भने आमासंग पैसा माग्दा आमाले हप्काएपछि बेल्टको  पासो लगाएर कोठामा झुन्डिएको सुनेपछि चस्स भयो ।  अब त उमेरको पावन्दी र कारणको बिबिधता  पनि फराकिलो हुन लागेको आभास भयो । सर्जनले अपरेसन  गरेका लगभग सबै बिरामी त अपरेसन पछि उठ्ने गर्छन् ।  एकाध घटना मात्र दुर्भाग्यपूर्ण होलान् ।  रोग सन्चो भएको नभएको भन्नलाई ब्यक्तिका श्वास र मुटुले अझै साथ दिएकै हुन्छन ।  नतिजा पनि थाहा हुन्छ ।  तर मान्छे मरेपछि  गरिने अपरेसन(पोस्त्मोर्टम  ) मा  भने आ-आफ्नो संस्कार अनुसार माटोमा समाहित हुन्छन् कि त अग्निमा बिलय हुन्छन्  ।  भन्नलाई त काल नआइ मरिन्न भने पनि आफूसँग भने अकाल मृत्‍यु मानिएका घटना वैज्ञानिक    प्रमाणले अझै चिरफार गर्ने हेतुले पुलिसले ल्याइपुर्याउँ छन् ।  सायद मरेपछी  अपरेसन गरिएका अधिकांशहरु  स्वास फेर्