Posts

Showing posts from September, 2017
लापर्बाहिको न्वारन । रोग निदान नहुँदाको चिन्ता ।  भर्ना गरिएका बिरामीको सुधार हुने आशा ।  हाँसेर दिब्य स्वच्छ मुस्कानले बिदा गर्ने प्रयास ।  यी  सबै बिरामीप्रतिको चासो र समर्पण ।  तर कहिलेकसो त रोग नै अप्ठ्यारो र मायाबी लाग्छ ।  निदान गर्नै मुस्किल । निदान गरेको पनि छद्मभेसी रोग पर्ने ।  नचाहँदा पनि यमपासमा परि  नै हाल्छन् कहिले कसो ।  अनि न्वारन गर्न अाइपुग्छन्  टाठाबाठाहरु " लापर्बाही " ।  फिँजिन्छ यो न्वारन गरिएको शब्द हावासरी ।  एक हूल जम्मा हुन्छन् रमितेहरु  ।  सुरु हुन्छ आक्रोश र तोड्फोड्  ।  उता हतास एक्लो डाक्टर  थाप्लोमा हात राखेर कुनामा ज्यान जोगाउन बसेको ।  कठै ! ए हजुर ।  लापर्बाहीको न्वारन गर्ने पन्डितहरु ।  ज्ञान र बिबेकको नयन खोल ।  प्रत्यक क्षण चलायमान यो अद्बुत शरीरको  सम्रचना बुझ्न् त्यति सजिलो छैन ।  गणितिय  अनुक्रम र फर्मुलामा रोग पूरा चल्दैन ।  लापर्बाही सर्बब्यापी छ ।  तर न्वारन केबल बिरामी ,डाक्टर र अस्पतालको प्रसँगमा मात्र अत्याधिक प्रयोग हुन्छ ।  मैले त धेरै ठाउँ लापर्बाही महसुस गर्छु । खाल्डा नभएका बाटो शायद बिरलै होलान्   ।  बाटो बनाएको एक बर्ष

Fever and misconception

मौसमी ज्वरो ।  राता राता रसिला आँखा  र नाकबाट पातलो सिङान  रसाउदै प्रबेश हुन्छ ओपिडिमा  एक ७ बर्षिय   बालिकाको ।  उसका  साथमा छन् बाबुआमा  ,दिदी र भाइ  ।  सबैका उस्तै समस्या ।  कोही खोक्दै त कोही नाक सुरुक्क तान्दै पुछ्दै ।  सबैजना खोकिरहेको आछ्यू गरेको देखेर स्वास्प्रस्वासबाट सर्ने रोगका असंख्य किटानु जिबाणुको कोठाभरि ब्रिष्टी सम्झिदा आँफैलाई त कतै समाउने हैन भन्ने पीर  लाग्छ सधैं ।  त्यो जोखिम र पीर देख्ने को नै होला र ! ति सबैलाई ज्वोरोले समाएको एक हप्ता भएको रहेछ ।    उपचार पनि एक हप्ताको नै ।  औषधी भने ट्याब्लेट देखी सबैको प्रचलित "सुइ"  प्रयोग गरिसकिएको रहेछ ।  के को सुइ सँग मतलब राख्दैनन्  बिरामी ।  लेखिएका पर्चा ल्याउने बानी नैँै छैन ।  औषधीको पुर्जा सजिलै बिर्सिन्छन् ।  त्यसमाथि सामान्य  मेडिकलबाट औषधीउपचारको प्रमाण लेखेर दिएको थाहा पाएको छैन मैले ।  अनुमान भने लगाउन सकिन्छ अचेल ।  उहि सर्बब्यापक यन्टिबायटिक ट्याबलेटमा  " सेफिक्जिम "  र सुइमा "सेफ्ट्रायक्जोन" ।  मसँग भने संस्थामा उपचारलाई  निशुल्कको नाममा सिटामोलको अन्तिम पातो ।  दुई चार दिनदेखि