Posts

Showing posts from February, 2022

स्वास्थ्य समस्या र भ्रमहरु ।

स्वास्थ्य समस्या र भ्रमहरु ।  स्वास्थ्य चेतना समाजको दर्पण हो,  राज्यको सफलताको सुचक हो । स्वास्थ्य सम्बन्धी सहि विचार र चेतनाले स्वास्थ्य समस्याको निराकरण गर्न उल्लेखनीय भुमिका निर्वाह गर्छ । भ्रमको खेतीले रोग छिप्पिने, ढिला उपचार हुने र आर्थिक भार बढ्ने हुनाले केही स्वास्थ्यका समस्या र सो सम्बन्धी हाम्रो समाजमा व्याप्त भ्रमहरुलाई चिर्ने प्रयास गर्नु आवस्यकता हो । के मोटोपन रोग हो त ? मोटोपन एक्काइसौं शताब्दिको एउटा महामारीजस्तै हो । " कस्तो खाइलाग्दो बच्चा रहेछ । "हाकिमजस्तै देखिएछ " " पेट नलागे कहाँ पत्याउँछन् त !" यस्ता वाक्यहरुले मोटोपनालाई प्रतिष्ठित बनाउने गरेको पाइन्छ । मोटोपन कुनै प्रतिष्ठाको विषय हैन । भुडीको आकार कुनै व्यक्तित्वको चिनारी हुन सक्दैन । यो  एउटा समस्या हो । अझै स्पष्ट भन्नुपर्दा   समस्याको जालो निम्त्याउने एउटा प्रमुख कारक तत्व हो । मोटोघाटो बच्चा देखेपछि हुरुक्कै हुने र ठिक्कको ज्यानमा निराश हुने अभिवावकको सोचाइले खानपिनको अनुशासन बिग्रेको छ । रोग लाग्नुभन्दा पहिले नै रोकथाम गर्ने कार्यलाई Primary Prevention भनिन्छ भने रोग लाग्न सक्