Posts

Showing posts from April, 2020

हस्ताक्षर मनोवाद ।

Image
यस्तो हस्ताक्षर हो जसको मेरो जिवनमा महत्वपूर्ण भूमिका रहेको छ । हस्ताक्षर मनोवाद अस्पताल वार्डबाट लामो समय पश्चात मेरो हस्ताक्षर रहेको कागज हातमा लिएर एउटी   ५० बर्षीय  महिला  निस्किन्छिन् । उनका खाली खुट्टामा कारुणिक  दृश्य पर्छन् मेरा । "खै त चप्पल ? " भनेर प्रश्न गर्छु म । मेरो हस्ताक्षर अङ्कित कागज देखाउँछिन् ।  उनको निरिहता डिस्चार्ज गर्ने समयमा थाहा हुन्छ । उनले  डिस्चार्ज गर्ने काउन्टरमा पैसा तिर्न बक्यौता रहन्छ  । जसको निम्ति मेरो  हस्ताक्षर कमजोर हुन्छ  ।  गभर्नरको हस्ताक्षर कुदिरहेका नोटहरूले मात्रै पार लगाउन सक्ने हुन्छ । एक जना  बिध्यार्थिको उदार मनले मात्र ती नोटहरूको प्रबन्ध गर्न सकियो । मेरो  भित्री चक्षुले उनको भोकले बटारीएको पेटको दृश्य पनि देख्छु । आफ्नो हस्ताक्षर देखेर  मलाई आज हस्ताक्षरको नालिबेली नियाल्न  मन हुन्छ । उनका  पाइला धेरै कोश पर हिंड्न पर्नेछ । त्यो पेटले केही दिन विद्रोह नगर्नुपर्नेछ । केवल पानीले शान्त पार्नुपर्नेछ । त्यो हिँड्ने बाटो पनि चिल्ला बाटा भइदिए त हुने । तर विकासे बजेटको विकासी कामले बनेका बाटाहरुले  त्यो खाली  पाइतलालाई

पुस्तकालयको प्रेमिल जासुस । ।

प्रेमिल जासुस । । किताबका तत्वहरुमै धेरै समय डुब्ने म आज थाहै नपाई उत्रिन लागेको छु । आफैलाई देखेर अचम्म लाग्छ । समयको अस्तित्व फरक  महसुस भइरहेको छ । कम्पुटर सेक्सनबाट फोटोकपी गरेर निस्किँदा छुट्टै अस्तित्वको सन्चार हुन्छ । उनको अस्तित्वको महसुस । अज्ञात अनौठो आकर्षण हुन्छ । उनको मुस्कानले मलाई जिवन्त तुल्याउँँछ । उनलाई देखेको पहिलो क्षणमै सधैं सकारात्मक विचार मात्रै उत्पन्न हुन्छ । पुस्तकालयको किताब पढ्न के गार्हो  होला र ,जब म एउटा प्रत्यक्ष  नयाँ नखुलेको किताब पढ्ने आँट गर्दै छु । फर्किएर टाढा पुगेपछी पनि बारम्बार उनको अनुहार अगाडि आइरहन्छ । यस्तो पहिले कहिल्यै भएको थिएन ।  पहिले केवल किताब बाहेक अरु मस्तिष्कमा सयर गर्दैनथे ।  अहिले त उनको मुहार बाहेक अरुको प्रवेश निषेध छ मनको बगैंचामा । केवल उनको अस्तित्वमात्र महसुस हुन्छ । अनावश्यक रिस  उठ्ने मेरो बानी आफै शान्त हुन्छ । डाक्टरले दिने ति मन खुसी बनाउने औषधि पनि फेल खान्छन् होला जब म उनको सम्पुर्ण आभाको आभास गर्दछु । पुस्तकालय बस्दा किताबमा हुने मन बीच बीचमा उनको यादमा ब्रेक लिइरहन्छ । मनले  बारम्बार ब्रेक लिएको देखेर  दिमाग