Posts

Showing posts from July, 2020

Case report

https://onlinelibrary.wiley.com/doi/full/10.1002/ccr3.3096

एक्लोपन ।

सधैं सपनाबाट बिउँझेको मात्र कथा परिवेश बनाएकोमा झर्को मान्न पुगेका मेरा हितैषी साथीहरुलाई म विपनामा लेख्ने प्रयास गर्दै छु । सपनाबाट उठ्नुको मजा नै बेग्लै हुन्छ ।  समय बलवान छ  । समयसंग जुध्न सकिन्छ । तर धार परिवर्तन गर्न भने सकिँदैन । रात पछि बिहान हुन्छ नै । दिनपछि रात हुन्छ नै । एकान्तपनमा शान्ति प्राप्त गर्न सके मोक्ष्य प्राप्ती हुन्छ । नसके उदासीपन ।  शरिरले समयको चक्रसङ सम्बन्ध बनाइसकेको छ । त्यसैले त बिहान आफैं आँखा खुल्छन । र सपना पनि मेटिन्छन। पुनः आँखा चिम्लेर सपनामा डुब्न समयले दिदैन । उठ्ने बितिक्कै आफ्नो नित्यकर्म गरिसकेपछी भजनको संगीत धुनमा केही समय डुब्न मन लाग्छ । सधैंको दैनिकी नै भन्नुपर्ला । राधाकृष्णको भजन बज्दा मलाई पनि राधाको याद आउँछ । दु:ख त लाग्दैन । तर मीठो याद हुन्छ । अनि सोच्छु अहिले राधा संगै भए ?  जब म आफ्नो सर्ट लगाउन लाग्छु, प्रेस नगरेकोले खुम्चेको देख्छु । सधैं उनले प्रेस गर्दिने गर्थिन् । यसो सम्झिन्छु अनि सोच्छु उनी साथ भएको भए म धेरै चिटिक्क हुन्थेँ । चिटिक्क हुन पनि कारण चाहिन्छ जिवनमा । अचेल त्यो कारण लोप भएको छ । प्रेस नगरेको खुस्मिजिएर बेखुस सर्ट