रोगको भुकम्प, पैसाको पराकम्पन ।
रोगको भुकम्प, पैसाको पराकम्पन । जीवनमा घटनाक्रमलाई पर्दामा एक पछि अर्को गरी ओल्टाइपल्टाइ हेर्दै गर्दा सम्पूर्ण अहम् मेटिएर जान्छ । दु:ख आफैलाई नपर्दासम्म महसुश गर्ने निष्फल प्रयास मात्रै हुने रहेछ । कुनै दिन आँफैलाई पर्दा भने भीरबाट खसे जस्तै हुन्छ । स्वस्थ रहँदासम्म जीवनमा आकांक्षा धेरै हुन्छन् । दुनियाँ कुरा जीवनको प्राथमिकतामा परेका हुन्छन् । धन सम्पत्ति एेश आदिको आर्जनमा जीवन पुरै ब्यतित हुन्छ । आफ्नो शरीरका अङ्गहरु कत्तिको कष्टमा छन् भनेर हेर्ने फुर्सद निकालिँदैन। फुर्सद त केवल अस्वस्थ हुँदा हुन्छ । नमीठो फुर्सद हुन्छ । रोगको प्रकृतिअनुसार मनग्गै फुर्सद पाइन्छ अस्पताल सैयामा । बाध्यताले सिर्जना गरेको फुर्सद हो त्यो । तर आफ्नो फुर्सद हुँदा बाँकी जगतको फुर्सद हुँदैन । एक जना अस्वस्थ हुनाले परिवार र इष्ट्मित्रलाई समेत फुर्सद निकाल्न पर्ने हुन्छ । स्वास्थ्यलाई ध्यान दिने फुर्सद नहुँदा अस्वस्थ भएर फुर्सद पाउँदा पछुतो हुन्छ । शायद यिनै बिचारका तरङहरु केही महिनापूर्व अपर्झट एक हर मुडोजस्तो हुन पुगेकी हर्कबाहादुरको मनबाट मन्थन भएका विचार होलान् । त्यसैले त