Posts

Showing posts from June, 2022

कल्पनामा बिरामी जाँच्नुपर्दा ।

कल्पनामा  बिरामी जाँच्नुपर्दा ।  कार्यस्थलको सहजताले कार्यसम्पादन दुरुस्त हुन्छ भन्ने कुरा पक्कै हो । त्यसैले त कार्यस्थलमा भौतिक पुर्वाधारको निकै महत्व हुन्छ । कार्यालयको घडीले १० बजाउँदै छ । आनन्दसँग बिरामी हेर्न पाउँदा निकै खुसी पनि लाग्ने गर्छ । बाटोमा धुलो र धुवाँमा  चरम छाला चरचराउने गर्मीमा हिँडेर ओ पि डि कक्षमा छिर्दा चिसो वातावरणले गर्दा ताजा महसुस हुन्छ । दिमाग चल्न पनि बस्ने र काम गर्ने वातावरण सहज हुनुपर्ने हुन्छ । हुप्प गर्मीबाट ओ पि डि कक्षमा आउँदा चिसो महसुस हुँदा बिरामी पनि आधा सन्चो भएको महसुस गर्छन् । धेरै बेर बसौं जस्तो लाग्ने रहेछ सायद। बसेको टुलबाट उठ्नै ढिलो गर्छन् । किस्तावन्दीमा समस्या सुनाउने गर्छन् ।  टिकेट पनि एक जना चिकित्सकलाई ५० भन्दा बढी नकाटेको खबर आउँछ काउन्टरबाट । आरामले नहतारिकन बिरामी हेर्न पाइयो भनेर मजा आउँछ । कति टाढाबाट आएका बिरामीलाई नाडी छामेर फटाफट हेरेर औषधिमात्रै लेखेर पठाउन नपरेको दिन  कतै अन्याय गरेको महसुस हुँदैन ।  ओ पि डि भित्रको सरसफाइ देख्दा मन पनि हरर हुन्छ । टेबुल पनि एकदम स्थिर । हात अड्याउँदा, लेख्दा पनि नहल्लिने । सफा हरियो रङको