Posts

Showing posts from May, 2018

The great Rara Travel

रारा यात्रा मनको यात्रा ।   देवघाटधामको पावन स्थलमा एक रात बस्न भनेर अप्राह्नन्नतिर काठमाडौबाट हिंडेको थिएँ   ।  आपटारीमा  ओर्लिँदा सुर्यले बिदा मागेर अँधेरीलाई  निम्तो दिँदै  थियो ।  त्यहाँको  बिशेषता  भन्नुपर्दा अपरिचितहरुलाई पनि  ब्यक्तिगत गाडीहरुले देवघाट पुर्याइदिन्छन् । म पनि एउटा मोटरबाइकमा  देवघाटधाम पुगेँ ।  गर्मी चढिसकेको रहेछ ।  त्यसमाथि  बिजुलीको  अबरोधले गर्दा पसिनाले सरिरलाइ सिन्चित गर्ने मौका पाएको थियो ।  एकाकीपन हटाउन फोनमा ब्यस्त भएँ  म ।  एक हातमा हाते पंखा ।  अर्को हातमा मोबाइल ।  त्यति नै बेला दैलेखबाट बिकास दाइले राराको यात्राको लागि निम्तो भनेपस्चात सल्यान फर्किने भनेर हिंडेकोमा अर्को दिन दैलेख जाने निर्णय  गरेँ ।  चितवनबाट नाइट सुर्खेतसम्मको टिकेट काटेर असहज यात्रा गरेँ ।  त्यस्ता अप्ठेरो गाडी नाइट सेवामा राख्नेलाई त कारबाही  गर्नुपर्ने हो ! कसले पो हेर्ने हो ? असहज नै भएपनि  दैलेखमा शनिबारको बिहानको १० बजेको खाना खाने समय भेट्न् सफल भएको थिएँ ।   दैलेख  मेरो लागि प्रिय लागेको ठाउँ ।  २०७४ मङ्सिर १ गते पनि म दैलेखमा थिएँ ।  सौहार्दताको कत्ति कमी नभए