किशोरीको कैलालीदेखि वीर अस्पतालसम्म्को यात्रा ।
किशोरीको कैलालीदेखि वीर अस्पतालसम्म्को यात्रा । मनुष्यको जीवन सबैको एउटै हुँदैन । तर जिवनको मूल्य मान्यता र विचार प्रणालीले सिङ्गो समाजलाई दर्शाउने गर्छ । समाज कसरी सन्चालन हुन्छ भन्ने कुरा समाजको विचार प्रणालीमा निकै निर्भर गर्छ । अझै सूक्ष्म रुपमा केलाउने हो भने व्यक्तिको स्थापित बानी व्यहोरामा समस्त समाजको आधारशीला तयार हुन्छ । व्यापारी युगमा लोककल्याणकारी भावनाले ओतप्रोत समाजको कल्पना गर्न सकिन्छ त ? कैलालीको दुर्गम वस्तीबाट एउटी किशोरीलाई ज्वरोले गर्दा उनकी आमाले अस्पतालहरु देखाउँदै हिड्छिन् । सो क्रममा उनको रोग त पत्ता लाग्दैन । तर पैसा भने १ लाख जति सकिन्छ । मजदुरी गरेर कमाएको पैसा केही दिनमै उपचार खर्चमा सकिन्छ। कैलालीमा सबै उपचार गर्न नसकिने भएपछि काठमाडौ आएका रहेछन् । उनकी आमाले त्यसको लागी एक महिनासम्म चन्दा उठाएर बल्ल वीर अस्पतालमा आउने क्षमता बनेको रहेछ । जुन कुरा अलि मन बिझ्ने कुरा हो । देशको कुनै एउटा स्वास्थ्य संस्था जहाँ विशेष उपचारका लागि प्रेषण गरिएका विपन्न बिरामीलाई पैसाको आवस्यकता नपर्ने हुन किन नसकेको होला त ? हाम्रो समाजले त्यो मजबुत स्वास्थ्य विमा...