धनको मुहार देख्ने डाक्टर ।


धनका मुहार  ।  

जीवन एक भोगाइ हो ।  कथा सबैका फरक छन् ।  समग्रमा भने समस्या एउटै  हुन सक्छ ।  प्रचुर कथावस्तुले घेरेको चिकित्सा जीवन र पेसामा हरेक दिन एउटा फरक  कथा भेटिन्छ । सबै  प्रकारका कथा ।  स्वास्थ्य समस्याका कथा ।  त्योसँग जोडीएको  सामाज र अर्थ बिज्ञानका कथा ।  रहरले अस्पताल प्रबेश गर्दैन कुनै मनुश्य ।  आँफै बिरामी कि त आफन्तजन बिरामी भएर नै प्रबेश गर्ने हो ।  अस्पातलको बातावरणमा दु:खको भाव प्रचुर हुन्छ भन्नु गलत नहोला ।  बातावरणले ब्यक्तिको मनोभाव  प्रभाब  पार्छ भन्ने सर्बमान्य कथनलाइ मान्ने हो भने दुखी बातावरणको प्रभाव संलग्न सेवा प्रदायकलाई त पर्छ नै ।  के त्यसैले होला त “ डाक्टरलाई  घायल आत्माहरु ” भनिएको ? स्वास्थ्य नै ठुलो धन हो भनेर सानैदेखि    पढ्दै आएको कुरा ।  अहिले आफ्नै सामु साक्ष्यात्कार  गर्न पाइन्छ ।  देख्न पाइन्छ  ।  अनुभुती गर्न पाइन्छ   ।  त्यसैले किटानका साथ भन्न सक्छु ” स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो ।  “ अस्वस्थ  हुँदा धनका बिभिन्न मुहारको दर्शन गर्न सकिन्छ ।  धनको दयावान रुप ।  धनको क्रुर रुप । धनको कुटिल रुप अादि । 

कुनै देवनागरी लिपिकै भाषा हो ।  बुझ्न गर्हो पर्छ मलाई ।  त्यो नेपाली भाषा भने हैन भन्नेमा बिस्वस्त छु ।  । राम्ररी जान्दिन त्यो भाषा म ।  तर भाव भने सबै बुझ्न् सक्छु  । मैलिएको कमिज र सुरुवाल  लगाएको एउटा कृष्ण वर्णको दुब्लो ज्यान हल्का कुप्रिँदै दुई हातका दश अन्जुली जोडेर उभिएका छन् ठुलो आशमा ।  कतै उनकी जाहानलाई घर जाने बाटो खुल्छ कि भनेर ।  उनका आँखा,अवयव र सम्पूर्ण अस्तित्वले सोही कुरा जनाउँछ ।  त्यो बुझ्न कुनै शब्दको भाषाको जरुरी देखिन्न ।  १ बर्षदेखि आफ्नी जाहानको उपचारमा  उनको राम्रै समय र धन खर्च भएको छ ।  निको हुने रोग लागेको हैन भन्ने कुरामा उनी बिस्वस्त भैसकेका छन् ।  अहिले उनी हार खाइसकेका देखिन्छन् । खर्च जुटाउन धौ धौ भएको छ उनलाई ।  बाढीले   भएको झुप्रो घर पनि बगाइदियो कि भन्ने समाचारले घायल छन् ।  तर त्यो चित्कार र बिबशता उनको जाहानको  श्वास थामिरहेको  भेन्टिलेटरले सुन्दैन ।  न त उनका प्रेसर थाम्न प्रयोग गरिएका औषधीले बुझ्छन् ।  न त ति महँगा एन्टिबायटिकहरुले नै बुझ्छन्  ।  ति केवल चलिरहन्छन्  बिकल्परहित  अवस्थामा निरन्तर ।  धनको यो क्रुर स्वरुप !  उनलाई पछि  काउन्सिलिङ गर्ने भनी अर्को ब्यक्तिलाई बोलाउँछु ” बेड  न ५ “ 

“......डाक्साप ।  क्याबिन बेडको  ब्यबस्था गर्दिनुहोला बाहिर सार्ने भएदेखि ।..”    धेरै दिनपछिको प्रयासमा ठीक भएका बाजेलाई बाहिर वार्डमा  सार्न मिल्ने भएको छ। केही दिनमा घर फर्किन्छन् । यन्टिबायटिकआदि सम्पूर्ण औषधी तथा उपचार सफल भएको उदाहरण ।  सबैलाई खुशीको समय ।  धनको यो अर्को स्वरुपको दर्शन । शायद दयावान स्वरुपको । दु:खलाई कथा बनाउन सजिलो हुन्छ ।  त्यसैले होला खुशीका कथामा धेरै शब्द नै बनाउन जानिन मैले ।  तर रोगसँगको संघर्षपछिको  खुशी हो ।  दु:ख पछिको सुख ।  निरासापछिको आशा ।  यो पनि एउटा सधैं देखिने कथाको मिठो स्वरुप हो ।  

“ .......  डाक्साप ! हामीले घर लिएर जाने निर्णय गर्यौँ ।  प्रोसेस अगाडि बढाइदिनु .. ।  “ एउटा अर्को बिरामीको आग्रह ।  यसको स्वरुप अलिकत  रिस उठ्दो छ ।  धनको कुटिल स्वरुप ।  पैसाको समस्या छैन ।  मनको समस्या ।  मनमा हुने हरिको खडेरी देख्न सकिन्छ ।  उपचार गराउन नखोजेको प्रतित हुन्छ । बिरामी कुर्न  मन नभएको र बिरामी उपचारमा खर्च धेरै हुने पीर ।  ठीक हुने भएमात्र उपचार गर्ने मनसाय प्रकट गर्छन् ।  सत प्रतिसत त कसरी भन्ने होला र म मनुश्यले ! भगवानले बनाएको शरीर त बिग्रिन्छ भने मैले पुनर्निर्माण गर्ने प्रयास  गरेको शरीर बिग्रिन्न भनेर कसरी किटान गर्नु ? सकारात्मक आशाले उपचार गर्ने हो ।  आर्थिक समस्याले नै हो त भनेर केलाउँदा मनको खडेरी भेटिन्छ ।  अमूल्य  जीवनसँग पैसा दाँजिएको अवस्था ।  धन गुम्ने डरले जोगाउन रचिएको कुटिल शब्दहरु प्रस्ट बुझ्न् सकिन्छ ।  यस्तो धनको कुटिल मुहारको दर्शन बेलाबखतमा  भेटिन्छ ।  

पून: म धनको क्रुर स्वरुपलाई मन्थन गर्ने प्रयास गर्छु ।  आफ्नी जाहानलाई औधी माया गर्छन् उनी ।  उपचार गर्ने मन छ ।  तर उनी विबस छन्  आफ्नो गरीबीले । म उनको बिबशता बुझ्न् सक्छु ।  उनको दु:ख बुझ्न् सक्छु ।  उनको निरिहता बुझ्न् सक्छु । यी  कथाहरुसँग  हरेक दिन जुधिरहेको हुन्छु ।  त्यसैले शायद म अभ्यस्त भैसकेको छु ।  सबैको मर्म बुझ्छु । तर आफ्नो कार्यसम्पादनमा त्यस्ले असर गर्दैन ।  उनको नजरमा म मानवता नभएको एउटा प्राणी हुन सक्छु ।  एउटै दु:खलाई र कथालाई लिएर  बस्न मेरो कार्यस्वरुपले दिँदैन । सबैजना प्रति समान कर्तब्यबोधले कार्य गर्नुपर्ने हुन्छ ।  अर्को बिरामी उस्तै पर्खिरहेको हुन्छ । उनी बिदावारि  दिन भन्छन् ।  म केही बोल्न सक्दिन ।  कागज तयार गर्दिन्छु ।  जाँदाजाँदै उनले सोधेको प्रश्नको भाव यस्तो  हुन्छ  “ डाक्साप ।  के पैसा भएको भए मेरो बिरामी बाँच्ने थियो ? मान्छेले श्वास नभएकालाई बचाउन कती खर्च गर्छन् ।  म त श्वास फेरिरहेको बुढीलाई लैजाँदै छु ।  “  ..............

सोही प्रश्न सरकारको कानमा पुगोस् भन्ने सदिक्षा ।  

उही 
धनको स्वरुपदर्शी










Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा