पटुकाभित्रको सय रुपैयाँ ।
पटुकाभित्रको सय रुपैयाँ । एउटै संसारभित्र अनेक संसारमा अनेक मनुष्य बाँचिरहेका हुन्छन् । यहि विश्व त हो कतै रसिया युक्रेन युद्ध गरिरहेका छन् । कतै इजरायल प्यालेस्टाइन एक अर्कामाथि धावा बोलिरहेका हुन्छन् । कतै शीत युद्द चलिरहेको छ । टेक्नोलोजीको दुनियाँमा ए आइको प्रयोग अत्यन्तै बढेको छ । हाम्रै देशमा गणतन्त्र, राजतन्त्र आदि बहस भइरहेको छ । र यहि देशमा कतै कुनामा यी सबैबाट बेखबर व्यक्तिहरु आफ्नो दैनिक कार्यमा भुलिरहेका छन् । बिहान बेलुका छाक टार्नु नै उनीहरुको संसार हो । त्यस्तै मेरो लागि अचेल सहिद गङालाल अस्पताल नै संसारमा सिमित भएको छ । यो अस्पतालको एमर्जेन्सीमा हरेक दिन भिड नै हुने गर्छ । साँझपख एक जना ७६ वर्षीय वृद्ध आमा छाती दुखेर अस्पताल आइपुगिन् । नुवाकोटबाट त्यहाँ आइपुग्दा चार घन्टा मात्रै भएको रहेछ । चुरोट चाहिँ उनको प्रिय चिज रहेछ । आमाको लक्षण, इ सि जि आदि हेरिसकेपछि सक्दो छिटो मुटुको नशा चेकजाँच गरेर हेर्नुपर्ने देखियो । जसलाई "एन्जियोग्राफी" भनिन्छ । "स्टेन्ट " हाल्नुपरेमा "एन्जियोप्लास्टी" भनिन्छ । त्यसका लागि क्याथ ल्याबमा स्थानान्तरण गर्...