Posts

Showing posts from October, 2025

रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु ।

रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु । औपचारिक विद्यार्थी हुनु एउटा स्वर्णिम समय हो । त्यो समयमा अध्ययन र ज्ञान आर्जन गर्ने बाहेक अरु उद्देश्य खासै हुँदैन । आधा उमेर नै औपचारिक शिक्षामा व्यतित गर्नुपर्ने मेडिकल शिक्षामा त्यो उर्वर उमेरको लगानीको  प्रतिफल भने उहि आत्मसन्तुष्टि मात्रै त होला ।   नेपालमा मेडिकल शिक्षा सुधारका अनेक पक्षहरु छन् । त्यसमा शिक्षाको  गुणस्तर मापन गर्ने संयन्त्र पारदर्शी हुनु निकै आवस्यक देखिन्छ। न्यूनतम ज्ञान र सिपको अपेक्षा व्यक्तिले गरोस् या नगरोस् , त्यो शिक्षाग्रहण हेतुले बिताएका अमूल्य उमेरले अवस्य गर्छ । समय समयमा रेजिडेन्ट चिकित्सकहरुले न्यूनतम पारिश्रमिक , ड्युटी  गर्ने वैज्ञानिक  समयको आवाज र आवासको लागि आन्दोलन गरिरहनुपर्छ भने ती रेजिडेन्ट चिकित्सकहरुको मनमा कति धेरै आन्दोलनहरु हुन्छन् होला । कहिले बिरामीका पीडाले आन्दोलित गर्छ । कहिले रोग निदान नभएर आन्दोलित हुन्छ । बेला बेलामा सिनियर चिकित्सकहरुले  रेजिडेन्टमाथि गरिने मनोवैज्ञानिक हिंशाहरु पनि बाहिरिने गरेका छन् । जुन मानवीय दृष्टिकोणले पनि मुनासिव हुँदैन ।...

भत्किएको शाकाहरी अहम्

भत्किएको शाकाहारी अहम् । एउटा चिया पसलमा बसेर चिया खाँदै छु । हालसालै देशमा युवापुस्ताको ठूलो विद्रोहपछि देश एउटा लयमा आउँदै छ कि जस्तो लाग्छ । हातमा मोबाइल छ । सजिलो ईन्टरनेटसेवा छ । मोबाइलमा सामाजिक सन्जालमा औंलाहरुले तिव्र नृत्य गरिरहेका छन् । ती सन्जालहरुमा कसैको यति धेरै खेदो खन्छन् कि अन्त्यमा असत्य पनि सत्य लाग्न सक्छ । कसैको यति धेरै देवत्वकरण गर्छन् कि स्वयं त्यो व्यक्तिले कति पटक आफ्नै अनुहार समयको ऐनामा राख्न पर्ने हुन्छ । अहिले नियुक्त शिक्षा मन्त्रीको सरलता र निस्कपट भनाइहरुको देवत्व चर्चा गरिरहेका छन् र सबैले पछ्याइरहेका छन् । कुनै दिन सानो त्रुटी भेटियो भने सबैजना फेरि उस्तै खेदो खन्न लागिपर्छन् । सकिन्छ भने काम गर्ने सुझावहरु दिने हो । सबै कुरालाई सामाजिक सन्जालमा अंश अंश काटेर अपुरो भ्रमित प्रस्तुती  गर्ने प्रवृत्ति हट्नुपर्छ । जे भए पनि महावीर पुन अत्यन्तै असल मनका दुर्लभ व्यक्ति हुन् भन्ने कुरामा मलाई सन्देह थिएन र छैन पनि । गहन, सोझो र अप्रदुषित विचार दिने महाबिर पुनको भनाइलाई कमेडीकै रुपमा सन्जालमा भरिनु युक्तिसंगत छैन । यस्तै विचार गर्दै गर्दा  मेरो चिय...