रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु ।
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु ।
औपचारिक विद्यार्थी हुनु एउटा स्वर्णिम समय हो । त्यो समयमा अध्ययन र ज्ञान आर्जन गर्ने बाहेक अरु उद्देश्य खासै हुँदैन । आधा उमेर नै औपचारिक शिक्षामा व्यतित गर्नुपर्ने मेडिकल शिक्षामा त्यो उर्वर उमेरको लगानीको प्रतिफल भने उहि आत्मसन्तुष्टि मात्रै त होला । नेपालमा मेडिकल शिक्षा सुधारका अनेक पक्षहरु छन् । त्यसमा शिक्षाको गुणस्तर मापन गर्ने संयन्त्र पारदर्शी हुनु निकै आवस्यक देखिन्छ। न्यूनतम ज्ञान र सिपको अपेक्षा व्यक्तिले गरोस् या नगरोस् , त्यो शिक्षाग्रहण हेतुले बिताएका अमूल्य उमेरले अवस्य गर्छ ।
समय समयमा रेजिडेन्ट चिकित्सकहरुले न्यूनतम पारिश्रमिक , ड्युटी गर्ने वैज्ञानिक समयको आवाज र आवासको लागि आन्दोलन गरिरहनुपर्छ भने ती रेजिडेन्ट चिकित्सकहरुको मनमा कति धेरै आन्दोलनहरु हुन्छन् होला । कहिले बिरामीका पीडाले आन्दोलित गर्छ । कहिले रोग निदान नभएर आन्दोलित हुन्छ । बेला बेलामा सिनियर चिकित्सकहरुले रेजिडेन्टमाथि गरिने मनोवैज्ञानिक हिंशाहरु पनि बाहिरिने गरेका छन् । जुन मानवीय दृष्टिकोणले पनि मुनासिव हुँदैन । सधैं आफ्नै पेशाका नकारात्मक कुराहरू मात्रै कति सम्प्रेषण गरिरहनु ! कहिलेकसो ड्युटीमा हुने मीठा नमिठा घटनाहरुलाई पनि शब्दमा उतारौँ न ।
कक्षा १२ पश्चात् खण्ड खण्ड गरेर कूल ९ वर्ष औपचारिक शिक्षामा बित्दै छ । त्यसै गरी चाडपर्वका अवसरमा पनि खण्ड खण्डमा मनाउन पाइएकै छ । चाड पर्वका विशेष निर्णायक दिनहरु जस्तै भाइटिका दशैको टिकाको दिन मनाउने क्रम खण्डित हुन लागेको ११ वर्ष हुन लागेछ । कहिले विदा मिल्ने कहिले नमिल्ने । कुनै एउटा पर्वको अवसर रोज्नुपर्ने । कुनै छोड्नुपर्ने । त्यो त पेशाको कर्म र धर्मभित्र पर्ने कुरा भयो । त्यसमा कुनै गुनासो छैन । हामी सेवा प्रदान गर्ने चिकित्सकहरुभन्दा सेवाग्राहीहरु बढी पीडामा हुन्छन् ।
दशैंतिहारका विदाका दिनहरुमा अरु समय भन्दा बढी सिकिस्त बिरामी आउने गर्छन् । दु:खद कुरा के भन्दा अरु समयभन्दा पहिले नै प्राणपखेरु उडिसकेका बिरामीहरु अस्पतालको एमर्जेन्सीमा आइपुग्दा भने कालले चाडपर्व आदि मतलब गर्दैन भन्ने निर्मम यथार्थ महसुस गर्न सकिन्छ । कवि लेखनाथ पौडेलको कालजयी कविता पुनः याद आउँछ " आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो ......." तर हामी भाग्यवादी भन्दा पनि कर्मवादी हुनुपर्छ । हाम्रो कर्मक्षेत्रभित्र रहेका कार्यहरु गर्न सकिन्छ ।
दशैँको टिकाको दिनको ड्युटीमा एउटा बिरामी भने मलाई विशेष याद हुन्छ । एक जना ५८ वर्षीय व्यक्ति दशैँको टीका लगाइदिने क्रममा एकाएक आफ्नो छाती समाउँछन्। र बेहोस हुन्छन् । परिवारजन अत्तालिन्छन् र एम्बुलेन्स बोलाउँछन् । नुवाकोटबाट एम्बुलेन्समा सहिद गङालाल अस्पताल आइपुग्दा १.५ घण्टा बित्छ । दु:खको कुरा के भन्दा बेहोस भएको समयदेखि अस्पताल आउँदासम्म कुनै उपचार हुँदैन । सायद १.५ घन्टादेखि विना उपचार बन्द भएको मुटु पुनर्जीवित गर्ने प्रयास प्रायः सफल हुँदैन । त्यसैले होला हामी पनि सफल हुँदैनौ । उनका छोरा विदेशमा रहेछन् । आफन्तजनले त्यो अप्रिय खबर छोरालाई सम्प्रेषण गर्न कति असहज र भारी महसुस गरे होलान् ! कल्पना गर्न सकिन्छ। यस प्रसङ्गले स्वास्थ्य क्षेत्र र शिक्षा क्षेत्रका दुईटा गहन कुरामा विशेष ध्यान दिनुपर्ने आवस्यकता देखिन्छ ।
१. नजिकको तीर्थ हेला भनेजस्तै आफ्नो नजिकैको जिल्ला अस्पतालमा प्रारम्भिक उपचार हुन्छ भन्ने कुरामा धेरैले विस्वास नै गर्दैनन् । त्यो विस्वास नहुनुमा Service Delivery मा आशंका हुनु वा सेवाग्राहीकै अज्ञानता हुन सक्छ । अथवा सानो ठाउँ भन्ने लघुताभासले गर्दा पनि उपचार गराउँदैनन् । ठूलो अस्पताल छिटो पुग्न सके राम्रो उपचार हुन्छ भनेर सोच्नु नियतमा खराबी त हैन । तर त्यो कुरा ती बिरामीमा जस्तै कहिलेकाँही प्रत्युत्पादक सिद्ध हुन्छ । मुटु रोकिएका बिरामी ( Cardiac arrest ) को बिरामीलाई जति सक्दो छिटो CPR ( Cardiopulmonary resuscitation ) गर्न सकेमा बाँच्न सक्ने सम्भावना धेरै हुन्छ । टीका लगाउँदा ढलेपछि वास्तवमा तुरुन्तै त्यहीँ नै छाती थिच्ने प्रक्रिया (CPR) सुरु हुनुपर्ने हुन्छ । कमसेकम नजिकैको अस्पतालमा सुरु गर्नुपर्छ । एम्बुलेन्समा भए पनि सुरु गर्नुपर्छ । जुन कुरा ती बिरामीमा हुन सकेन । हालको तथ्यांक अनुसार अस्पताल बाहिर मुटु बन्द भएकोहरुमा (Out of hospital cardiac arrest) अस्पताल आइपुगेमा दस प्रतिशत मात्रै जीवित घर फर्किन्छन् । त्यसैले अस्पतालबाहिर CPR शुरु भएमा त्यो प्रतिशत पक्कै बढी हुन्छ होला ।
२. CPR को आधारभूत शिक्षा सबै व्यक्तिहरुमा हुनुपर्छ । यो कुनै चिकित्सा क्षेत्रको व्यक्तिले मात्रै जान्नुपर्ने कुरा हैन । Basic Life Support ( BLS) को ट्रेनिङ अनिवार्य कक्षा १० मा राख्नुपर्ने र त्यसमा पारङ्गत हुनुपर्छ । त्यसैलाई कक्षा १२ सकिँदा पनि दोहोर्याउनुपर्छ । जीवनमा केही आधारभूत जिवनउपयोगी कुराहरु पाठ्यक्रममा समावेश गर्नु अनिवार्य छ । Sin theta cos Theta को गणितीय अभ्यास जान्दैमा शिक्षा पूर्ण हुन सक्दैन । हाम्रो शिक्षा प्रणालीमा अंक बढी ल्याउने ध्याउन्न मात्रै हाबी देखिन्छ । अहिले नियुक्त निस्कपट शिक्षामन्त्री महावीर पुन सरलाई पाठ्यक्रमको प्रणालीमा केही चिरफार गर्नुपर्छ भनेर सुझाव दिन चाहन्छु । सबै जनाले त्यो ट्रेनिङ लिएको हुनुपर्छ भन्ने कुरा आविष्कार केन्द्रभन्दा महत्त्वकांक्षी विचार हो भनेर मान्न सकिन्न । नर्वे , डेनमार्क जस्ता विकसित देशहरुले धेरै पहिले अवलम्बन गरेको कुरा हो ।
यसरी धेरै बिरामीहरुसँग प्रत्यक्ष सम्बन्ध रहेर ड्युटी सकिन्छ । एकादशीको दिन बिहान सहकर्मी साथीलाई सबै जिम्मेवारी हस्तान्तरण गर्छु । र विमानस्थल रमाना हुन्छु । बाटोमा एउटा फोन आउँछ । फेरि अस्पतालमा के छुटाएछु भनेर सोच्दै थिएँ , मेरो प्रोफेसरको फोन रहेछ । दशैँको शुभकामना दिनुहुन्छ । र शुभयात्राको शुभकामना पनि दिनुहुन्छ । औपचारिक विद्यार्थी जीवनमा आजसम्मको सबैभन्दा कर्णप्रिय शब्दहरु सुन्छु , " राम्रोसँग घर जानु । आजदेखि मौसम निकै खराब छ भनेको छ... । यता हाजिर हुनुपर्छ भनेर न आउनु । एक दुई दिन उतै विदा थपेर बसे पनि हुन्छ ...."
सायद यस्ता कर्णप्रिय र स्नेहका शब्दहरु सुन्न पाउने भाग्य धेरै विद्यार्थीको हुँदैन । अझै रेजिडेन्ट चिकित्सकहरुको लागि सायद दुर्लभ नै होला । यो एउटा प्रतिनिधि प्रसङ्ग मात्रै हो । सधैं यस्तै स्नेह हेरिरहेको हुनाले होला मलाई आफ्नो विद्यार्थी जीवनप्रति कत्ति गुनासो छैन । सम्पूर्ण रेजिडेन्ट चिकित्सकहरुलाई दशै ,तिहार तथा छ्ठको हार्दिक शुभकामना ।
उहि
भाग्यमानी रेजिडेन्ट ।

Comments
Post a Comment