Posts

Showing posts from November, 2025

मुटुमा तार पुर्याउने मूर्ख डाक्टर र सहयोगी नर्स ।

मुटुमा तार पुर्याउने मूर्ख डाक्टर । ( स्पन्दनको पनि अनुभुती नहुने मुटु जब धड्किन थाल्छ, किन हो मलाई इतिहास खोतल्न मन लाग्छ ) एक जना ६७ वर्षिय बाजे हिँड्ने बेलामा छाती दुख्ने र असहज हुने भन्दै ओ पि डि कक्षमा आउँछन् । उनी टुसुक्क कुर्सिमा बस्छन्। उनी जिन्दगीमै अस्पताल आफ्नो लागि पाइला टेकेको पहिलो पटक भनेर सुनाउँछन् । उनलाई केही जाँचहरु गरेर मुटुको नसाहरु हेर्न पर्ने भनेर कुरा बुझाउँछु । कोरोनरी एन्जिओग्राफी( coronary angiography) को प्रक्रिया विस्तारमा भन्छु ।  उनले ध्यान दिएर सुन्छन् । र एकाएक सपाट भन्छन् " पहिले को त्यस्तो वीर डाक्टर जन्मेको रहेछ , मुटुमै तार पुर्याइदिने ?"  म पनि एक क्षण सम्झिने प्रयास गर्छु ।  मलाई इतिहासको गर्भमा पुग्न मन हुन्छ । सन्  १९२९ तिरको कुरा हो । जर्मनीमा हिटलरको उदय सुरुवात हुँदै थियो । समयले चरम बेरोजगारीको निहुँले आजसम्मको इतिहासकै एक खलपात्रको उदय रोजिसकेको थियो । हिटलरको नरसंहार एउटा दुषित विचार , घृणा र असहिष्णुताको परिणाम थियो । तर  सोही समयमा एक जना चिकित्सक बर्लिन नजिकैको अस्पतालको करिडरमा सोचमग्न हुँदै हिंड्छन् । उनी म...