अभिमान र स्वाभिमानको पातलो घेरा

कटुताको अनुभब

२०७३ असार ३० गते को बेलुका ८ बजेतिरको घटनाले सायद सिंगो राष्ट्रको झझल्को दिन खोजेको हो कि भन्ने अनुभुती हुन्छ ।  ब्यक्तिको सक्तिले प्रदान गर्ने घमन्ड  र अहंकार सबै सामु प्रस्ट देखिन सक्थ्यो ।  ड्युटी को दिन नभएर म आफ्नै धुनमा बसिरहेको थिए र अरु साथीहरुसँग बसेर खाँदै थिए ।  एउटा अपरिचित नम्बरबाट  फोनको घन्टी बज्यो ।  " डाक्टर  हैन तपाईं ? कहाँ हुनुहुन्छ?" शब्द र लवज  सुन्दा  ठाडो र अभिमानले  भरिएको जस्तो प्रतित हुन्थ्यो ।  मेरो अनुमान पनि ठिकै रहेछ। कुनै बेला मन्त्रिको पि. ए. भएर काम गरेको हुनाले उसमा दम्भ चड्नु  स्वाभाबिक थियो ।  " तपाईंले मलाई  सिधै फोन गर्नु मिल्दैन ।  यो नम्बर कस्ले दियो तपाईंलाई  ?ईमर्जेन्सी को स्टाफले फोन गर्नु पर्छ। मेरो ड्युटी  पनि होइन ।  "  कृयाको प्रतिक्रिय हुन्छ भनेजस्तै उसको ठाडो भाषाको जवाफ कटुताका साथ दिनु पनि स्थिती सापेक्छ्य देखिन्थ्यो ।  उसले आफ्नो परीचय दियो ।  मैले चिन्न सक्ने कुरै भएन ।  आफुलाई ठुलो मान्छे ठानेको लाई एउटा अस्पातलको डक्टरले  चिन्न नसक्नु  उस्को अहममा  ठेस पुग्यो होला। त्यस्पछि  धम्किका शब्दहरु प्रयोग गर्न थाल्यो  ।  जागिरको धम्की देखी प्युठान मा बस्न मन  भए नभएको देखि  मिडियामा उचाल्दिने देखि हिसाबकिताब गरम्ला भन्ने जस्ता अवान्छित कुराहरु गरेर मेरो अपमान  गरी आफ्नो सम्मान गुमायो।

अभिमानको  र स्वाभिमानको  बिचमा  पातलो घेरा हुन्छ ।  त्यो घेरा नाघेको  पत्तो हुँदैन ।  "म शक्तिमा भएको ब्यक्ती हुँ र म जे पनि गर्न सक्छु ।  " भन्नेहरुलाई शक्ती पनि सधैं उस्तै हुँदैन भन्ने आत्म्बोध  हुँदैन। कसैले दिएको जागिर जस्तो गरी जागिर खाने धम्की एउटा कहलिएको पार्टीको  ब्यक्तिबाट आउनु कत्तिको स्वाभाबिक हो ? सरकारी अफिसमा काम गर्ने कर्मचारी सेवा गर्न भनेर आएको हुन्छ । आफ्नो जागिरको सिल्सिलामा जिल्लाभन्दा बाहिरबाट पनि आएको हुन्छ।जिल्लाको भित्रको ब्यक्ती हैन भनेर दमन गर्न खोज्नु कत्तिको सुहाउछ ! पाहुनालाई त सत्कार गरेर पो राखिन्छ ।  अपमान  गर्ने र अनाबस्यक मानसिक  प्रताडना दिन खोजे बस्ने कसैको इच्छा हुँदैन र त्यो ठाउको छबी धमिलिदै गएर कुख्यात हुन पुग्छ। अन्त्यमा  घाटा त स्वय्म जिल्लालाई नै हुने हो ।  त्यो कालान्तरमा  दिर्घायु असार पर्ने अबस्यम्भाबी हुन्छ ।  किनभने कटुता र तितोपनाको ईतिहास मेटिन  निकै कठिन  हुन्छ।

आफ्ना  कार्यकर्तामा स्वाभिमानको  खेती गर्न छोडेर अभिमानको रुखले हाङाबिङा  हाल्दा पनि किन पार्टी मौन बस्छ? किन जनता मौन बस्छन ? एउटा  कर्मचारीलाई धम्कीको भाषा बोलेर आफ्नो प्रभुत्व देखाउन खोजेको हो भने त्यो आफ्नो सम्मान गुमाउनु हो ।  दम्भका भरमा राजनीति कहिलै टिक्दैन । राजनीति त जनताको लागि हो ।  न कि एउटा दुइटा   ब्यक्तिको अभिमान भरणपोशण गर्नका निम्ती ।

म जे पनि गर्न सक्छु र म पहुचवाला हो भन्नेले सकरात्मक्  परिवर्तनका लागि काम गरे त मुलुक कायपलट नै हुन्थ्यो होला। तर यहाँको  राजनैतीक शक्ती सरुवा भर्ती  नियुक्ती अनि भोट्को राजनीतिमा सिमित भयो । यो शक्तिको प्रदर्शन  र शक्तिले गर्दा उम्रिएको दम्भले एउटा कर्मनिस्ठ ब्यक्तिलाई सदैब निरुत्साहित गर्छ  ,कुन्ठित बनाउछ। सबैसँग शक्ती नहुने भएर त्यो हुनु पनि काम गरेर देखाउने एउटा मौका  हो ।  त्यसको दुरुपयोग् हुन थाल्यो भने तितो हुन्छ। सदुपयोग गरेमा प्रतिस्ठा हुन्छ। यति सानो कुरो बुझ्न पनि कती गार्हो भएको होला हगि ! दम्भले छेकेको आँखामा सौम्यताले स्थान पाओस भन्ने प्रार्थना गर्दछु ।

उहि
अभिमानको दर्शक
२०७३ असार ३० गते  ९ बजे राति


Comments

Popular posts from this blog

अन्नपूर्ण बेस क्याम्पको यात्रा आत्मसन्तुष्टि वा अहम् सन्तुष्टि !!

मृगौला रोगको एउटा गोठालो यात्रा

बाटो बिराएका रोगहरु ।