Einstein, Dear friend and me

अाइन्स्टाइन र मेरो प्रिय  साथी ।  

भौतिकशास्त्रको नबीन प्रगतिको बारेमा  कनफरेन्सबाट निस्किएपछि अाइन्स्टाइनलाई एक दिन भित्रैदेखि धन्यवाद दिन मन लाग्छ ।  त्यसैले म  सोच्दासोच्दै पूरै कल्पनामा उड्न थालेछु ।  घोत्लिँदै म १९४५ सालमा पुगेर कल्पनामा डुबेछु ।  अाइन्स्टाइनको जिवन्त जिवनलाई नजिकबाट चियाएउन मन लागेर ।  ।  म स्वप्निल दुनियाँमा अाइन्स्टाइन   सँग बात मार्ने प्रयास गर्दै छु ।  आज अाइन्स्टाइन   खै किन हो निकै दंग  देखिन्छन् ।  शायद कुनै भौतिकशास्त्रको सिद्धान्त  मिलेको होला  उनलाई ।  कोठाभरी कोरिएका कागजका खेस्रा छर्पस्ट देखिन्छ ।  ति भाग्यमानी  अक्षरहरु र अंकहरुमा  आउँदो संसार बदल्न सक्ने नियती छ ।  कालोपाटिमा कुनै सुत्रमा खेलिराखेका अंक देख्न सकिन्छ ।  सुर्यको  किरणमा अाइन्स्टाइन   आफ्नो भौतिक शास्त्रको सिद्धान्त खोज्दै टोलाइरहेका छन्   ।  एउटा काठको कुर्सिमा बसेर मन्द मुस्कुराउँदै  छन्। ठेली किताबहरु पनि रमाइरहेका छन् आज अाइन्स्टाइनलाई मुस्कुराएको देखेर ।  

कोठाको शान्ती एक्कासी टेलिफोनको रिङ्गले भंग हुन्छ । र अाइन्स्टाइनको अर्धस्वप्न अवस्थामा हलचल हुन्छ ।  फोन उठाउँछन्  उनका हातले ।  मस्तिस्क   त उनको सूर्यको प्रकाशमा जमेको छ ।  फोनको अर्को कुनाबाट एउटा मृदु  स्वर सुनिन्छ ।  शायद ति प्रिय स्वर उनको अन्तरङ मिल्न पुगेकी साथीको  हुनुपर्छ ।  धेरै समयपछि अाइन्स्टाइनको मनमा नयाँ तरङ लहराउँछ ।  भौतिकशास्त्रको आयामभन्दा बाहिरको अनुभुती हुन्छ उनलाई  शायद ।  पूर्व तर्फको भित्तामा झुन्डिरहेको ऐनामा उनको ध्यान पुग्छ ।  त्यसमा धूलो लागेको रहेछ ।  हत्केलाले पुछेर आँफैलाई हेर्छन् ।  नियाल्छन् ।  मुस्कुराउँछन् ।  जिङ्रिङ् कपाल देखेर कपाल मुसार्छन् पनि  ।  हेर्दा कपालले स्याहार नपाएजस्तो देखिने ।  ऐनाको लागि आजको दिन खुशीको दिन होला । एकाध घण्टामा ढोकामा ढकढक  सुनिन्छ ।  अनी बिस्तारै प्रबेश हुन्छ अाइन्स्टाइनको मनप्रिय साथीको ।  सिस्टाचारले  अर्ध अंगालो मार्छन् ।  ओभर्कोटमा अाइन्स्टाइनलाई  आज निकै सुहाएको छ ।   दुबैजना बसेर मिठो  भलाकुशारी गर्दै छन् ।  ।  आज दुबैलाइ धेरै फुर्सद रहेछ कि जस्तो छ ।  कोठामा भौतिकशास्त्रको उर्जा भन्दा फरक उर्जाको अनुभव हुन्छ ।  रसायनशास्त्र हो कि हर्मोन्शास्त्र ।  पक्कै दिमागमा  डोपामिनको लेभल बढेको होला दुबैको ।  त्यसैले कती खुशी देखिन्छन्  ।  बिच बिचमा सिगार सल्काउँछन् अाइन्स्टाइन ।  सिगारको धुवा  बार्तालापको साक्षी आज ।  कालोपाटीका सूत्रहरु  पनि सलुसन हुन नसकेर बिचमै अन्योलमा हुन्छन् ।  अचम्मित छन् आज निर्जिब दर्शकहरु अाइन्स्टाइनलाई  देखेर ।  

मलाई भने दुई बिचको केमिस्ट्री मिलेको जस्तो देख्छु ।  त्यो केमिस्ट्रीको प्रभाब समय सापेक्ष देखिन्छ ।  अाइन्स्टाइनले सबै कुरा बिर्सिसकेका छन्। र एकनास दुई जना बात मारिरहेका छन्। मलाई भने पट्यार लागेर पुन: २०१८ को एक दिवाकालिन आकाशमा    बादल लाग्दै गरेको दिनमा प्रबेश गर्छु ।  समयको यात्रा बास्तबमा मनको यात्रा  रहेछ ।  प्रकाशको गती भन्दा द्रुत गती मनको गती ।  त्यसको हिसाबी सूत्र  भौतिकशास्त्रीले नै जानुन् ! ! १९४५ बाट ७३ बर्षको  यात्रा एकै क्लिकमा ।  एउटा रेस्तुरामा म बसिरहेको छु ।  शान्ति छैन  यस रेस्टुरामा ।  मान्छेको तीता मिठा अप्रष्ट आवाजहरु  ठोक्किदै गुन्जिरहेका मिश्रित बातावरण    छ ।  एक किसिमको कोलाहाल नै मान्नुपर्छ ।  तर त्यो “ “नोइजले  ” मलाई भने छुन सकेको छैन।  अशान्तिमा शान्त छु म आज ।  साथमा अगाडि छ्न् एक प्रिया साथी ।  मेरो लागि सबै  जना प्रिय नै छन् ।  थोरै औंला गिन्ती  साथीहरु  भएपनि ।  तर आजको दिन अली बिशेष अनुभव भएको छ ।  मनमा तार्किक भाव आउँदैन  ।  निर्भाव छ यो मन । कुनै क्लेश पनि छैन । द्वेष पनि छैन।  नैसर्गिक कुबिचारहरु कता कुलेलम ठोकेछन् ।  आत्मा एक टक छ ।  मुटुको गती भने हल्का बढेको हो कि जस्तो ।  नाडी छामेको भए थाहा हुने ! पुराना दिनहरुमा कफी कहिले फाटेका छन् त कहिले सेलाएका छन्। तर आज भने कफी तातो नै रहने जस्तो लागिरहेको छ ।  बिस्वस्त छु म ।  शायद केमिस्ट्री मिल्न खोजेको होला ।  एकतर्फी मेरो मनमा केमिकल्सले भ्रमित गरेको नि हुनसक्छ ।  उनको डोपामिन लेभल जाँच्ने यन्त्र छैन मसँग ।  उनलाई  जे जस्तो महसुस भएपनी  मेरो मनको अन्तरङ भने उमङित नै छ ।  यो केबल रसायनको लफडा मात्र हो त ? म मान्दिन  । आत्मालाई किन्चित छुँदैन रसायनले  ।  मन र शरीरलाई मात्र छुन्छ ।  म फ्रायड  बालाई  चुनौती दिन चाहन्छु मेरो रसायन जाँचेर हेर्न ।  जे होस् उनी पूरै  सुसज्जित  भएर आएकी छैनन्  ।  मलाई त्यसको मतलब पनि लागिरहेको छैन ।  यसै सुन्दर देखिन्छिन् उनी ।  कमलको फुलमा हिलो लाग्दैन भन्ने मेरो विश्वाश ।  उनको कालो ज्याकेटमा धुलाम्मे सहरको सबै धूलो आँफै साथ बोकेर सहरको  उद्दार गर्न खोजेको हो कि जस्तो लाग्छ ।  चस्माका बिटमा पनि धुलो अडिएको छ ।  कति भाग्यमानी ती धूलाका कणहरु ।  बराबर ति आकर्षक नयनको द्रिश्यमा रोमान्चित हुन पाउने ।  यति  इर्ष्या गर्दै थिएँ म ।  उनले चस्मा निकालेर पुछिन् ।  बिचरा ति धूलाका कणहरु ।   त्यसैले त भनिन्छ होला  ” राजा रंक र रंक राजा हुन बेर लाग्दैन   ।  “  जे  जस्तो भएपनी म भाव शून्य  छु  ।  तर्करहित छु ।  आग्रह पुर्बाग्रह सून्य छु ।  

एकनासले आफ्ना   पट्यारलाग्दा गफ सुनाइरहेको छु ।  उनलाई पट्यार लाग्यो कि लागेन त्यो म भन्न सक्दिन ।  शायद लागेको भए सुन्थिनन् होला ।  हुनसक्छ सिस्टाचारले सुनेको हुनसक्छ ।  अब मेरो प्रिय कफी अाइपुग्छ ।  उनलाई भने गर्मिले सताएको रहेछ ।  त्यसैले अाइसक्रिम मगाउँछिन्  ।  त्यो घामलाई सराप्न मन लाग्छ एक मनले मलाई ।  सांकेतिक  रुपमा केमिस्ट्री  मिलेन भन्न खोजेको पो हो कि समयले! जे होस् अाइसक्रिम र कफी एक आपसमा रेजोनेन्स मिल्न खोज्दै छ्न्  ।  कती मिल्न सक्छ त्यो भबिश्यको गर्भमा कैद छ भन्छिन् उनी । उनी निकै कम बोलेकी छन। म मात्र एकोहोरो बोलेको छु ।  मलाई बोलेको कुरा पनि याद छैन ।  कस्तो गफाडी रहेछ भन्ने सोचेकी होलिन् भन्ने लाग्छ मलाई ।  तर म भने आफ्नो मनका वास्तविक पत्रहरु उघार्दै छु । भबिश्यमा तारतम्य मिलेनमिलेपनी यो समय भने म आनन्दित हुन चाहन्छु ।  त्यसैले निस्चिन्त छु म ।  अनी केही मिनेट मौन बस्ने प्रयास गर्छु ।  मलाई बुझ्न् खोजिरहेकी होलिन् उनी । दिमाग तेज छ उनको ।  समयलाई त्यसको जिम्मा दिएको जस्तो लाग्छ मलाई । 

मैले त अाइन्स्टाइनलाई एक्लै पो छोडेर समयको यात्राा गरेको छु। फेरी १९४५ मा ब्याक जान्छु प्रकाश भन्दा द्रुत स्पिडमा ।  दुई जनाको बात  अझै सकिएको छैन।  समय बितेको छ ।  अाइन्स्टाइनलाई केही पत्तो छैन। सोही बिचमा फोनको रिङ्ग फेरी बज्छ ।  फोन उठाउँछन् अाइन्स्टाइन ।  अनी थाहा पाउँछन् ।   उनी एउटा मिटिङमा जान ढिला भएको कुरा । आज उनलाई विश्वसामु आफ्नो सिद्धान्त सार्वजनिक गर्नुपर्ने छ ।  त्यसपछी उनी हतार हतार गर्छन् ।  त्यत्तिकैमा कालोपाटिमा लेखिएको सुत्रमा उनको दृष्‍टि पर्छ ।  

सुत्रहरु दिमागमा बेजोड खेल्न थाल्छन्  । एक्कासी उनी उफ्रिन्छन् पागलजस्तै ।  भरखर जन्मेको पाठो बुरुक्क उफ्रेजस्तै ।  आफ्नी प्रियाको गालामा किस गर्छन् र खुशी हुँदै भन्छन् “ समय सापेक्ष कुरा हो । प्रिय ।  समय सापेक्ष हो ।  “  त्यसपछी  उदय हुन्छ अाइन्स्टाइनको लोक चर्चित सापेक्षताबादको सिद्धान्त ।  सरल भाषामा बुझ्दा आगोमा एक मिनट बर्शौ जस्तो महसुस हुने र प्रियसङको घन्टौको साथ एक मिनेटजस्तो । समयको यात्रा र प्रकाशको गतीको सिद्धान्तमा भौतिकशास्त्रमा फड्को मार्छ  पुरै २० औ शताब्दी  आजको दिनबाट ।  समयलाई नियालेर हेर्ने कोशीस गर्दै थिएँ अाइन्स्टाइनसँग म ।  टिङटिङ ध्वनी सुनिन्छ कता कता ।  

बिहानको तीखो अलार्म घन्टी बज्छ ।  अनी म झस्याङ हुन्छु ।  आँखा खुल्छ बेडमा ।  घडी हेर्छु त ८ बजिसकेको छ ।  आँखा अगाडिबाट प्रिय साथी  अलप हुन्छिन् ।  अाइन्स्टाइन पनि अलप हुन्छन्  ।  न समयको यात्राा न मनको यात्राा अब ।  अब त सिधै वार्डतिरको  यात्रामा दिमागले  शरीरलाई ड्राइभिङ गर्छ । दाँत  टल्काउने  देखी सेतो कोट भिर्नेसम्म केबल १५ मिनेट मस्तिष्कको ड्राइभिङ ।  मनले त सुतिरहुँ भन्छ ।  ब्रेकमात्र लगाउने प्रयास मनको ।  रेजिडेन्सीको  उपहार भनेकै काम गर्ने र समय मिले सुत्ने ।  समय नमिले मस्तिस्कको ” अफ “ बटन् नथिचियोस् भन्ने प्रयास गर्दै काम गर्ने ।  बाटोभरी अलप भएका द्रिश्य   फेरि हेर्न मन लाग्छ र आँखा बन्द गरेर बिचार  गर्छु ।  समय नै कहाँ होला र आँखा खोलेको बेला  अनुभव गर्न ! फर्किएर ति  अनुभव  अाउन् भन्ने उत्कट इच्छा गर्छु ।  तन्द्रामा मात्र नभएर पूरा  होसहावासमा अाइन्स्टाइनको सिद्धान्त अनुभव  गर्ने मन हुन्छ ।  पेरिसको अाइफल टावरमा मलाई अाइन्स्टाइनको सिद्धान्त  पूर्ण अनुभुती गर्ने प्रार्थना गर्छु । पुन : उही मनप्रिय साथीसँग ।  आशा गर्छु यसपटक  कसैले डिस्ट्र्ब  गर्नेछैन ।  न अलार्म घन्टीले न नियतिले न समयले ।  

त्यो सिद्धान्त कसरी भौतिकशास्त्रीले  प्रयोग गर्छन् भन्ने कुरा नबुझेपनी त्यो अनुभव गर्न सकिन्छ ।  कुनै दुबिधा छैन।  जिवन्त अनुभव ।  भावसून्य अनुभव ।  
केमिस्ट्री मिलेको अनुभव ।  शायद उनलाई पनि मलाई जस्तो हुँदो पो हो कि ! त्यो भने अन्योल नै रह्यो ।  उनले मेरो जन्मदिनको दिन बिर्सेंकोले शायद उनको मनको कुनामा म अटेको छैन होला ।  

उही 
समयको यात्री 

मनको यात्री 


Comments

  1. Dai, continue writing! you are gifted! :)

    ReplyDelete
  2. Very different from expected... Beautifully presented.. keep it up!!

    ReplyDelete
  3. Kasto ramro lakh k。very good writing. Kasle ho janmaday ma birseko

    ReplyDelete
  4. This is a heartwarming read. I smiled multiple times during this read; i thank you for that.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा