Einstein,me and phantom vibrations

Einstein ,me and phantom vibration 

मनुश्य शरीर vibration ले भरिएको हुन्छ भन्छन्  वैज्ञानिकहरु ।  त्यो vibration व्यक्ति  पिच्छे फरक हुन्छ  रे ।  मनका तरङ्गहरु विचित्र किसिमले  सल्बलाइरहेका हुन्छन्  ।  खुशी दु:ख आदिको मनोभावको कुनै आकार देख्दिन म ।  कुनै आयाम पनि देख्दिन ।  बस्तुसरह तौलिन  पनि सक्दिन म ।  त्यो निराकार भावलाई व्यक्त  गर्ने शब्दहरु पनि भेट्दिन म। 

शब्दकोषसँँग सापटी माग्न खोज्दा  मन र मनको भावमा  खुशी दुखी, उदासी  मात्रै  शब्द दिन्छ ।  कती हो त्यो खुशी मन भनेको ? कती हो त्यो दुखी मन भनेको ? खै ।  नाप्न भने सकिन ।  अनुभुती मात्रै  हुन् भन्ने ठहर गरेँ मैले ।  सबै vibrations नै हुन्  भन्ने मेरो विचारमन्थनबाट  निस्कियो ।  सुख अनुभुतीका vibrations ।  दु:खका vibrations  इत्यादि  ।  फिल्मसमाग्री आदि सबै vibrations लाई पोषण गर्ने तत्व हुन् । अाइन्स्टाइनको जीवनमा आधारित एउटा डकुमेन्ट्री फिल्म हेर्ने मुड बन्यो ।  फिल्मको कहानी सुस्त बग्दै छ । ....

....अाज फेरि  अाइन्स्टाइनलाई भूत चढेको छ ।  रसायनशास्त्र  र भौतिकशास्त्रको भूत ।  सुत्रहरु नाचिरहेका छन्   ।  सापेक्षताबादको  सिद्धान्त  प्रतिपादन गर्दा उनका खुट्टा भुइँमा  छैनन्  ।  खुशीका vibrations  को उचाइले पूरै  बातावरण फुरुङ्ग  छ ।  ।  vibrations  बग्छ रे ।  उनका vibrations बगेर उनको कोठाका भित्तामा  ठोक्किँदै लडिबुडी खेल्दै छरिएको हुनुपर्छ ।  त्यस्तो सुमधुर बातावरणको सान्निध्यमा बस्ने जो कोहीको मन पनि सोही vibrations सँग रेजोनेन्स मिल्न पुग्छ।  आज अाइन्स्टाइनकी जीवनसाथी पनि सँगै छिन्   ।  धेरै समयपछि  हुनुपर्छ अाइन्स्टाइनले उनको गालामा चुम्बन गरेको ।  खुशीले गदगद भएको ।  

अाइन्स्टाइनलाई कपाल काट्ने फुर्सद पनि नहुने । त्यसैले उनी पनि निकै खुशी छिन्    ।  अाइन्स्टाइनलाई सुत्रहरुको जन्जालबाट मुक्ति  मिलेको देखेर । ।  धेरै समय अाइन्स्टाइन सुत्रहरुमै तल्लीन  हुन्छन् । उनको प्रियसीले धेरै पटक अाइन्स्टाइन आँफै साथ नभएको महसुस गर्छिन् ।  अाइन्स्टाइनलाई उनले सार्है माया गर्छिन्  । त्यसैले होला  उनलाई  phantom husband phenomenon हुन्छ बेलामौकामा  ।  कहिल्यै उनका निम्ती फुर्सद नहुने ।  अाइन्स्टाइनलाई भने लामो सुत्रहरुको साधनामा तल्लीन हुँदाको मिठो फल लागेको भएपनि  उनका दृष्‍टिमा त मुक्ति नै मान्नुपर्छ ।.........  

मेरो मनले आफ्ना  तरङ्गहरु पैदा गर्न थाल्छ ।  सिनेमाका पात्रहरुमा आफूलाई समाहित गर्ने प्रयास गर्नु कथानिर्देशन्  उत्कृष्ट हुनुको उदाहरण हो । मेरा साथमा प्रिय साथी बसेकी छन् छेउकै सिटमा ।  उनी पप्कर्न क्वाप्प क्वाप्प  हाल्दै ध्यानमग्न छिन् ।  जमाना यस्तै त हो ,घरमा फुल्ने  मकै सिनेमा हलमा पप्कर्नमा पदोन्नति हुन्छ ।  पप्कर्नलाई बत्तिस दाजुभाइ मिलेर पेलिरहेका छन्  एक पछि  अर्को गर्दै । पप्कर्नलाई मायालु vibrations उत्पन्न  नभएपनि  मलाई भने भइरहेको जस्तो लाग्छ ।  हल्का नाक चुचो, गोलाकार अनुहार ,रातो टिसर्ट निलो  जिन्समा  औधी राम्री देखिएकी पो छन् आज । प्रचलित कोरियन स्टायल भने पनि चस्मामा त गान्धी स्टायल नै देख्छन् है मेरा आँखाले ।  गोला अाकारका ठूला  चस्मा ।  धान्ने फ्रेम र डन्ठिलाई सास्ती हुनेजस्तो देखिने ।  उनी,म र पप्कर्नमात्रको अस्तित्व ।  फिल्मको पर्दा गौढ हुन पुग्यो मेरा लागि ।  त्यसैगरी अाइन्स्टाइन  पनि पर्दाबाट बिलाउँदै गए । सबै vibrations मिठासपूर्ण छन्   ।  उनी पनि अलप हुँदै जान्छिन्     ।  .......    

 “शम्भु ।  शम्भु ।।।।।ड्युटि थियो कि। निदाएछौ त ..... ”  सरको स्वर कानमा गुन्जिन्छ।  “ हल्का सन्चो नभएर ।  भाईरल ले समात्यो कि जस्तो छ  सर ।  “ टेबलमै निदाएछु म ।  सबै phantom पात्रहरु रहेछन् ।  आँखा मिचेर डिस्चार्ज् लेख्न थाल्छु  म। घडीले २ बजाउनै आँटेछ । दिवा ओ पि डिको समय ।  खल्तिमा घ्यर् घ्यर् गरेको महसुस हुन्छ ।  ल अब कसले कल गरेछ भनेर मोबाइल निकाल्छु ।  इन्बक्स र कल शाखामा रित्तो छ हाल्सालैको गतिबिधि  ।  प्रिय साथीको कल र मेसेज नआएको त जुग बित्यो ।  के बजेछ त घ्यर्‍  घ्यर ।  यस्तो धेरै पटक हुने गरेको छ ।  माम्शपेशी खुम्चिएर हो कि ?  

मोबाइल बजेजस्तो महसुस हुने तर वास्तवमा बजेको नहुने ।  जसलाई  भनिन्छ  ” phantom vibrations  “ ।  कसैको मनको vibrations अनुकुल छ कि भनेर अनुभुति गर्दा वास्तवमा अनुकुल नहुने  ।  कोही साथमा छ कि भन्दा साथमा नहुने ।  प्रिय साथीसँग छु कि भन्दा टेबुलमै निदाएर उठ्ने ।  कोही गतिलो नेता छ कि भन्दा  नहुने ।  मानिएकाहरुमा ज्ञान छ कि भन्दा सबै भित्र खाली हुने ।  सबै एक से एक phantom  phenomenon नै हुन्  ।  मस्तिस्कलाई झुक्याउने ।  उल्लु बनाउने ।  अाइन्स्टाइनले मात्रै  होला सबैका लागि लाग्ने भौतिकशास्त्रका  phantom  vibrations  सिद्धान्तमा  उतार्न सक्ने ।वास्तविक बनाउन सक्ने ।  अरु सबैको काम त झुक्याउने न हो सबैका मस्तिस्कलाई ।  हृदयलाई झुक्याउने ।  मस्तिश्कलाई झुक्याउने ।  अस्तित्वलाई झुक्याउने ।  


उही 
स्वप्न्दर्शी 
phantom person 





Comments

Post a Comment

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा