Posts

Showing posts from June, 2026

डाक्साप, अब हमार शरीर ब्याट्रीके भर चली ?

डाक्साप, अब हमार शरीर ब्याट्रीके भर चली ? भनिन्छ , मनुष्यले आफ्नो जीवनको  आयु लिएर आएको हुन्छ । यो भाग्यवादी चिन्तनको उपज हो भनेर भन्न मिल्ने दृश्य धेरै देखिन्छ । जीवनलाई चलचित्रको पर्दामा जस्तै दृश्य अवलोकन गर्यो भने ईश्वरको अस्तित्वमा प्रश्न गर्न मिल्ने ठाउँ धेरै हुन्छन् । एउटा चिन्तनशील प्राणी भएको नाताले मनुष्यको दिमागमा एउटा प्रश्न पक्कै जन्मिन्छ " के व्यक्तिको भाग्य पूर्व निर्धारित हुन्छ ? के यो पृथ्वीमा  हामी फगत एक पात्र मात्रै हौं ?  " दुर्गम पूर्वी तराईको कुनै जिल्लाबाट एक ५० वर्षीय महिला र उनका श्रीमान उपचार गर्न वीर अस्पताल आइपुग्छन् । एक दिन दिउँसो १ बजेतिर वीर अस्पतालको भिडभाडमा एको रुमको( Echocardiography)  बाहिर ती महिला एक्कासी ढल्छिन् । श्वास बन्द हुन्छ । नाडी पनि चल्दैन । मुटु नि एकाएक बन्द हुन्छ । ती महिलालाई भुइँमा मुडोजस्तै ढलेको  देख्ने व्यक्तिले तुरुन्तै "एको" कक्षमा अत्तालिँदै नर्स र डाक्टरलाई डाक्छन्। मेरा सहकर्मी साथी डाक्टरले नाडी जाँच्ने बित्तिकै Cardiac arrest हो भनेर निर्क्यौल गरेर छाती थिच्ने कार्य( CPR)  सुरु गरिहाल्छन्। म...

के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो ?

के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो ? १. मेडिकल रेजिडेन्सीको बीउ । सायद बीउ अनुसारकै फल पाइन्छ भन्ने कथन मेडिकल शिक्षामा पनि लागू हुन्छ । आधुनिक चिकित्साका पिता मानिने विलियम ओस्लरले भनेका थिए " पुस्तकरहित चिकित्साको अध्ययन गर्ने व्यक्तिले विना नक्साको समुद्रमा यात्रा गर्दछ, तर बिरामी विना चिकित्साको अध्ययन गर्ने व्यक्ति त समुद्रमा नै जाँदैन । " यो कथनलाई अति रन्जित गरेर खरो ड्युटी गरेर मात्रै चिकित्सा अध्ययनले सार्थकता पाउँछ भन्ने सोचबाट निर्देशित हालको रेजिडेन्सी प्रोग्रामका कटु सत्यहरु मेडिकल विधाका साक्षीहरुले मात्रै बुझ्न सक्दछन् । त्यो स्वयं स्वास्थ्य मन्त्रालयले पनि बुझ्ने क्षमता र दृष्टि राख्दैन । सन् १८८९ मा डा विलियम  हाल्स्टेडले सर्जरीमा रेजिडेन्सीको रुपरेखा तयार गरेका थिए । ओस्लरले मेडिसिन विधाको रुपरेखा तयार गरेका थिए । हाल्स्टेडले निकै सख्त प्रोग्रामको संरचना गरेका थिए । जसमा ३६५ दिन नै हस्पिटलभित्र बस्नुपर्ने , लगातार दुई दिन ड्युटी गर्नुपर्ने , बिहे आदि गर्न नपाइने जस्ता कडा नियम थिए । ती सबै कुराले विद्यार्थिको स्टामिना परिक्षण गर्छ ...