१२७ वर्षदेखिको वीर शम्शेरको खोकी ।
१२७ वर्षदेखिको वीर शम्शेरको खोकी । वि स. १९५७ सालको एक विहान निकै बिरामी भएँ म बेस्मरी खोकी लाग्यो ज्वरो आयो खोक्दाखोक्दै टप्प टिपे यमराजले मलाई मेरो रोग पत्ता लागेन नि " प्रभु "? यमराजले पत्ता लागाउनै सकेनन् खोकीको कर्कश आवाज , बोलीको कचकच सुनेर वाक्क भएका यमराजले १२७ वर्षको खोकी सन्चो गर्न पठाएका छन् मलाई २०८४ सालमा वीर अस्पतालको प्राङ्गणमा नियाल्दै छु मेरो नाम चाहिँ रहेछ , मधुरो खुसी लाग्यो मान्छेले इतिहास बिर्सेका रहेनछन् साल १९४७ सम्झिँदा त्यो जङ्गलका बिचमा ढुङ्गा र माटोले खडा गरेको अस्पताल छिट्पुट बिरामी हुन्थे एकाध "वैद्य" एकाध "नर्स!" आज त निकै फरक छ कति विघ्न बिरामीको भीड , कति धेरै सवारीहरु कोलाहल सहरको बिचमा वीर अस्पताल ओहो ! कति धेरै डाक्टर, कति धेरै नर्स । औधी ठूलो पो भएछ त वीर अस्पताल !! जम्मा १३७ वर्षमा प्रगती कति धेरै भएछ । धेरै उन्नति भएछ , हर्क भयो मलाई । यमराजले मलाई "गुगल" सिकाएर पठाएका छन् । अस्पतालको "गुगल" गर्न मन लाग्यो मलाई विश्वको आधुनिक नजरमा कहाँनेर छ त वीर अस्पतालको शान ...