पुस्तकालयको प्रेमिल जासुस । ।

प्रेमिल जासुस । ।

किताबका तत्वहरुमै धेरै समय डुब्ने म आज थाहै नपाई उत्रिन लागेको छु । आफैलाई देखेर अचम्म लाग्छ । समयको अस्तित्व फरक  महसुस भइरहेको छ । कम्पुटर सेक्सनबाट फोटोकपी गरेर निस्किँदा छुट्टै अस्तित्वको सन्चार हुन्छ । उनको अस्तित्वको महसुस । अज्ञात अनौठो आकर्षण हुन्छ । उनको मुस्कानले मलाई जिवन्त तुल्याउँँछ । उनलाई देखेको पहिलो क्षणमै सधैं सकारात्मक विचार मात्रै उत्पन्न हुन्छ । पुस्तकालयको किताब पढ्न के गार्हो  होला र ,जब म एउटा प्रत्यक्ष  नयाँ नखुलेको किताब पढ्ने आँट गर्दै छु ।

फर्किएर टाढा पुगेपछी पनि बारम्बार उनको अनुहार अगाडि आइरहन्छ । यस्तो पहिले कहिल्यै भएको थिएन ।  पहिले केवल किताब बाहेक अरु मस्तिष्कमा सयर गर्दैनथे ।  अहिले त उनको मुहार बाहेक अरुको प्रवेश निषेध छ मनको बगैंचामा । केवल उनको अस्तित्वमात्र महसुस हुन्छ । अनावश्यक रिस  उठ्ने मेरो बानी आफै शान्त हुन्छ । डाक्टरले दिने ति मन खुसी बनाउने औषधि पनि फेल खान्छन् होला जब म उनको सम्पुर्ण आभाको आभास गर्दछु ।

पुस्तकालय बस्दा किताबमा हुने मन बीच बीचमा उनको यादमा ब्रेक लिइरहन्छ । मनले  बारम्बार ब्रेक लिएको देखेर  दिमाग आत्तिन्छ बेलाबेलामा । आखिर किन यस्तो भएको छ ? त्यो मलाई थाहा हुँदैन । लाग्छ धेरै पहिले देखिको नाता जोडिएको छ । हर समय उनकै नजिक हुन मन लाग्छ । अदृश्य आकर्षणले मेरा क्रियाकलापहरु उनकै तर्फ आकर्षित गरिरहेको हुन्छ । न्युटनको कुनै कृयाको बराबर र प्रतिकुल प्रतिक्रिया हुन्छ भन्ने सिद्धान्त कसरी लागु होला , जब उनको अनुभुतिलाई मैले कुनै प्रयत्न गर्नुपर्दैन । कुन कार्य गर्ने  होला त उनको बरोबर प्रतिक्रिया पाउन ?

उनको सामिप्यता खोजेपनि मन भड्किएको जस्तो लाग्दैन । मन स्थिर छ । मन शान्त छ । तर अनौठो काउकुती लागेको छ मनमा । त्यसैले त कुनै बेला विना कारण  मुस्कान आफै ओठमा फिँजारिन्छ ।  मनमा काउकुती कसरी लाग्ने रहेछ जब मनलाई हातले छुनै सकिन्न !

ऐना नहेरेको पनि धेरै भएछ । ऐनाले मेरो जिवनमा खासै अर्थ कहिल्यै राखेन । । पढ्दा पढ्दै पुस्तकालयमा अध्ययन गर्न के चिटिक्क पर्न पर्‍यो र ! तर आज  जिङृङ कपाल , दुई हप्ते दार्ही देखेर सर सफाइ गर्न मन लाग्छ । मनमनै सोचेँ , कार्यालय नजिकैको नाउले राम्रै आम्दानी गर्ने भयो । देखिने हुलियामा आकर्षण निर्भर गर्ने हो कि । नत्र मलाई किन आफैं चिटिक्क हुन मन लागेको त ?

पुस्तकालयमा उनको फेरि दर्शन पाइन्छ कि भनेर मनले उतै डोर्‍याउँछ । कुनै एउटा पुस्तक लिएर ढोकाबाट सबैभन्दा नजिकै एउटा कुर्सी हल्का आवाज नआउने गरी तान्छु । र तनमनले बसेको जस्तो नाटक गर्छु । पढ्दै गरेको पुस्तकको नाम थियो " विचार विज्ञान । "  आफ्ना विचारहरु घुमिरहेका छन उनको परिदृष्यमा । एक्कासी उनमा  दृष्टि पर्दा मुटु रोकिन्छ । अनि पुनः बेजोडले दौडिन्छ । टाउको उठाउँदै  र झुकाउँदै गहिरो सोचमग्न अध्ययन गरेको प्रतीत हुन्छ होला देख्नेहरुलाई । तर मेरो ध्यान उनको कृयाकलापमा छ । एक प्रकारको प्रेमिल जासुस । किताब समाउँदैमा विद्वान हुने भए त पुस्तकालयका सबै दराज विद्वान हुन्थे होला !

संयोगले भन्नुपर्छ उनी मेरो अगाडि बस्छिन् । म पुलुक्क हेर्छु ।उनले पनि हेर्छिन् । असहज मुस्कानले सिष्टाचार सुरु हुन्छ । फेरि आ आफ्नो पुस्तकमा ध्यान केन्द्रित हुन्छ । किताबका पानाबाट लुकेर एक अर्कालाई हेर्ने प्रयास दुबैको  नजरले   पक्राउ गर्छ ।  छलेर हेर्नुपर्ने र एक टक हेर्दा पनि  पक्राउ गर्न मिल्ने कानुन ठिक लागेन मलाई, जब हेर्नलाई भित्र बाहिरको  चक्षुले उनी बाहेक अरु केही देख्दैन । कसरी दोषी करार गर्ने त मलाई   !

उनको फोन आउँछ । महत्वपुर्ण प्रतीक्षारत फोन हुनुपर्छ । त्यसैले उनी खुशीमा नाच्दै  उठेर बाहिर जान्छिन् । केही समय बित्छ । उनी फर्किने पर्खाइमा बसिरहन्छु म  । पुस्तकालय बन्द हुने समय हुन्छ । तर  उनी फर्किँदैनिन्।  अनेक तर्कनाहरु गर्दै भोलि पुनः आउने  निस्चय गर्छु । पढ्ने बानी बसाल्न त पर्‍यो ।  जीवनको बाटोमा फूल टिप्न समय र गति मिलेको  हुनुपर्छ । शिशिर ऋतुमा बगैंचामा फुल ढकमक्क आश गरेर निराशा मात्रै हात पर्छ     फुल फूल्ने समय र आफू उपस्थित हुने समय जब  एउटै हुँदैन , फुलको सौन्दर्य छुट्छ । टिप्न पाउने कुरै भएन  । 
  

Comments

  1. प्रेम रोग 🤣🤣🤣 कति खत्रा साहित्य हो डा साप को

    ReplyDelete
    Replies
    1. Ho. Loveria nai lageko raichha. Disease diagnosis bhayo.

      Delete

Post a Comment

Popular posts from this blog

अप्रिय अंक १००० ।

अ....क्सि ......ज....न......

फोक्सुन्डो यात्रा : अविस्मरणीय यात्रा ।