नाडी छाम्ने डाक्टरको असारे दौड ।

नाडी छाम्ने डाक्टरको असारे  दौड ।  

२०७४ साल असार २२ गत, बिदामा म निस्केर  काठमान्डौ आएको दिन ।पर्सिको दिन  मेरो वीर अस्पतालको  प्रबेश परिक्षा ।  पढाईको दौड बढाउन नसकेपनी आफ्नो दौड भने राम्रै  भएको थियो ।  त्यो दौडमा आफ्नो कार्यालयको रुपरेखा परिवर्तन गर्ने उत्कट इच्छा मिसिएको थियो ।  २०७३ साल माघ महिनामा आफ्नो कार्यस्थल पाइला टेक्दा  बातावरण निकै मुग्ध थियो ।  नयाँ ठाउँ नयाँ परिबेश् ।  नेपाली भाषाको नयाँ लवज ।  सोही समयमा मेरो मनमा उब्जिएको बिचार “नाडी छाम्ने डाक्टर ” शिर्षकमा उत्रिएको थियो ।  ( http://shambhukhanal.blogspot.com/2017/06/nadi-chhamne-doctor.html) सल्यान जिल्लाको थारमारे भन्ने ठाउँ बिकासको गति समात्न खोज्दै गरेको अनुभुती हुन्थ्यो ।  कसैले मनले गियर थिचिदिए गति रन्किने प्रबल सम्भावना देखिन्थ्यो ।  अहिले भने गियर थिचिदिने प्रबल नेत्रित्व हुँदा फड्को नै मार्ने आश गर्न सकिन्छ ।  

कार्यालयको भवन उभिएको थियो निकै आशाका साथ ।  कसैले मलाई बेहुली सिङारेजस्तै सिङार्छ कि भन्ने आशामा बसेको जस्तो लाग्थ्यो ।  आन्तरिक क्षमताले सबै काम नसकिने हुँदा कुनै संस्थाको सहयोग माग्न सकिन्छ कि भन्ने ध्यान भने सधैं हुन्थ्यो मलाई ।  त्यस्तैमा एउटा गैर सरकारी संस्थाले केही सहयोग गर्ने मनसाय रहेको पत्ता  लगाएको थिए ।  उनिहरुसँग संपर्कमा रहिरहेको थिए र त्यो सहयोग अन्य संस्थामा जानुभन्दा आफ्नैमा ल्याउने दौडमै  थिए ।  सहयोग सानो थियो तर निकै प्रभाब्कारी गर्न सकिने किसिमको थियो ।  

सो संस्थाको सहयोगमा केही आवश्यक सरसामाग्री स्वास्थ्य केन्द्रमा आउने पक्का गरेर काठमाडौ   आफ्नो परिक्षा भेटाउन निस्किएको  थिए ।  सबैलाई असार महिनामै चटारो पर्नुको कारण बुझ्न सकेको छैन ।  सो संस्थाले पनि असारको मध्यमा सहयोग दिने बाचा गर्‍यो ।  त्यो काममा लागियो भने आफ्नै काम छुट्ने पीर पनि थियो ।  २५ गतेसम्म कागजात संस्थाको केन्द्रिय कार्यालयमा पुगिसक्नुपर्ने भन्ने उर्दी थियो। तथापि सानो परिबर्तनको इटा जोड्न पर्‍यो भनेर त्यसको कागजात तयार गरेर पठाएको थिएँ  कुरियरमार्फत ।  अब काम सम्पन्न भयो भनेर आनन्दसाथ काठमान्डौ तिर लागेको थिएँ   ।  २२ गते दिउँसो फोन आयो ।  “ डाक्साप । कागजात त आएको थियो ।  आज हेर्दा लेखेको मिलेको रहेनछ ।  कागजात पठाउनुपर्ला ।   ५००० माथिको रकममा कोटेसन पनि चाहिन्छ । आदि ”  सरकारी नियमभन्दा फरक नियम त्यही समय सिकियो ।  मेरो मनमा भने “ बर्षभरि तात्तिनुछैन ।  असारमै दौडिन पर्ने कस्तो सन्स्कार होला ।  “  भर्सेला परोस् भनेर एक मन त जागेको थियो ।  त्यहिपनि प्रयास गर्नुपर्‍यो भनेर तुल्सिपुर फोन संपर्क गर्न लागेँ ।  चिनेजानेको कोही नहुनु र भएको पनि काठमान्डौ  सोही परिक्षा निम्ती हुँदा त्यो काम फत्ते गर्ने प्रयासमा नेपाल टेलिकमलाई भने राम्रै फाईदा भएको थियो त्यो दिन ।  

तुल्सिपुरबाट नेपालगन्ज कुरियर गरिएको कागजपत्र काठमान्डौसम्म चक्कर खाएर बल्ल नेपालगन्ज पुग्नेरहेछ । त्यसमाथि मुग्लिङ सडक निर्माण  कार्यको कृपा थियो त्यसबेला ।  अलि बढिसमय नै बाटोमा चक्कर खाने निस्चित थियो। कुनै पनि हालतमा त्यो २५ गते बिहान १२ बजेभित्र नेपालगन्ज अफिसमा पुग्ने सम्भावना  थिएन  ।  केही उपाय लगाउनैपर्ने हुँदा सो कागजात पून : नेपालगन्जबाट काठ्माडौ अफिसमा पठाइने हुँदा काठ्माडौबाट नै मैले त्यो निकालेर अफिसमा पुर्याइदिने कुरा भयो ।  यस्तैमा त्यो दिन सकियो ।  अर्को दिन दिउसो परिक्षा दिएर तुरन्तै कुरियर बोकेको गाडी फेला पार्ने क्रममा बल्लतल्ल अनामनगर पुगे । शनिबारको  दिन भएकोले कुरियर अफिस नखुल्ने हुँदा गाडी र गाडी चालक नभेटी नहुने थियो ।  बाटोमा गाडी कुरेर हरेकको नम्बर प्लेट हेर्दै  बस्नुपर्‍यो । फेला पनि पर्‍यो ।  गाडीबाट कागजपत्र बुझेर लाजिम्पाट दौडिएँ  र त्यहाँ  अफिसमा पुर्याइ  म फर्किएँ । 

अर्को दिन स्वास्थ्य सेवा बिभाग गएर सरसामाग्रीको जानकारी लिएर भैरहवा फर्किएँ ।  परिक्षाको रिजल्ट पनि आएछ  । आजसम्ममा  असफल भएको मेरो पहिलो परिक्षा ।  नरमाइलो लागेको थियो ।  कार्यालयको दौड  र किताबको दौड   सँगै  लैजानुपर्ने देखियो । कार्यालयको चक्करले मलाई पनि चक्कर लाग्यो ।  असार महिना पुरै ब्यस्त महिना ।  ट्रैनिन्ङ, मिटिङ आदि सबै कार्य असार  महिनाको बिशेषता रहेछ ।  यो त सानो एउटा कार्यालयको अनुभव मात्रै हो। मलाई अलि याद रहेको घटना  ।  कती कार्य पूरा नहुने,ंअ होलान् भने कति त कागजमै सिमित हुँदा हुन्    ।  

घटना सानो भएतापनि  असारे दौडले केही कुरा सिकायो ।  केही कुरा बुझ्न पनि पाइयो ।  यो त एउटा  सानो प्रातिबिम्ब घटना  मात्रै  हो। तर यस्ता असारे दौडले कार्यसम्पादन कतिसम्म प्रभाबकारी होला भन्ने प्रश्न भने उब्जिएको थियो ।  चाहेको खन्डमा धेरै कुरामा परिवर्तन गर्न सकिने रहेछ  ।  कसैले भरोसा तथा आड दिएमा र गर्ने इच्छा  भएमा परिवर्तनले गति अवस्य लिन्छ । नाडी छाम्ने डाक्टरको 


स्वरुप केही मात्रामा भएपनी परिवर्तन भएको जस्तो लाग्छ । त्यसका लागि आड दिने स्थानीय तहको मुख्य भूमिका रहेको हुन्छ । र त्यो भूमिका सल्यान थारमारेमा राम्रो रहेको देखिन्छ ।  सबैको जय होस् ।  

Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा