Loksewa manobaad


लोकसेवा मनोवाद ।  

बाँच्नलाई मात्र हो भने  धेरै कुरा चाहिदैन  । चाहिने त आत्मसन्तुष्टिका  साथ बाँच्नको लागि हो। न्यूनतम पारिश्रमिकमा  बाँच्न नसकिने  हैन ।  तर सबै जना श्री कृष्णले गीतामा भनेको जस्तो योगी हुन सकिँदैन ।  न त डा गोबिन्द के सि जस्तै त्यागी हुन सकिन्छ । लोक सेवा अन्तर्गतको स्थायी  जागीरले थोरैमा बाँच्न सिकाउँछ ।  एक प्रकारले  वाध्य नै गराउँछ भन्नुपर्ला ।  हो ।  इच्छाको  कुनै सिमा हुँदैन । तर इच्छाको बिरुवा नानीमोठी सम्भव पनि छैन ।  ।  

“ यसपटक प्लेनमा जाउँ कि गाडीमा ।  प्लेन महँगो पर्छ ,गाडीबाटै जानुपर्ला ।  प्लेनबाट सजिलो त हुन्छ ।  “डाक्टर साब ” लाई प्लेनबाटै आशा गर्छन् ।  अरुले भनेर हुन्छ ? आफ्नो हिसाबले  चल्ने पो हो ।  ...............“   यस्तै मनोबादले अन्त्यमा गाडीकै यात्रा प्रिय   ।  प्लेन चडेर जाने त ट्रेनिङमा जाँदा हो। 

“ अहिले नयाँ मोबाइल आएको रहेछ ।  दामी छ .... आदि ।  “  चियागफमा निस्किने सामान्य कुराहरु ।  सुन्दै रहर लाग्दो ।  “ किन्नुपर्छ कि क्या हो ।  दाम कती पर्ने रहेछ त ।  ६००००  पो रहेछ ।  होस् ।  ठिकै छ आफ्नै पुरानो मोबाइल ।  काम चलिरहेको छ ।  सस्तिएपछि  किन्नुपर्ला ।  “  इच्छा  नपलाउँदै मर्दै जान्छ दिनहुँ ।  

“ कपाल पनि झरिसकेछ ।  कहिले फुर्सद भए पो हेर्नु ।  ऐनाले सम्म जिस्काउँदा केही फरक परेको थिएन ।  मान्छेले उमेरमै कपाल झरेछ त बाबुको भन्दा टाउकैमा किन हेर्दा हुन्  जस्तो लाग्ने बेलाबेलामा  ।  नयाँ प्रबिधिले  कपाल रोपेर हराभरा बनाउन  सकिने  भैसकेको छ ।  कती लाग्दो रहेछ त भनेर बुझ्दा ३ लाख जति लाग्ने रहेछ ।  ८ ९ महिनाको तलब एकै पटक झ्वाम्म ! ठिकै छ ।  कृत्रिम काम नगरे नि हुन्छ । क्यापले नै ढाक्नुपर्ला । लोकको सेवा गर्न किन चाहियो र ।  ....." 

“ सो रुममा गाडी राम्रै रहेछ्न् ।  चलाउन राम्रै देखिन्छ ।  आरामदायी पनि ।  ५० लाख नै पर्ने रहेछ ।  एक छिन दारी मुसार्दै बिचार  गर्‍यो ।  अह .... पछि   इन्स्टल्मेन्टमा लिनुपर्ला ।  अहिलेलाई नेपाल यातायात नै ठीक छ । कमसल क्वार्टरमा बसेर त  २ -३ बर्ष बित्यो ।  गाडीमा सुत्ने पनि हैन ।  “ 

“ १० पछिको पढाई नै ८ बर्ष भैसकेछ ।  ३ बर्ष असुबिधायुक्त ठाउँमा लोकसेवामै  बितेछ । अचेल  मान्छेको पहिलो प्रश्न नै “ के को बिशेषज्ञ ! “  च्वास्स पर्छ र सम्झिन्छ ” अझै बाँकी पो छ त हो पढ्न ।  ठूलो डाक्टर हुन पढ्न पर्ने भयो ।  प्रतिस्पर्धा बर्षेनी गुणात्मक छ । ......... “   झसंग हुन्छ बेलाबखतमा । 

गान्धी जीवन अनुसरण गर्ने हो भने मजाले चल्छ जिवनचर्या । तर डाक्टर हुनुपुर्ब गान्धी आदर्शको  पाठ नसिकेकोले डाक्टर भैसकेपछि त्यो आदर्श खोज्दा कठिन नै छ । यसै पनि आदर्शको मार्ग  कठीन मार्ग हो ।यदाकदा भेट्टिएला ।  त्यसमाथि हाम्रो देशमा पहिले पढ्दा  राजसी सपना भिराउने र डाक्टर भइसकेपछि   “ गान्धीको व्यबहार राजाको सवारी ” आशा गरिने हुँदा पेशाको गरीमा ह्रास् हुँदै छ ।  सानैदेखि अब्बल विद्यार्थीले पढ्ने बिषय भनी मौलाएको डाक्टर हुने सपना।  सपनाको लहरामा सामाजिक सम्पन्न्ता उनिएको उधारो आशा  ।  आशा उन्दाउन्दै यथार्थसङको परिचय र आत्माले आदर्श पारीत्याग गर्ने कि नगर्ने भन्ने किंकर्तब्यबिमुढ अवस्था । 

हृदयलाई सम्झाउँदै सेवाउन्मुख हुने बिचार  पलाउँछ । तर यदाकदा हुने घटनाले गर्दा सरकारले निमोठ्दै जान्छ ।  बेवास्ता गर्दै जान्छ । जनमानसिकताले पनि उखुजस्तै पेल्दै जान्छ ।  यस्तैमा बिचारको स्टियरिङ्ग घुम्छ र पछ्याउँछ् उनिएको पुरानो सपना पूरा   गर्न । अनि सधैं कुर्लिन्छन् सबै जना  ” डाक्टरहरुमा सेवाभाव नै भएन ।  पलायन भए ।कडा नियमले रोक्नुपर्छ । “ 

डाक्टरको पदले सबैलाई राम्रै झुक्क्याएको छ ।  कोट लगाएर चिटिक्क परेर बसेपछि ठुलै मान्छे हुन पर्‍यो ।  पहिरनले भएपनी ।  पैसाको  बिटोका बिटो होला भन्ने जो छ सबै माझमा । तर सबैले आशा गरे अनुसारको भब्यता भने छैन । बाहिर देखिने भब्यताले नै होला काठमान्डौ पुतलिसडकतिर प्रबेश परिक्षा तयारीको घुइँचो कत्ती कम नभएको ।  ।  

यसरी नै बाँच्न सिकेका छन् लोकसेवाको डाक्टरहरु । डाक्टरले प्राइभेटमा काम गरेकोमा नरुचाउनेहरुले बेलाबखतमा डाक्टरको  दिनचर्याको अध्ययन गर्न पनि राम्रै हुने देखिन्छ ।  इच्छा भन्दा पनि आवस्यकता पूरा  गर्न कठिन ।  “लोक सेवाको जागीर सामातेको ब्यक्तिले हो । जागिरले समातेको हैन ।  “ भन्ने हो भने हाल बिकल्परहित अवस्थाको बाध्यता हो भन्ने बुझ्नु पर्ने हुन्छ ।  

Comments

  1. कुरो त सहि हो डाक्टर साब। हामीले जागिर समातेर कतियनलाई खुट्टा तान्दा तान्दै फुर्सद नै नभएको अर्को अवस्था पनि छ। :डि

    ReplyDelete

Post a Comment

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा