Posts

Showing posts from October, 2026

ग्रहगोचर र नक्षत्र खोज्दै गर्दा अस्पतालमा छुट्ने जीवन ।

ग्रहगोचर र नक्षत्र खोज्दै गर्दा अस्पतालमा छुट्ने जीवन । भनिन्छ छैटीको दिन भाग्य लेख्न छैठी देवी आउँछिन् । र भाग्य कोरेर जान्छिन् । भाग्यवादको मनोविज्ञान जन्मदेखि नै प्रारम्भ हुने हाम्रो समाज पुरातन समाज हो कि ? उन्नत समाज हो ? यो प्रश्नको उत्तर त्यति सजिलो भने छैन । विज्ञानमा विस्वास गर्नु अन्धविस्वासलाई चिर्ने उत्तम उपाय हो । मेडिकल शिक्षाको विद्यार्थी भएको नाताले म स्वास्थ्यमा भएका क्रान्तिको गाथाहरु नजिकैबाट नियाल्न र अनुभव गर्न सक्छु । विफरको उन्मुलन देखि हैजाको नियन्त्रणमा विज्ञान निकै प्रभावशाली रहेको कुरा जगजाहेर छ ।  तर अस्पतालमा काम गर्दैगर्दा कति बिरामीमा हुने कति प्रक्रियालाई म व्याख्या गर्न सक्दिन । त्यो मेरो ज्ञानको अभाव हो भन्न सकिन्छ । वा अनगिन्ती कुराहरु खोज्न बाँकी  नै छ भनेर बुझ्न सकिन्छ । एक जना बूढा बाजे हुम्लामा मुटु दुखेर जिल्ला अस्पताल पुगेछन् । त्यहाँ इ सि जि गर्दा हृदयघात भएको थाह भएछ । त्यसको उपचारको लागि "अस्पिरिन"  बाहेक अरु औषधि उपलब्ध नरहेको र अरु उपचार गर्न नेपालगन्ज पठाएका रहेछन् । साँझ भइसकेको कारणले प्लेन उड्ने कुरा भएन । अर्को दिनको पह...