कालो चस्मा र उनी ।


कालो चस्मा पछाडी लुकेका नयन । 
स्वभावले नै नयन चलायमान हुन्छन् ।  निकै लोभी हुन्छन् । आकर्षक हुन्छन् । कसैका  नयन चिम्सा हुन्छन् । कता खोपिल्टामा हराएका जस्ता । भनिन्छ आँखा भित्री शरीरको ढोका हो । आँखाभित्रको पर्दाको परिवर्तनले शरिरको रोग थाहा हुन्छ  । जस्तै रक्तचाप । मधुमेह । त्यो त चिकित्सकिय कुरा भए । नयनमा मान्छेको भाव झल्किन्छ । निराशा । खुसी । आशा । कौतुहलता आदि । 


प्रसङ्ग एउटा बिहेको दिन । कहिल्यै कालो चस्मा नलगाउने भएपनि त्यो दिन कालो चस्मा लगाएको थिएँ । कालो चस्माले नयनहरुलाई शितलता प्रदान गर्ने रहेछ । त्यसबाट हेर्दा नयनहरु जता नाचे पनि कसैले थाहा नपाउने हुनाले बडो फाइदाजनक लाग्यो । बिहेको दिनमा पनि कालो चस्मा लगाउनुको प्रयोजन त्यही नै थियो । सबैको ध्यानको केन्द्रविन्दु हुँदा अप्ठेरो लाग्ने हुनाले सहज हुन मद्दत गर्छ । आँखामा देखिने भाव पनि सजिलै लुकाउन सकिन्छ । 
एउटा कुनामा बसेर पार्टी प्यालेसको पुर्ण अवलोकन गर्दा विभिन्न दृश्य देख्न पाइन्छ । बेहुला वेहुलीको बन्धन गर्ने कर्मकाण्ड एकतर्फ चलिरहेको हुन्छ । पण्डित पनि हतार हतार गर्दै मन्त्र उच्चारण गरिरहेका हुन्छन् । हलमा कसैले आइस कृम लिएर चाट्न व्यस्त हुन्छन् । समकालीन कपाल फुलेका देखि जुँघाका रेखी नबसेका मान्छेहरु जमघट गरेर गफ हाँकिरहेका हुन्छन् । कतै फोटो खिच्न व्यस्त छन्  । कतै टिकटक बनाउन व्यस्त । 

पुरुषको मन स्थिर हुदैन । राम्रा नारी देख्ने बितिक्कै मन लोभिन्छ । नयनहरु पनि दृश्यचरण गर्न  लालायित हुन्छन् । सुन्दरताको प्रशंसा नयनहरुले गर्नु स्वभाविक नै हो । तर नयनहरु विचरण गर्नु कत्ती ठिक हैन । 

मैले आफैलाई परिक्षामा उतारेको थिएँ। मेरी प्र्ियसी मसँगै थिइन् । असाध्यै राम्री देखिएकी थिइन्। उनले रोजेको सारी  निकै अदभूत थियो । निकै सुहाएको । उनी मुस्कुराउँदा ओजले भरिन्थिन्। पुतलीजस्तै देखिन्थिन्। अङ्ग्रेजीमा भन्ने गर्छन् " हाउ क्युट !" मेरा नजरहरु कालो चस्मा पछाडी खेलिरहेका थिए । जता हेरे पनि स्वतन्त्र थिए । तर  उनलाई बाहेक कसैलाई एक टक हेर्न मन भएन मलाई । कसैलाई देखेर मन लोभिएन । धेरै पछिसम्म पनि मलाई केवल उनको मात्रै याद हुन्छ । उनको पुतलीस्वरुपको सम्झना छ । उनको सारीको रङ्ग याद छ । उनका ओठले फिँजारेका मुस्कान याद छ । उनको घुमेको  केशको शृङार याद छ । यो सबै प्रष्ट तस्वीर बन्न कुनै बल गर्न पर्दैन । तर सो विवाहको केन्द्रविन्दु  बेहुला र बेहुलीको तस्वीर बनाउन मानसपटललाई निकै जोड गर्न पर्छ । कालो चस्मापछडिका नयनहरुले मेरी प्रियसीलाई धित मर्ने गरि हेरिरहन्छु । उनलाई हेरेर दङ्ग पर्छु । बेला बेला जिस्काउने गर्छु । भन्छु " कालो चस्मा लगाएको छु । जसलाई हेरे पनि कसैले थाहा पाउन्नन्। कति राम्रा नारीहरु । " उनी हल्का रिसाउँछिन्। हो । मलाई उनी रिसाएको मन पर्छ । अरु नारीको कुरा गर्दा रिसाएको  मन पर्छ । तर उनलाई जिस्काएको कुरा थाह पाउन्निन् । उनी सबै कुरालाई मनमै लिने हुनाले ठट्टा गर्न पनि डर लाग्छ । सत्य त्यही हो काला चस्मा पछाडिका नयनहरुले केवल उनलाई नै देख्छन् । ती नयनहरु पनि भाग्यमानी छन्   मेरो मनको एकाग्रता देखेर ।  मनको एकान्की उनीसँग मिलेकोले नयनहरु पनि खुसी छन् । 
कालो चस्माको महिमागान राजनैतिक बजारमा निकै चर्चामा भएको बेलामा मेरो लागि त कालो चस्मा मनको परिक्षा लिने माध्यम भएको थियो ।  । 

Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा