डेङुमा सेतो रगतको त्रास ! कत्तिको जायज छ त ?

सेतो रगतको त्रास ! कत्तिको जायज छ त ?

एक जना अन्दाजी ७० वर्षका बुवा हस्याङ्फस्याङ गर्दै दौडिँदै देख्छु । उनको दौड ब्लड बैंकतिर रहेछ । कुरा बुझ्दा  उनका नातिलाई डेङु भएको रहेछ । डेङुले सेतो रगत घटाएकोले तुरुन्त सेतो रगत( platelet) उपलब्ध गर्नुपर्ने भनेर अस्पतालबाट भनिएको रहेछ । सेतो रगत कम भए रगत बगेर ज्यान जान सक्छ भनेर बुवा धेरै नै आत्तिनुभएको रहेछ । उनको नातिको सेतो रगतको मात्रा ३५०००/ क्यु. मि.मि.  रहेछ । ती बुवामा जुन किसिमको आत्तुरी थियो, त्यो आत्तुरी पैदा हुनु नै राम्रो कुरा हैन । बुझाइको कमी हो वा ज्ञानको कमी हो, त्यसरी व्यक्ति हतास मात्रै हुन्छ । अनावस्यक सेतो रगतको खपतले वास्तवमा चाहिने व्यक्तिलाई चाहिएको वखतमा मद्दत गर्न नसकिने हुनसक्छ । यसबारेमा तथ्य के हो त भनेर दुई चार शब्द नलेखी म बस्न सकिन । 

अहिले बुटवल क्षेत्रमा एउटा त्रास व्याप्त देखिन्छ । सेतो रगतको त्रास । अर्थात् Platelet भन्ने रगतमा पाइने तत्व घट्ने त्रास । किनभने डेङुको प्रकोपले यो क्षेत्र आक्रान्त पारेको छ । ज्वरो आउने, टाउको दुख्ने, आखाका गेडि दुख्ने , जिउ दुख्ने लक्षण  देखिएको खण्डमा डेङुको सहज अनुमान लगाउन सकिन्छ ।

डेङु एउटा भाइरस प्रजाती हुनाले यसको सटिक औषधि छैन । त्यसैले यसले असर पुर्याउने कुराहरु जस्तै बेस्मरी ज्वरो आउने,  प्रेसर कम हुनु, वान्ता हुनु, शरीर उर्जाविहिन हुनु, रक्तानलीमा रगतको मात्रा ( blood volume) कम हुनु जस्ता लक्षणहरुलाई कुशल व्यवस्थापन गर्नु नै मुख्य उपचारका पाटो रहेका छन् । भाइरस हुनाले डेङु मात्रै हो भन्ने भएको खण्डमा शुरुका दिनहरुमा एन्टिबायोटिक चलाउनु अनुपयुक्त हुन्छ । त्यसरी प्रयोग गरिने एन्टिबायोटिकले फाइदा भन्दा बढी हानी गर्ने हुन्छ । त्यसैले अनावश्यक एन्टिबायोटिक प्रयोगलाई दुरुत्साहन गरौं ।

सबै जनाको ध्यान केवल सेतो रगतमा भएको देखिन्छ । एउटा कुरा के सत्य हो भने सेतो रगत अर्थात् platelet को मात्रा घटेर धेरै न्यून हुँदा रक्तश्राव हुने सम्भावना हुन्छ । तर त्यस्तो रक्तस्राव हुनलाई वास्तवमै Platelet को संख्या न्यून हुनुपर्छ । विभिन्न वैज्ञानिक निर्देशिका तथा पुस्तकहरुका  स्रोतमा मतान्तर रहेतापनी एउटा साझा कुरा के निर्क्यौल गर्न सकिन्छ भने Platelet को संख्या २०००० भन्दा कम भए पस्चात मात्रै रक्तस्रावको जोखिम बढ्ने हुन्छ । डेङुमा गरिएका विभिन्न अध्ययनमा platelet को मात्रा घटेर २०, ०००/ मि. लि भन्दा कम भए पनि सेतो रगत ( प्लेटलेट) चढाउनाले कुनै फाइदा नदेखिएको र रक्तस्रावको जोखिमबाट नबचिने कुरा स्प्स्ट भएको छ । त्यसैले डेङुमा रक्तस्राव जस्तै नाकबाट रगत बग्नु, गिजाबाट रगत आउनु, दिसा कालो हुनु , अत्यधिक महिनावारी हुनु जस्ता लक्षणको संकेत पाउनासाथ सेतो रगत चडाउदा बल्ल ज्यान जोगाउन सकिने हिसाबले सेतो रगत अर्थपूर्ण छ । यति भन्दै गर्दा सेतो रगत घटेको अवस्था छ र धेरै न्यून पनि छैन , तर बिरामीलाई रक्तस्रावको लक्षण देखिएको खन्डमा भने सेतो रगत चढाउनु मुनासिव नै हुन्छ । तसर्थ  अहिले फैलिएको सेतो रगतको त्रास जति हुनुपर्ने हो त्यो भन्दा कयौ गुणा निराधार रहेको स्पष्ट छ ।

वास्तवमा सेतो रगतभन्दा बढी अरु कुराहरु बढी ध्यान दिनुपर्ने हुन्छ । जस्तै रगतमा Hematocrit अर्थात् रगत कति Concentrated छ भन्ने कुराले शरिरलाई कति मात्रामा सलाइन चाहिएको छ भन्ने कुरालाई अनुमान गर्न सकिन्छ । सेतो रगतको महत्व रोगको गति, नियती र निम्तिन सक्ने जोखिमहरुबाट सतर्क रहनलाई चिकित्सकलाई मद्दत गर्ने गर्छ । यति भन्दै गर्दा सेतो रगतको त्रास निराधार रहेकाले केही फरक पर्दैन भनेर निचोड निकाल्नु सर्वदा गलत हुन्छ ।  डेङुको लक्षण देखिएमा चिकित्सकको सल्लाह लिनु आवस्यक हुन्छ । किनभने डेङुमा बिरामीलाई ज्वरो आउँदा जति अप्ठेरो हुन्छ , त्यो भन्दा बढि  असर ज्वरो हराउने अर्थात् ज्वरो सुरु भएको  ३-७ दिनमा शरिरमा असर हुन सक्छ । त्यस्ता सतर्क रहनुपर्ने असरमा प्रेसर कम हुने, शरिरका खाली ठाउँ जस्तै पेटमा , फोक्सोको बाहिरी झिल्लीविचमा पानी जम्ने सम्भावना हुन्छ । जसलाई plasma leakage भनिन्छ । यी सबैको निर्क्यौल गर्न एक कुशल चिकित्सकको खाँचो हुन्छ ।

एउटा अर्को तथ्य के हो भन्दा डेङुमा खाना बार्नु पर्ने कुरा छैन । खान मन लागेसम्म, वाकवाकी नभएसम्म झोलिलो कुराहरु, फलफुल आदि खानु उत्तम हुन्छ। शरीर कमजोर बनाउने हुनाले खाने कुरामा भने सक्दो बल गर्नुपर्छ । मुखले खादासम्म र ज्वरो नियन्त्रण भएसम्म  सलाइनको खासै आवस्यकता पर्दैन । तर शरीर गलेको अवस्थामा, सेतो रगत घट्दै गएको अवस्थामा, ज्वरो अनियन्त्रित भएमा , वाकवाकी लागेर खान नसकेमा, प्रेसर कम भएमा, पेट देख्ने भएमा वा अन्य जटिलता देखिएमा अस्पतालमा भर्ना भएर बस्नु उत्तम हुन्छ ।  बजारमा अनाधिकृत रुपमा सेतो रगत बढाउने भनेर विभिन्न  औषधी पनि पाइन्छ । जसको कुनै वैज्ञानिक तुक छैन । र त्यस्ता निराधार औषधिको खोजी कार्यमा लाग्नु व्यर्थ हुन्छ ।

डेङुको ज्वरो र शरिर दुखाइ कम गर्न सिटामोलबाहेकका औषधि जस्तै ब्रुफेन,निम्स आदि औषधि प्रयोग गर्नु राम्रो हुँदैन । चिकित्सकको सल्लाह विना कुनै अरु औषधिहरु प्रयोग गर्नु हानिकारक हुन सक्छ । गर्भवती , बृद्धअवस्था , रोगसँग लड्ने क्षमता कम भएका , दीर्घकालीन रोगहरुलाई नियमित औषधि सेवन गरिरहेका व्यक्तिहरूमा  डेङुको लक्षण देखिएमा विशेष ध्यान दिनुपर्ने हुन्छ । र अस्पतालमा भर्ना गरेर नै उपचार गर्न पर्ने हुन्छ ।
एउटा मननीय कुरा के हो भन्दा डेङुमा चाहिने भन्दा बढी सेतो रगत खपत हुँदा रक्तदाताहरुको रक्तदान पनि सहि मानेमा प्रयोग हुँदैन । डेङु भएको ६ महिनासम्म रक्तदान गर्न नमिल्ने अवस्थामा धेरै रक्तदाताहरुलाई पनि डेङु भएमा रक्त दान गर्ने व्यक्ती कम हुन सक्छन् । त्यसमाथि नचाहिएको बेलामा  सेतो रगतकै लागि भनेर रक्तदान गर्दा चाहिएको समयमा रक्तदान गर्ने व्यक्तिको अभाव हुनसक्छ।

अन्त्यमा डेङुबाट जोगिनु नै पहिलो उपचार हो । त्यसैले लामखुट्टेबाट जोगिने प्रयास गरौं । अव्यवस्थित सहरीकरणसँगै देखिने यो समस्यालाई हल गर्न पानी जम्ने ठाउँहरु न्यून गरौँ। लामखुट्टेको टोकाइबाट बचौँ , डेङु हुनबाट जोगिऔँ । your destiny. Or else someone will hire you to make theirs.

Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

क्याबिन न. ६०७

मृगौला रोगको एउटा गोठालो यात्रा